Friday January 21, 2022

मातृभुमीको राष्ट्रियगानका साथ तमुधिं युकेले मनायो नयाबर्ष ल्होछार भब्य

१३ पुष, २०७८ शीतलपाटीन्युज डटकम। 1378


मातृभुमीको राष्ट्रियगानका साथ तमुधिं युकेले मनायो नयाबर्ष ल्होछार भब्य

शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। कोभिड १९ महामारीका कारण भर्च्युल जुमको रूपमा धेरै कार्यक्रम गरेको तमुधिं युकेले ल्होछार नयाबर्ष अल्डरसट स्थित एम्पायर हलमा बिबिध कार्यक्रम सहित हर्षोलासका साथ भब्य रुपमा “तो ल्हो/बाघ बर्ग” ल्होछार मनाएको समाचार छ।


आइतवार २६ डिसेम्बर २०२१, एम्पायर हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संयुक्त अधिराज्य बेलायतका लागि नेपाली कार्यबाहक राजदुत श्रीमती रोशन खनाल र बिशेष अतिथि गैर आवसीय नेपाली संघ यूकेको अध्यक्ष प्रेम गाहा मगर रहेको सो कार्यक्रम नेपाली राष्ट्रिय गानबाट शुरू गर्दै बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ ल्होछार नयाबर्ष कार्यक्रम भब्य मनाइएको थियो। बेलायतमा रहेर पनि मातृभुमी प्रति अगाधस्नेह,कलासंस्कृतिबारे प्रचारप्रसार, परम्परागत नेपाली संस्कृतिको उत्थानमा जोड दिदै मनाइएको तमु ल्होछार नयाबर्षले नेपालीलाई नया हौसला दिएको थियो। बिदेशमा रहे पनि बेलायती नागरिकता पाए पनि तमुधिं युकेको यो नया बर्ष ल्होछार पर्वले मातृभुमी प्रति अगाध माया र सदभाव झल्काएको थियो। एक पटकको नेपाली सधैको नेपाली बनाएको देखियो।

 


प्रमुख अतिथी कार्यबाहक राजदुत श्रीमती रोशन खनाल,एनआरएन युकेको अध्यक्ष प्रेम गाहा मगर,  तमु धि यूकेको अध्यक्ष हितकाजी गुरुङ, उहाको श्रीमती आमासमुह अध्यक्ष सीता गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ,कार्यक्रम संयोजक उपाध्यक्ष जुमकाजी गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको समुदघाटन गर्नु भयको थियो। ल्होछार कार्यक्रम २०२१ का संयोजक जुमकाजी गुरुङले स्वागत मन्तब्य दिनुभएको सो कार्यक्रम तमुधी युकेका महासचिव परशुराम गुरूङले उदघोषण गर्नु भयको थियो।

 


त्यस्तै संयुक्त अधिराज्यका लागि कार्यबाहक नेपाली राजदुत श्रीमती रोशन खनालले संबोधनका क्रममा तमु धिं यूकेले आयोजना गरेको ल्होछार कार्यक्रमले बिदेशमा पनि नेपाली संस्कार संस्कृति प्रबर्ध्दन गर्न र जोगाउनमा टेवा पुर्याएको कुरा बताउनु भयको थियो। सो कार्यक्रममा संबोधन गर्दै कार्यबाहक राजदुत खनालले स्वास्थ्य सुरक्षा अपनाउन र सजक रहन अनुरोध गर्नुभएको थियो।

 


औपचारिक कार्यक्रम पश्चात प्रस्तुत गरिएको सांगीतिक कार्यक्रममा नेपालबाट आएका गायिका पवित्र गुरुङ तथा स्थानीय कलाकार रचना गुरुङको बेजोड प्रस्तुति रहेको थियो। त्यस्तै सयपत्री कल्चरल ग्रुप यूकेले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए भने तमु धिं लण्डन एकाईका कलाकारद्वय हेलिसा गुरुङ र बिनु गुरुङले आकर्षक नाँच प्रस्तुत गरेका थिए। अनि छोइङ डोल्माको फुलको आँखामा फुलै संसार भन्ने चर्चित गीतबाट गाउन सुरु गरेका पवित्रले आफ्नै स्वरको चर्चित गुरुङ गीत “लै सारा मुनसम्मा” भन्ने चर्चित गुरुङ गीत र अहिलेको “डाँडा घरे साइली” जस्ता चर्चित गीत गाएर बेजोड मनोरन्जन दिएका थिए । उनीहरुको गायनमा प्रमुख अतिथि,विशेष अतिथि लगायत दर्शकहरुले भरपूर मनोरञ्जन लिएका थिए।

 


सो अवसरमा गीत तथा नृत्य प्रस्तुत गरेका कलाकारलाई तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा नगद पाँचसय पाउन्ड, मेडल र प्रमाणपत्रसहितको स्वर्गिय डा हर्क गुरुङ स्‍मृति पुरुस्कार जिसीएसएमा उत्कृष्ट अंक ल्याउने तमु छात्र नम गुरुङलाई प्रदान गरिएको थियो भने तमु धिं यूकेको वार्षिक मुखपत्र फ्रेंसी पत्रिकाको १९औ अंक पनि बिमोचन गरिएको थियो। फ्रेंसी पत्रिकाको सम्पादन सधैंको जस्तो लेखक तथा गीतकार तमु धिं यूकेको सल्लाहकार एकेन्द्र गुरुङले गर्नुभएको थियो भने डिजाइन र छाप्ने काम नेपाल पोखराका यानी गुरुङले गरेका थिए । रमाइलो कार्यक्रम चिठ्ठामा प्रथम पुरुस्कार एक तोला सुन मन्जु गुरुङ राई,दोस्रो पुरुस्कार ट्याबलेट मदन गुरुङलाई र तेस्रो पुरुस्कार नगद एकसय पाउण्ड श्रीमती ध्रुब गुरुङले प्राप्त गरेका थिए। पुरुस्कारको क्रमश भर्मा ज्वेलर्स, पिपल मर्गेज र चाइना ओरियन्टलले प्रायोजन गरेको थियो। कार्यक्रमलाई भर्मा ज्योलर्स प्लम्सस्टेड,पिपल मर्गेज, चाइना ओरियन्टल,आइएमइ लण्डन,पेपरवर्क सोल्युसन,गोर्खा मर्गेजका,हाइट मार्गेज,एभरेष्ट क्यास एण्ड क्यारी,गोर्खा ट्राभल,एसिया ओरीयन्टल र एम्पायर हल लगायतका ब्यापारिक संघ संस्थाहरुले प्रायोजन गरेका थिए।


निर्धारित समयमा शुरु भएको कार्यक्रममा आसन र भाषण भन्दा पनि मातृभुमीको राष्ट्रियता,नेपाली कलासंस्कृति बारे बढी समाबेस गरिएको थियो।  बेलायतस्थित तमुहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा तमु परम्पराका ड्रेसमा सजिएका गुरूङ पाहुनाहरू र बेलायतका बरिष्ठ पाहुनाहरूलाई  तमुधिं युके आमा समूहले प्रवेशद्वारमा स्वागतको विशेष व्यवस्थापन गरिएको थियो। त्यस्तै सपन इन्टरटेन्मेन्टका सपनकुमार राईले साउण्ड सिस्टम व्यवस्थापन, मिलन तमुले फोटोग्राफी र सविन्द्र कुमार गुरुङले भिडियोग्राफीको काम गरेका थिए। त्यस्तै कार्यक्रमलाई एभरेष्ट मेडिया,गोर्खा मेडिया, नेपालीलिन्क र खबर यूकेले प्रत्यक्ष प्रसारण गरेका थिए।

 


नेपालमय भयको ल्होछार पर्व नेपाल राष्ट्र र मातृभुमी प्रति अगाध माया गर्दै स्वास्थ्य सुरक्षामा कडा सजकता अपनाइएको सो कार्यक्रम तमुधिं युकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भयको थियो। उपाध्यक्ष जुमकाजी गुरुङले संयोजन गरेको सो कार्यक्रममा  सचिव प्रेम गुरुङले हेल्थ एण्ड सेफ्टीबारे र महासचिव पर्शुराम गुरुङले औपचारिक कार्यक्रम संञ्चालन गरेको हो। कोभिड ओमिक्रोनको बढदो सन्क्रमण बिच पनि गुरुङहरुको संस्कार संस्कृति जोगाउने कार्यक्रम सम्पन्न भयको र भब्य सफल भयको थियो।
फोटो: मीलन तमु गुरूङ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?