Monday November 28, 2022

प्रो एलिट क्लबले राष्ट्रिय कलाकारसंगै ३१ डिसेम्बरमा नयाँ वर्षको भब्य कार्यक्रम गर्दै

१६ पुष, २०७८ शीतलपाटीन्युज डटकम। 2431


प्रो एलिट क्लबले राष्ट्रिय कलाकारसंगै ३१ डिसेम्बरमा नयाँ वर्षको भब्य कार्यक्रम गर्दै

शीतलपाटीन्युज डटकम।
लण्डन । प्रो एलिट क्लवले नयाँ बर्ष २०२२ लाई स्वागत गर्न विशेष सांङ्गीतिक कार्यक्रम गर्ने भएको छ। समृद्धिको अभियानमा विश्वव्यापी रुपमा क्रियासिल रहेको उक्त क्लवले अंग्रेजी नयॉ बर्ष २०२२ को सुखद अवसरमा नेपालका चर्चित राष्ट्रिय स्तरका कलाकारहरुबाट विशेष कार्यक्रम गर्न लागेको हो।

भर्चुअल जुमबाटर उक्त कार्यक्रम यहि डिसेम्बर ३१ शुक्रबार यूके समयानुसार दिनको २ बजे देखि कार्यक्रम गरिने क्लबका सक्रिय सदस्य ललित न्योपानेले लण्डनमा बताउनु भयको छ।

संस्थाको विश्वव्यापी अभियान बारे जानकारी दिनको निम्ति पनि यो कार्यक्रम प्रभावकारी हुने उहाको भनाई छ। कार्यक्रममा बहुचर्चित नेपाली कलाकारहरूले भव्य प्रस्तुति दिने भएका छन्। सो कार्यक्रम जुम, टेलिग्राम, यु्ट्युब, इन्स्ट्राग्राम,फेसबुक लाइभ मार्फत प्रत्यक्ष प्रशारण हुनेछ।

पछिल्लो समयमा विश्वभर रहेका नेपालीहरूमाझ लोकप्रिय बन्न सफल यस क्लबले विश्वभरका नेपालीहरूलाई एकैठाउँ जोड्न सफल भएको समेत न्योपानेले बताउनु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?