१६ पुष, २०७८
शितलपाटी न्यूज डटकम । शहिद स्मारक लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिवार मनाङ मर्स्याङदी क्लव र विग्रेड ब्वाइज क्लव आमने सामने हुनेछन् ।
लिग अन्तर्गत परिक्षणका लागि पोखरामा आयोजना गरिएका तिन खेल मध्येको दोश्रो खेल शनिवार हुन लागेको हो । पोखरालाई होम ग्राउण्डका रुपमा रोजे पछि मनाङ व्रिगेड संग दोश्रो खेलमा भिड्न लागेको हो ।
पहिलो खेलमा नेपाल पुलिस संग ३–१ ले जित हासिल गरेको मनाङ लिग अन्तर्गत नै काठमाडौंमा भएको खेलमा मछिन्द्र संग पराजित भए संगै तालिकामा १३ अंक सहित दोश्रो स्थानमा छ भने व्रिगेड पुछारबाट पाँच अंकका सथ तेश्रो स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा शुक्रबार पोखरामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा गण्डकी प्रदेशको घरेलु टोली मनाङले शनिवारको खेलमा समेत आफ्नो पुलिस संगको लय दोर्हाउने दावी गरेको छ । मनाङका विदेशी प्रशिक्षक फुजा टोपेले होम ग्राउण्ड आफ्नो टिमका लागि ‘एडभान्टेज’ भएको बताउँदै व्रिगेडलाई जितेर अंक तालिकामा सुधार गर्ने बताए । उनले भने–“हामी एक भएर खेल्दैछौं, हामी एफसी च्यालेन्जकपका लागि अर्झै धेरै ‘चान्सेस’ हरुछन् । हामी एक खेलमा हार हुँदैमा निरास छैनौं । होम ग्राउण्ड हाम्रो लागि ‘प्लस’ पोइन्ट हो ।” भोलीहुने खेलमा मनाङ टिमको खम्वा मानिने ओलाओले समेत मैदानमा उत्रिने प्रशिक्षक टोपेले बताए ।
त्यस्तै मनाङका टिम कप्तान अन्जन विष्टले शनिवारको खेलमा जित हासिल गर्दै अघि बढ्ने बताए । पुलिस विरुद्धको खेलमा दुई गोल गरेका अन्जनले तिन विदेशी र एक एशियन खेलाडी सहित आफ्नो टिम मैदानमा उत्रिने बताए । उनले मछिन्द्र संगको पराजयले टिमको मनोवलका कुनै असर नपरेको बताउँदै एफसीका लागि मनाङको ढोका खुला रहेको बताउँदै भने–“हामी एक खेल हार्दैमा निरास छैनौ । लिगमा अझै धेरै खेल बाँकी छन् । हामी एफसीमा पुग्ने अठोटका साथ मैदानमा नै हुनेछौं ।”
इता मनाङ संग भिड्न आएको पाहुना टोली व्रिगेड ब्वाइजका प्रशिक्षक समिर विष्टले व्रिगेडको टिम ‘वाउण्डिङ’ निकै राम्रो रहेको उल्लेख गरे । उनले मनाङ लिगको ‘स्ट्रोङ’ टिम रहेको बताउँदै भने–“पछिल्ला खेलहरुमा हामीले पराजय व्यहोरेकाले अहिले हामीले हाम्रा कमजोरीहरुलाई औंल्याएर टिमलाई ‘वुष्टअप’ गरेका छौं । खेल हो जे पनि हुन सक्छ तर हामी पोखरामा हार्न होइन जित्नका लागि खेल्दैछौं ।”
लिग अन्तर्गत होम ग्राउण्डको अभ्यास भइरहेकोमा खुसी व्यक्त गर्दै प्रशिक्षक समिरले भोलीको खेलमा टिमले आफ्नो ‘एग्रेसिभ नेचर’ लाई कायम राख्ने बताए । “हाम्रो टिम युवाहरुले भरिएको टिम हो । हाम्रा खेलाडीहरुमा ‘मोटिभेसन’को राम्रो वातावरण छ । त्यसैले भोलीको खेल यस्तै हुन्छ भन्न सकिन्न । हामी जित्न र पोइन्ट हासिलका लागि मैदानमा उत्रिने छौं,” उनले भने । व्रिग्रेड समेत तिन विदेशी र एक एशियाली मुलका खेलाडी सहित मैदानमा उत्रिने उनले बताए । भोलीको खेलमा भारतिय किपर गुरप्रितले पोखराको मैदानमा विग्रेडका लागि डेव्यू गर्नेछन् ।