२१ पुष, २०७८
शीतलपाटीन्युज डटकम।
लण्डन। साहारा युकेको सातौ कार्यसमितीको पहिलो बैठक सम्पन्न भयको समाचार प्राप्त भयको छ। सातौ कार्यसमिती अध्यक्ष कुसाङ गुरूङको अध्यक्षतामा भयको सो कार्यक्रममा महासचीव मनोज गुरूङले संचालन गर्नु भयको थियो भने उपाध्यक्ष कृष्ण गुरूङले उपस्थित सबै पदाधिकारीज्युहरूलाई स्वागत गर्दै रेडिङ युकेमा भयको उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न भयको थियो।
साहारा युकेले एक बर्ष भित्र गर्ने कार्यक्रमलाई फोकस गर्दै संचालन भयको सो कार्यक्रममा पोखरा नेपालमा हुनै लागेको २०औ आहा रारा गोल्डकपका बारेमा अध्यक्ष गुरूङ र उपाध्यक्ष गुरूङले अपडेट गर्नु भयको थियो। आहा रारा कप फुटवल र नेपालमा हुने सम्पुर्ण कार्यक्रमको संयोजन उपाध्यक्ष कृष्ण गुरूङले गर्नु हुने भएको छ। साहारा युकेले यस पटकको नेपाल भ्रमणमा आहा रारा गोल्ड कपलाई भब्य बनाउदै आर्थीक सहयोग, फुटवलमा पुरस्कार सहयोग गर्ने छ भने साहारा युकेका पेट्रोन अरूण चौधरीलाई सम्मान गर्ने भयको छ।
त्यस्तै गरी एन्फा अफिस पुगेर अध्यक्ष कर्मा छिरिङ शेर्पासग फुटबलको बिकासका बारेमा छलफल गर्ने भयको छ। साथै पोखरामा बगर भाईखलकको फुटवल म्याच, नौलो घुम्तीमा साहारा युके तर्फबाट बनाएको साउनाबाथको उदघाटन,साहारा युकेद्वारा निर्माण भयको सिन्धुपाल्चोक र गोरखा जिल्लाको स्कुलको अवस्था बारेमा अध्ययन गर्नेछ भने साहारा युकेका फाउण्डर प्रेसिडेन्ट नविन गुरूङको डाडास्वाराको नेपाल फाउण्डेसनको प्रोजेक्ट, सिकलेस कास्की र लमजुङको समेत भ्रमण गर्ने कार्यक्रम तय गरेको छ।
यस्तै गरी एनआरएनए युकेसंग फ्रेन्डलि फुटवल,च्यारिटी डिनर कार्यक्रम,गोरखा कपमा सहभागिता जनाउने,पोखरेली मंचसंग क्याम्पिङ गर्ने र कम्युनिटी फुटवलहरू संचालन गर्ने र बिधानका बिषयमा छलफल गर्यो। सल्लाहाकार, ट्रस्टी र अछयकोष संयोजक छनौट गर्ने बिषयमा पनि छलफल गर्यो। संस्थाका पदाधिकारीहरुले अरू संस्थामा प्राप्त गरेका सम्मानलाई बधाई दिदै संस्था र परिवारहरूमा शोकलाई पनि संबोधन गरिएको र सामाजिक संजाल संचालनमा अनुशासनका बारेमा छलफल भयको थियो।
उपस्थित सबैले आफ्नो परिचय दिदै शुरू गरिएको सो मिटिङमा अध्यक्ष रिटायर्ड लेफ्टीनैन्ट कुसाङ गुरूङ,उपाध्यक्ष कृष्ण गुरूङ,महासचीव मनोज गुरूङ, सचिव बाचस्पति रेग्मी, कोषाध्यक्ष कुमार थापा, स्पोर्टस् सेक्रेटरी अनील गुरुङ सदस्यहरूमा सुधा गुरुङ,मंजु गुरूङ राई, ध्रुव गौतम,शमसेर गुरूङ, दल गुरूङ,मेघ गुरुङ,प्रेम गुरूङको उपस्थिती थियो केही पदाधिकारीहरूले बैठक सफलताको कामना गर्दै उपस्थिती हुन नसकेको जानकारी गराउनु भयको थियो। अन्तमा साहारा युकेको बार्षिक कार्यक्रम प्रस्तुत गर्दै कार्यक्रम समापन गरिएको थियो।