Friday January 21, 2022

समाजसेवी सुधा गुरुङको फेसबुक पेज हेर्दा

२४ पुष, २०७८ शीतलपाटीन्युज डटकम। 1079


समाजसेवी सुधा गुरुङको फेसबुक पेज हेर्दा

 

शीतलपाटीन्युज डटकम।

सुधा गुरूङको केही अनुभव केही सतर्कता गर्नै पर्ने फेसबुक स्टाटस-

Air Emirates मा 72 हैन 48 घंटाको PCR चाहिने😲(07/12/2022)
************************
के तपाईं Air Emirates बाट आज भोली तुरुन्तै स्वदेश जाँदै हुनुहुन्छ? अनि PCR result 72 घंटा अगाडिको लिएर हिड्दै हुनुहुन्छ भने सावधान😜! एयरपोर्ट बाट फिर्ता पठाईने रहेछ है? कारण गत सोमबार (03 जनवरी) बाट ईमिरेट्स बाट उडान भर्ने यात्रुले 48 घन्टा भित्रको PCR रिजल्ट बुझाउन पर्ने नियम लागू गरिएको रहेछ, सो 48 घंटापछि 1 मिनट समय कटेकालाई समेत बिमानस्थलबाट उड्न मनाही गरिदा कैयों यात्रु अलपत्र परेको कुरा सोही समस्याका कारण अस्ति उड्न नपाएका हाम्रा मित्र दम्पती राती एक बजे घर फर्केर भोलि बिहान पुन: पिसिआर परिक्षण गराई हिजो अपरान्ह उडेर आज बिहीबार सकुशल स्वदेश पुगे! गज्जबको कुरो त दुई घंटा लाईनमा बसेर पालो आउदा उनीहरुलाई काउन्टरमा सो 48 घंटें पिसीआर चाहिने हुदा उनीहरुको 72 घंटे पिसीआर एक्सपाएर भएको भन्दै थुप्रै अन्य यात्रुहरुलाई उड्न दिईएनछ तर हिजो दुबई पुग्दा भने विमान परिचारिकाले पटक पटक यात्रुहरुलाई 72 घंटाको पिसीआर रिजल्ट र अन्य जरुरी कागजात तैयार गरि बिमानबाट ओर्लने उद्घोष जारी गरीन रे🤔। बिदेशमा नि यस्तो गाजेमाजे हुदा राह्न🤭? अनि उनीहरुले बिमान परिचारिकालाई हामीलाई 48 घंटाको रिपोर्ट चाहिन्छ भनेको थियो त? भन्दा सो बारे आफुहरु अनभिज्ञ रहेको कुरो बताईन रे😏

त्यस्तै आज बिहान हाम्रो जूम योगा प्रशिक्षक बहिनी पनि Emirates बाट  आज नै 72 घंटे पिसीआर रिपोर्टका साथ स्वदेश प्रस्थान गर्ने कुरो बताउदै बिदा बाजी भएकी थिईन, मैले सो कुरा उनलाई बताउदा आफू सो बारे अनभिज्ञ रहेको बताउदै जे पर्छ ब्योहोर्ने बताउदै बिमानस्थल पुगिछन।😅 केही बेर अघि उनले Heathrow airport बाट फोन गरेर आफू लगायत अन्य थुप्रै यात्रुहरु सोही कारणले अलपत्र परेको कुरा पुष्टि गरीन! कति त रुदै हिडेका छन दिदी..उनले भनिन!😓 हेर्नोस त आपत?
बिमानस्थलमा बढी मूल्य तिरेर Rapid Test गर्ने सेवाले समेत भोलि बिहान मात्रै रिजल्ट दिने तर आजै आउने ग्यारेन्टी नभएको हुनाले एयरपोर्ट मै बसी त्यहीबाट भोलि बिहान अर्को पिसीआर 60 पाउन्डमा बूक गरिएको र  अनलाईन किनेको आफ्नो टिकटमा 300 पाउन्ड थपेर आईतबार को उडान कन्फर्म गरीए पछि बल्ल ढुक्क भएर घर फर्किदै गरेको कुरा उन ले बताईन! कुल 360 पाउन्डमा अनाहकमा चुना लाग्यो एकातिर अर्को तिर बेलायती ब्यस्त जीवनशैलीबट निकालेको बार्षिक 20 दिने बिदाको 3 दिन त्यसै नष्ट भयो😏!
अनलाईन टिकट लिदा केही नपरे त ठिकै छ तर यस्तै समस्या हुदा अप्ठ्यारो पर्ने हुदा कुनै भर पर्दो एजेन्सी मार्फत टिकट बुकिङ्ग गराउदा 2-4 पैसो बढी परे पनि यात्रामा चाहिने सबै आवश्यक बिबरण एजेन्ट ले राम्रो संग बताउने हुदा मलाई चै एजेन्सीबाट नै टिकट बूकिङ्ग गर्न सुरक्षित लाग्छ है हजुर, आ आफ्नो बिचार😅 कि त सबै कुरो आफैले बुझेर गरे यस्तो समस्या नपर्ला...

घर जान हिंडेकालाई कति खेर घर पुगौ भन्ने हतार हुन्छ, त्यसमा कुनै काम विशेष वा आलाचारी बिदामा घर हिडेकालाई यस्तो हुदा कस्तो आपत पर्ला? आफै अनुमान लगाउन सकिन्छ... त्यसैले यदी तपाईहरु पनि Air Emirates बाट स्वदेश प्रस्थान गर्दै हुनुहुन्छ भने कृपया 48 घंटाको पिसीआर लिएर हिड्नुहोला..न कि 72 घंटाको😜
लौ शुभ दिन सबैलाई🙏🌹💐🌹
07/01/2022




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?