Friday January 21, 2022

टाइगर कप भलिवल : पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन गण्डकी र महिलातर्फ आयोजक टिम पराजित

२७ पुष, २०७८ शीतलपाटीन्युज डटकम 1053


टाइगर कप भलिवल : पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन गण्डकी र महिलातर्फ आयोजक टिम पराजित

शितलपाटी न्यूजडटकम । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र महिलातर्फ आयोजक टाइगर ग्रुप पराजित भएको छन् । 

मंगलबार सम्पन्न पुरुषतर्फको खेलमा डिफेण्डिङ च्याम्पियन गण्डकी विभागिय क्लव नेपाल पुलिस संग ३–० को सोझो सेटमा पराजित भएको छ । एपिएफ संग पहिलो खेल जितेर उत्साहका साथ मैदान उत्रिएको गण्डकीलाई पुलिसले २५–२२ ले जित्दै पहिलो सेटबाटै दवावमा राख्दै अग्रता कायम गरेको थियो । यसै गरी दोश्रो सेट २५–१८ र तेश्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै नेपाल पुलिस क्लव राउण्ड रोविन लिगमा अंक जोड्न सफल भएको छ । उक्त खेलमा पुलिसमा विशाल भट्टराई म्यान अफ दि म्याच भएका छन् भने सोही टिमका भिम गाहा उत्कृष्ट डिफेण्डर घोषित भए । प्रतियोगिता अन्तर्गत पुरुषतर्फ पुलिसको यो लगातार दोश्रो जित हो । 

यसै गरी पुरुषतर्फको एक अर्को खेलमा विभागिय क्लव नेपाल आर्मी क्लवले अर्को विभागिय क्लव एपिएफ माथी ३–१ ले जित दर्ता गरेको छ । आर्मीले पहिलो सेट २५–१६ ले जित्दै अघि बढ्ने प्रयास गरे पनि दोश्रो सेटमा एपिएफ खेलमा २५–२३ ले फर्किदै आर्मी माथी दवाव सिर्जना गर्ने प्रयास गरेको थियो । तर आर्मीले तेश्रो २५–१५ र चौथो सेट २५–२१ ले जित्दै खेलमा आफ्नो पकड कायम गरेको थियो । उक्त खेलमा आर्मीका मान वहादुर श्रेष्ठ म्यान अफ दि म्याच र आर्मीकै इश्वर थापा वेष्ट डिफेण्डर घोषित भएका छन् । एपिएफले पुरुषतर्फ राउण्ड रोविन लिगका दुवै खेल गुमाएको छ । 

त्यस्तै महिलातर्फको खेलमा आयोजक टिम टाइगर ग्रुपले न्यू डायमण्ड संग ३–० को सोझो सेटमा हार व्यहोरेको छ । नेपालकी टिम सफल कप्तान अरुणा शाहीको कप्तानीमा श्रींलंकाका ३ जना खेलाडी सहित मैदानमा उत्रिएको टाइगर ग्रुपलाई न्यू डायमण्डको सेट टिम माथी सहज जित दर्ता गरेको हो । राउण्ड रोविन अन्तर्गत दोश्रो खेल खेलेको न्यू डाण्मण्डले पहिलो सेट २५–१९, दोश्रो सेट २५–१३ र तेश्रो सेट २५–१६ ले जित्दै प्रतियोगिता अन्तर्गत लगातार दोश्रो जित दर्ता गरेको छ । 

यसै गरी अर्को महिलातर्फको खेलमा विभागिय टिम नेपाल आर्मीले विभागिय टोली एपिएफ माथी ३–१ सेटले जित दर्ता गरेको छ । खेलमा पहिलो सेट एपिएफले २५–१८ ले जिते पनि पछिल्ला तिन सेटमा भने पहिलो सेटको लयलाई एपिएफले जोगाउन भने सकेन । आर्मी पछिल्ला तिन सेटमा एपिएफ माथी हावी हुँदै २५–१९, २५–२० र २५–१४ ले जित्दै अंक जोड्न सफल भएको छ । उक्त खेलमा आर्मीकी सोफिया पुन म्यान अफ दि म्याच र आर्मीकै पुष्पा चौधरी वेष्ट डिफेण्डर घोषित भएको प्रतियोगिताका रेफ्रि संयोजक तहल सिंह थापा मगरले जनाएका छन् । 

प्रतियोगिता अन्तर्गत बुधबार पुरुष तर्फ हेल्प नेपाल स्पोर्टस क्लव र त्रिभुवन आर्मी क्लवका विच खेल हुनेछ भने पुरुषतर्फकै दोश्रो खेलमा एपिएफ र नेपाल पुलिस भिड्नेछन् । यसै गरी महिलातर्फ बुधबार विहान हुने पहिलो खेलमा आयोजक टाइगर ग्रुपले विभागिय टोली नेपाल पुलिसको सामना गर्नेछ भने दोश्रो खेल एपिएफ र न्यू डायमण्डका विच हुने आयोजक संस्थाका सदस्य डिवी नेपालीले जनाएका छन् । 

माघ १ गते सम्म राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ । प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहेकोछ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लवको टिम रहेका छन् । 

प्रतियोगिताको उपाधि विजेता महिला/पुरुष उपाधी विजेता टिमलाई समान नगद रु. ३/३ लाख, उपविजेता महिला/पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुष तर्फ उत्कष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५/२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०/१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।

प्रतियोगितालाई सफल बनाउन मुख्यमन्त्रीको कार्यालय, गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, नेपाल भलिबल संघ जापान शाखा, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, महानगर पालिका कार्यालय, अन्नपूर्ण केबल कार प्रा.लि., पोखरा, प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेश, मुक्तिनाथ विकास बैंक, अन्नपूर्ण गाउँ पालिका, केएफसी, काठमाण्डौ, बतास ब्रदर्श अर्गनाईजेशन, अटोवेज प्रा.लि., होटल बाराही, पोखरा, माउण्ट कैलाश रिसोर्ट, होटल पेनेन्सुल्ला, पोखरा, कास्की जिल्ला कवाडी संघ, विश्वकर्मा सप्लायर्स, कृषि तथा पशुपंछी फर्म, कुस्मा नगरपालिका–११, पकुवापोखरा महानगरपालिका, नगर खेलकुद विकास समिति, केल्मी, केएफसी, नेपाल टेलिकम, इसेवा रेमिट लगायत एक दर्जन संघ संस्थाले सहयोग गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?