Monday May 29, 2023

बगर भाई खलक एट–ए–साइड : मनोजको ह्याट्रिकमा आयोजकको सहज जित

२७ पुष, २०७८ शीतलपाटीन्युज डटकम 1354


बगर भाई खलक एट–ए–साइड : मनोजको ह्याट्रिकमा आयोजकको सहज जित

शितपलाटी न्यूज डटकम । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको आयोजनामा सम्पन्न दोश्रो दिनको खेलमा आयोजक बगर भाईखलक ‘हरियो’ टिम विजयी भएको छ । 

‘बगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’ अन्तर्गत भएको दोश्रो दिनको खेलमा आयोजक वगर भाई खलकको ‘ए’ टिमले काठमाडौको वौद्ध भेट्रान्स माथी ५–२ ले सहज जित दर्ता गरेको हो । ऐतिहासिक टुँडीखेल मैदानमा भएको खेलमा वगर भाई खलकका मनोज गुरुङले ह्याट्रिक पुरा गरे । खेलमा वगर भाई खलकका लागि राजकुमार लामा र दिपक गर्वुजाले समान १–१ गोलको योगदान दिए । पराजित वौद्धको तर्फबाट रन्जित लामा र तिर्थ लामाले १–१ गोल गरे । 

“स्वास्थ्यको लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ शुरु भएको उक्त प्रतियोगिता अन्तर्गत दोश्रो दिन ७ खेल सम्पन्न भएका छन् । लिगकम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत सानो गौचरन भेट्रान्स काठमाडौले थापा गाउँ काठमाडौलाई ३–० ले पराजित गरेको छ । पूर्व राष्ट्रिय खेलाडीहरु सागर थापा, छन्नुराम चौधरी, नरोत्तम गौतम र राकेश श्रेष्ठ सम्मिलित टिम सानो गौचरनले आफ्नो लयमा खेल पदर्शन गर्दै थापा गाउँ माथी सहज जित हासिल गरेको हो । खेलमा म्यान अफ दि म्याच राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका सागर थापाले एक गोल संगै अजव श्रेष्ठ र नितिन गुरुङले समान १–१ गोल गरेका थिए । 

यसै गरी अर्को एक खेलमा हेटौडाको नागसोती टिमले सिमरा भेट्रानलाई २–० ले पराजित गरेको छ । खेलमा म्यान अफ दि म्याच निमा लामा र सुलभ जङ्ग राणाले समान १–१ गोल गरेका थिए । तर अर्को एक खेलमा आयोजक वगर भाई खलकको ‘वि’ टिम वुटवल भेट्रान्स संग पराजय व्यहोरेको छ । खेलमा बुटवलका भरत काउछाले ह्याट्रिय पुरा गरी म्यान अफ दि म्याचको ट्रफी हात पार्दा चण्डिका चौधरीले टिमका लागि एक गोल गरे । प्रतियोगिता अन्तर्गतनै पशुपनी भेट्रान्स काठमाडौले आफ्नै जिल्लाको किङ कम भेट्रान्सलाई टाई व्रेकरमा २–१ ले पराजित गरेको छ । 

त्यस्तै अन्य एक खेलमा पोखराको एविसी भेट्रान्स ‘ए’ टिमले काठमाडौको टुँडीखेल भेट्रान्स माथी ३–० को सहज जित दर्ता गरेको छ । खेलमा म्यान अफ दि म्याच हरि खडका, डम्वर गुरुङ र नरेन्द्र गुरुङले समान १–१ गोल गरेका थिए । एक अर्को खेलमा पोखराको लेक साइड भेट्रान्स पाहुना टोली काठमाडौको फ्रिडम फाइटर संग टाई व्रेकरमा २–१ ले पराजित हुँदै स्तव्ध बनेको छ । खेलमा फ्रिडमका किपर शहिन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् । 

४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको उक्त प्रतियोगितामा २५ टिमको सहभागिता रहेको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् । भेट्रानहरुको संस्थागत रुपमा नेपाल मै पहिलो पटक शुरु भएको उक्त प्रतियोगितामा प्रतियोगीतामा उपाधि विजेताले १ लाख ५१ हजार १ सय १ सय ११ सहित रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार दिइने छ भने सेमिफाइलन पुग्ने दुइ टिमलाई जनही नगद १० हजार उपलव्ध गराईनेछ । साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिनेछ । अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान (एक पटक मात्र) एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता संचालन गर्न रु.२० लाख खर्च लाग्ने अनुमान गरीएको छ भने २१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका अध्यक्ष रमेश श्रेष्ठले जनाएका छन् । बिगत वर्षमा झैं यस बर्ष पनि सहारा युकेले द्वितिय पुरस्कार रु ७५ हजार ५ सय ५५ प्रायोजन गरेको छ भने नेपालको चौधरी ग्रुप समेतले सह प्रायोजन गरेको छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?