Monday May 29, 2023

इश्वरको उत्कृष्ट प्रदर्शनमा आयोजक बगरभाई खलक सेमीफाइनलमा

२९ पुष, २०७८ शीतलपाटीन्युज डटकम 1491


इश्वरको उत्कृष्ट प्रदर्शनमा आयोजक बगरभाई खलक सेमीफाइनलमा

शितलपाटी न्यूज डटकम । पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङ ‘चन्द्र’को उत्कृष्ट पदर्शनमा आयोजक वगर भाई खलक हरियो टिम टुँडी खेलमा जारी ‘पाँचौ स्व.रञ्जित गुरुङ स्मृती तथा ११ औं बगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’को सेमीफाइनलमा प्रवेश गरेको छ । 

“स्वास्थ्यको लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ शुरु भएको उक्त प्रतियोगिता अन्तर्गत भएको बिहिबारको क्वाटरफाइनल खेलमा पाहुना टोली भनिमण्डल ललितपुरलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । टिमका लागि म्यान अफ दि म्याच समेत रहेका इश्वर र प्रकाश गुरुङले समान १–१ गोलको योगदान दिए । सेमीफाइनलमा बगर भाई खलकले आफ्नै घरेलु टोली एविसी भेट्रान्स ‘ए’को सामना गर्नेछ । 

पोखराको घरेलु टिम एविसी भेट्रान्स ‘ए’ले पाहुना टिम हेटौडा रातोलाई टाइ व्रेकरमा ३–१ ले पन्छ्याउँदै आयोजक संग अन्तिम चारमा भिडन्त पक्का गरेको प्रतियोगिताका प्राविधिक संयोजक खगेन्द्र गुरुङले जनाएका छन् । निर्धारित समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल टाइ व्रेकरमा धकेलिएको थियो । उक्त खेलमा एविसीका गोल किपर सूर्य प्रसाद शर्माले विपक्षी टिमको प्रहार जोगाउँदै म्यान अफ दि म्याच भएका छन् । 

स्वास्थ्यका लागि दैनिक एक घन्टा अनिवार्य व्ययाम गरौ भन्ने उद्घोष गर्दै ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ शुरु भएको प्रतियोगिता अन्तर्गत भएको एक अर्को खेलमा ललितपुरको टि वर्गर सेमीफाइनल प्रवेश गरेको छ । 

खुमलाटार काठमाडौ संग निर्धारित समयमा कुनै गोल नभएपछि टाई व्रेकरमा टि वर्गर २–१ ले जित्दै सेमीफाइनल प्रवेश गरेको हो । उक्त खेलमा गोलकिपर मिन बहादुर बस्नेतले उत्कृष्ट पदर्शन गर्दै टिमलाई सेमीफाइनलमा पुर्याएका थिए । वस्नेत म्यान अफ दि म्याच घोषित भए । टि वर्गरले हेटौडको नागसोती भेट्रान्सको सामना गर्नेछ । नागसोतीले बुटवल भेट्रान्स संग टाइव्रेकरमा नै ४–३ ले जित्दै टिवर्गर संग भिड्ने भएको हो । उक्त खेलमा बुटवलका सञ्जिव खड्की म्यान अफ दि म्याच घोषित भए । 

यसै विच शुक्रबार दिउसो आयोजक वगर भाई खलक र हेटौडा विच ५० वर्ष माथीका खेलाडीहरु विच मैत्रीपूर्ण खेल हुने भएको छ  
भेट्रानहरुको संस्थागत रुपमा नेपाल मै पहिलो पटक शुरु भएको उक्त प्रतियोगितामा प्रतियोगीतामा उपाधि विजेताले १ लाख ५१ हजार १ सय १ सय ११ सहित रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन्  । 

त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार दिइने छ भने सेमिफाइलन पुग्ने दुइ टिमलाई जनही नगद १० हजार उपलव्ध गराईनेछ । साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिनेछ । अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान (एक पटक मात्र) एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता संचालन गर्न रु.२० लाख खर्च लाग्ने अनुमान गरीएको छ भने २१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका अध्यक्ष रमेश श्रेष्ठले जनाएका छन् । बिगत वर्षमा झैं यस बर्ष पनि सहारा युकेले द्वितिय पुरस्कार रु ७५ हजार ५ सय ५५ प्रायोजन गरेको छ भने नेपालको चौधरी ग्रुपले समेतले सह प्रायोजन गरेको छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?