Monday May 29, 2023

आयोजक बगर भाई खलक स्तव्ध, एबिसी र टि–वर्गर फाइनलमा भिड्ने 

३० पुष, २०७८ शीतलपाटीन्युज डटकम 1678


आयोजक बगर भाई खलक स्तव्ध, एबिसी र टि–वर्गर फाइनलमा भिड्ने 

शितलपाटी न्यूज डटकम । “स्वास्थ्यको लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ शुरु भएको उक्त प्रतियोगिता अन्तर्गत भएको शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा एविसीले पहिलो आफ बाटै आयोजक बगर भाई खलकलाई दवावमा राख्दै २ गोल गर्न सफल बन्यो । एविसीका महेन्द्र गुरुङ र विष्णुलाल श्रेष्ठ समान १–१ गोल गरी पहिलो हाफमा  आयोजक टिमलाई दवावमा राखेका थिए । खेलमा आयोजक टिमका गंगा तामाङले खेलको दोश्रो हाफमा एक गोल फर्काए । उक्त खेलमा एविसीका विष्णुलाल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । 

त्यस्तै आज नै भएको दोश्रो सेमीफाइनलमा टि वर्गर ललितपुरले हेटौडाको नागसोतीलाई १–० गोलले पराजित गर्दै एबिसी संग भेट पक्का गरेको हो । टि वर्गरका लागि एक मात्र गोल नगेन लिम्वुले गरेको प्राविधिक संयोजक खगेन्द्र गुरुङले जनाए । 

४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको उक्त प्रतियोगितामा २५ टिमको सहभागिता रहेको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् । भेट्रानहरुको संस्थागत रुपमा नेपाल मै पहिलो पटक शुरु भएको उक्त प्रतियोगितामा प्रतियोगीतामा उपाधि विजेताले १ लाख ५१ हजार १ सय १ सय ११ सहित रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् । 

त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार दिइने छ भने सेमिफाइलन पुग्ने दुइ टिमलाई जनही नगद १० हजार उपलव्ध गराईनेछ । साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिनेछ । अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान (एक पटक मात्र) एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता संचालन गर्न रु.२० लाख खर्च लाग्ने अनुमान गरीएको छ भने २१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका अध्यक्ष रमेश श्रेष्ठले जनाएका छन् । बिगत वर्षमा झैं यस बर्ष पनि सहारा युकेले द्वितिय पुरस्कार रु ७५ हजार ५ सय ५५ प्रायोजन गरेको छ भने नेपालको चौधरी ग्रुपले समेतले सह प्रायोजन गरेको छ । 


 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?