Friday May 20, 2022

सहारा एकेडेमीको अक्षयकोषमा ५ लाख सहयोग

५ माघ, २०७८ शितपलाटीन्यूज डटकम । 1123


सहारा एकेडेमीको अक्षयकोषमा ५ लाख सहयोग

सहारा क्लब पोखराले सञ्चालन गर्दै आएको सहारा एकेडेमीको अक्षयकोषमा नगद ५ लाख सहयोग प्राप्त भएको छ । अक्षयकोषका लागि क्लब र ओएभिएस पोखराबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । 

ओएभिएस पर्थ अष्ट्रेलियाका संचालक सुभाष श्रेष्ठ, ओएभिएस पोखराका संचालक निराजन कुँवर र समिता आचार्यले बुधबार ५ लाख रुपैयाँ एकेडेमीको अक्षयकोषका लागि क्लब अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई हस्तान्तरण गरे । यस्तै, आगामी २ वर्षसम्म बर्सेनि ५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ । 

‘आत्मा साक्षि राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लबले पोखराको पर्यावाचीको रुपमा परिचित छ । क्लबले हरेक वर्ष गर्ने फुटबल प्रतियोगिताबाट बचत रकम दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुको निम्ति खर्च गर्दै आएको छ । एकेडेमीमा १४ जिल्लाका २४ बालक आश्रित छन् । 

यसैबीच, क्लबले यही माघ ६ देखि १५ सम्म पोखरा रंगशालामा २० औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिता गर्दैछ । सोको आवश्यक तयारी पूरा भएको क्लबले जनाएको छ । १० टिमको सहभागिता हुने प्रतियोगितामा संकटा क्लब, मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, विभागीय नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, हिमालय शेर्पा, थिस्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?