Friday May 20, 2022

एनआरएनए युके राज्य समन्वय परिषद इंगल्याण्डले सल्लाहाकार रोज्यो

५ माघ, २०७८ शीतलपाटीन्युज डटकम। 1174


एनआरएनए युके राज्य समन्वय परिषद इंगल्याण्डले सल्लाहाकार रोज्यो

शीतलपाटीन्युज डटकम।

लण्डन। सल्लाहकारको फाईन लिस्ट प्रकाशित, प्रमाण पत्र वितरण तथा नवनियुत्त सदस्यहरुलाई प्रमाण पत्र वितरण र शपथका साथै रनफेष्ट कार्यक्रमको घोषणा गर्यो।

राज्य समन्वय परिषद इंगल्याण्डले गत शनिवार १४ जनावरी २०२२ का दिन एन आर एन ए युकेको कार्यालय अल्ड्रसडमा बैठक बसी एकै साथ विभिन्न कार्यहरु सम्पन्न गरेको छ। बैठकमा ३१ जना सल्लाहकारको नियुक्ति र प्रमाण पत्र वितरण गरियो। सल्लाहकारहरुमा यज्ञ डुम्रे,शुरेस श्रेष्ठ,अर्चना हमाल,मुकुन्द खरेल,हरि अर्याल,डा.विष्णु घिमिरे,उदयराज आचार्य,राजु खत्री,गोकर्ण हुमागाई,रामेश्वर अर्याल,रबिचन्द्र उप्रेती,काशीराज बोहोरा’कृष्ण न्यौपाने,मान बहादुर गुरुङ,होम राना,डा. दिपक जिसि,चुडामनि अधिकारी,प्रशिद्ध प्रधान,आनन्द धरेल,स्रीचन्द्र गुरुङ,दिपेन्द्र श्रेष्ठ,भाशन राइ,सुरेन्द्र अवस्ती,किशोर राना,अमर गुरुङ,यादव श्रेष्ठ,टिका अधिकारी,भरत गुरुङ रहनु भयको छ।  नवनियुक्त सदस्यहरु दिपेन्द्र सिटौला, कमल खरेल र अजय पुनलाई प्रमाण वितरण गरी उहाँहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि एनआरएनए युकेका प्रमुख संरक्षक शेर बहादुर शुनारद्धारा शपथ ग्रहण गराइयो। 

राज्य समन्वय परिषद इंगल्याण्डका अध्यक्ष लाल बहादुर गुरुबज्यूको अध्यक्षतामा बसेको उक्त बैठकमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर प्रमुख अतिथि हुनुन्थ्यो भने एनआरएनए ग्लोबलका उपाध्यक्ष पदका प्रत्यासी थर्क सेन अतिथि हुनुहन्थ्यो। कार्यक्रमको सन्चालन सहसचिव अन्जु कुवरले गर्नु भएको थियो भने उपस्थित मान्यजन सबैलाइ सचिव राम प्रसाथ पन्थीले स्वागत मन्तब्यले स्वागत गर्दै उपस्थित सबैमा राज्य समन्वय परिषद इंगल्याण्डले आँटेको रनफेष्ट कार्यक्रमलाई सफल पार्न सबैले सहयोग गरिदिनुहुन समेत आव्हान गर्नु भयको थियो।

एनसीसी अध्यक्ष प्रेम गाहा मगरले राज्य समन्वय परिषद इंगल्याण्डले गर्ने हरेक गतिविधिहरु एनआरएनए युकेको मुल अभियान अन्तरगत नै पर्दछन त्यसैले एनसिसिको पूर्णतया साथ रहने र सहयोग गर्ने भन्दै काउण्टि काउन्सिल पनि समयमै गठन गर्नु पर्ने जसले गर्दा यस्ता एनआरएनएका अभियानका कुराहरुलाई आम जनतासमक्ष पुर्याउन अझ सहज हुनेछ भन्नु भयो। विशेष अतिथि शेर बहादुर सुनारले कार्यसमितिमा प्रवेश गर्नु हुने नयाँ सदस्यहरु र नयाँ सल्लाहकारहरुको यो संस्था प्रति देखिएको लगावले गैर आवासीय नेपाली संघ अझ बढि आकर्षक अनि संस्थाको सुद्धिकरण र समुदायको एकिकरण भन्ने मुल नारा साकार हुनेछ भन्नु भयो। अहिलेको जल्दोबल्दो अभियान शारिरिक र मानसिक रुपमा स्वस्थ्य रहनको लागि “दौडने बानि बसालौ, सुरुवात आफैबाट गरौं र आजैबाट गरौ भन्ने अभिप्रायका साथ सन्चालन गरिएको “रनफेष्ट” कार्यक्रममा के कसरी भागलिन सकिन्छ,यसका प्राविधिक र शैद्धान्तिक पक्षहरुलाई प्रष्ट पार्दै कार्यक्रम आयोजक राज्य समन्वय परिषद इंगल्याण्डका सदस्य बलराम सुवेदिज्ले प्रष्ट पार्नु भएको थियो।

 

“रनफेष्ट” अभियानलाई एनआरएनएको संस्थागत कार्यक्रमको रुपमा स्थापित गर्न संस्थाको विधान अन्तरगत संस्थाको औपचारिक बैंक खाता खोलियो। संस्थाको आधिकारिक इन्टर्याक्टिभ वबे पेजको दर्ता र निर्माण गरियो। वेब पेजबाटै दर्ता शुल्क तिर्न मिल्ने गरी रनफेष्टको सहभागिलाई स्वतस्फुर्त सहभागि हुन सक्ने र त्यस्को सम्पूर्ण रेकर्ड टार्न्सप्यारेन्ट राख्न मिल्ने बनाएको कुरा बताउनु भयो। सहभागिले आफुले दौडर ४ किलोमिटर को दुरी रेकर्ड गर्न मोबाईल एप डाउनलोड गरेर वा कुनै माध्यमले रेकर्ड बनाएर एनआरएन राज्य समन्वय परिषद कै वेबसाईटबाट अपलोड गरेर आफ्नो यो अभियानको पहिलो चरण पुरा गर्नुहुनेछ र आफुलाई दौडने बानिको सुरुवात गर्नुहुनेछ। सहभागिले तिर्नु भएको दर्ता शुल्कबाट उहाँलाई एनआरएनएको अफिसियल प्रमाणपत्र दिएर सम्मान गरिनेछ साथै एन आर एन को यो अभियानको मेडल पनि प्रदान गरिनछे। यसरी यो अभियान अहिले सफल पार्न सकेमा पछि समरमा फेरी यस्तै अर्को अभियान जारी गरिनेछ जसले आम नेपाली लाई एन आर एनसँग सामिप्यतामा राखिराखोस र यस संस्था प्रति सबैको सकारात्मक सोचाईको विकास होस जसले गर्दा भविष्यमा आफ्ना हकहितका मुद्दाहरु उठाउँदा जनमत जुटाउन सजिलो होस भन्ने सर्वहिताय सोच राखिएको कुारा समेत उहाँले प्रष्ट पार्नु भयो।

 

उक्त अभियानले शारिरक र मनो बैज्ञानिकरुप मै मानिसलाई स्वस्थ राख्न सक्ने र फिजिकल ट्रेनिबको उत्किृष्ट अभ्यास दौड रहेको,जसले मानिसको कोष कोष र नशा नशालाई सकृय बनाउने र रोग प्रतिरोधात्मक क्षमताको विकाश हुने कुरामा प्रवक्ता श्विशाल गुरुबले प्रष्ट पार्दै तपाई हामी सबैले यो अभियानमा जोडिनु पर्नेमा जोड दिनु भयो। कोषाध्यक्ष सचिन भट्टराई एवं सहकोषाध्यक्ष सरोज थापाले हरेक गतिविधिहरुलाई पारदर्शी राख्नेछौं भन्नुभयो। सल्लाहकार आनन्द धरेलले यो अभियानमा उहाँको संस्थाको पुर्ण साथ र समर्थन रहने बताउनु भयो। त्यस्तै सल्लाहकार डा.दिपक जि.सी. र किसोर रानाले पनि यस्ता चेतना मुलक र स्वास्थबर्धक अभियानमा सबैले साथ दिनु पर्ने सहभागिको संख्या बढाउनमा समैको पहल हुनुपर्नेमा जोड दिनु भएको थियो। नवनियुक्त सदस्य दिपेन्द्र सिटौलाले आफु च्यारिटेबल गतिविधमा केही अनुभव रहेको र राज्य समन्वय परिषद इंगल्याण्ड मात्र नभई एनआरएन एनसिसिलाई पनि आबवश्यक परेमा हर तरहले सहयोग र साथ दिन चौविसै घण्टा तयार रहेको कुार प्रमुख अतिथि प्रेम गाहा मगर समक्ष प्रण गर्नु भयो। यो दौड अभियानमा आफुले सहभागिहरुलाई जुटाउन लागिपर्ने र यहाँहरु सबैले आ आफ्नो स्थानिय स्तरबाट परिवार,छिमेकि साथिभाई र मिडिया सबैतिरबाट सहभागि संख्या बढाउन पहल गर्नुपर्नेमा जोड दिनु भयो।

 

कार्यक्रमको अन्त्य गर्दै अध्यक्ष लाल बहादुर गुरुबले सहभागि सबैलाई एनआरएन प्रति देखाउनु भएको साथ, समर्थन र यो संस्थालाई के कसरी नेपालीहरुको पक्षमा र हितमा बढि भन्दा बढी उपयोगी र गतिशिल बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर चासो दिनु एकोमा उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्नु भयो। प्रतिभाशाली व्यक्तित्वहरु जो ओझेलमा पर्नु भएको छ उहाँहरुलाई पनि कसरी यो मुल अभियानमा ल्याउन सकिन्छ जसले गर्दा एन आर एन साच्चैको “नोपालीका लागि नेपाली” बनाउन सकिन्छ भन्ने कुरा यहाँ अतिनै मर्यादित ढंगले छलफल भयो भन्दै उपस्थित सबै प्रति हार्दिक सम्मान प्रकट गर्नुभयो । नयाँ सहभागि सदस्यहरु र सल्लाहकारज्यूहरुले मन, बचन र कर्मले जसरी जुट्नु भएको छ बास्तबमै अहिले चालिएको यो रनफेष्ट अभियानलाई सबैले साथ दिनुहुने कुरामा विश्वस्त रहेको कुरा बताउनु भयो । त्यसै गरी विश्वभरी छरिएर रहनु भएका हर क्षेत्रका प्रोफेशनलहरुः व्यवसायी, कलाकर्मी , सिनेकर्मी, सन्चारकर्मी, पेशाकर्मी नयाँ पुस्ताका भाइबहिनिहरु, विद्यार्थीहरु, बुवा आमा दाजुभाई दिदीबहिनीहरु सबैले एन आर एन ए युके राज्य समन्वय परिषद इंगल्याण्डको वेबसाईटमा गई आफुलाई आफै रजिष्टर गरी ४ किलो मिटर दौडर आफुलाई स्वस्थ रहने बानिको सुरुवात गरिदिनुहुन हार्दिक अनुरोध गर्नु भयो।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?