Friday May 20, 2022

गैरआवासीय नेपाली संघ यूकेको दोस्रो प्रत्यक्ष बैठक सम्पन्न

५ माघ, २०७८ शीतलपाटीन्युज डटकम। 1189


गैरआवासीय नेपाली संघ यूकेको दोस्रो प्रत्यक्ष बैठक सम्पन्न

शीतलपाटीन्युज डटकम। 

लन्डन, १९ जनवरी २०२२। गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा अल्डरसटस्थित आफ्नै कार्यालयमाआइतबार भएको संघको दोश्रो प्रत्यक्ष बैठकले एनआरएनए यूकेको कानूनी परामर्श तथा विधान समिति गठनगरेको छ ।बैठकले उपाध्यक्ष नारायण कंडेलको संयोजकत्वमा सदस्यहरु सुशीला राई, चित्रबहादुर गुरुङ, सुनिल राना, केशव भण्डारी र डा. रामकुमार अधिकारी सम्मिलित समिति गठन गरेको हो। बैठकमा नयां कार्यसमितिले जिम्मेवारी लिएपछि भए गरेका कामको समिक्षा पनि गरिएको थियो ।

संस्था सञ्चालन सम्बन्धि प्रमुख दस्तावेज मानिने विधान संशोधनका लागि निकट भविष्यमा विभिन्न क्षेत्रबाटप्रतिनिधित्व हुने गरि प्राविधिक सल्लाहकार थपिने अध्यक्ष प्रेम गाहामगरले जनाए । अध्यक्ष गाहा मगरकाअनुसार ‘विभिन्न राज्य र संघसंस्थाहरुबाट विधान अपडेट गर्न आएका सुझाव सम्बोधन हुने गरि चुस्त दुरुस्तविधान बनाउने संघको योजना रहेको छ। बैठकले गैर आवासीय नेपाली संघ यूकेको उद्देश्य हासिल गर्नका लागि सफलतापूर्वक काम अगाडि बढिरहेकोनिष्कर्ष निकालिएको जानकारी प्राप्त भएको छ ।

बैठकमा अध्यक्ष गाहामगरले भूतपूर्व गोर्खाहरुको लामो समयदेखि जारी संघर्ष अन्त्यका लागि एनआरएनयूकेले नेपाल सरकारसंग कूटनैतिक पहल गर्ने र यूकेमा रहेका गोर्खा तथा उनीहरुका परिवारलाई परेकासमस्याहरु जस्तैः पेन्सन क्रेडिटको सुबिधा लिएका बृद्ध गोर्खाहरुलाई यूके भन्दा बाहिर गएर एक महिना मात्रबस्न पाउने वर्तमान नियमलाई बढाएर ३ महिना (पूर्व नियमअनुरूप) बस्न पाउने अधिकारका लागि बेलायतकोडिफेन्स् भेट्रान मन्त्रीसंग आगामी मार्च २०२२ मा एनआरएन यूकेको आफ्नै कार्यालयमा ज्ञापन पत्र बुझाउने रकार्यक्रमको संयोजन एनआरएन यूके गोर्खा विभागले गर्ने बताएका थिए।

 

अध्यक्ष गाहामगरले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टका लागि जुन क्षेत्रमा नेपालीहरुको बाक्लो वस्तीछ, त्यस क्षेत्रलाई केन्द्रित गरि मे २०२२ देखि जुन २०२२ भित्र प्रोपजल तथा ज्ञापन पत्र बुझाउने कार्यक्रमएनआरएनए यूकेकै कार्यालयमा आयोजना गरिने पनि जनाए । 

 

अध्यक्ष गाहामगरले बेलायतस्थित नेपाली समुदाय र नेपालमा खेलाडी एवं खेलकुद विकासका लागि वृहतयोजना ल्याउन आफैं अग्रसरता देखाएका छन् । नेपालमा हुन गइरहेको आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०२२ मा सहभागिताबारे एनआरएनए यूकेले छनौट प्रक्रिया गरि बेलायतबाट खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन नेपाल पठाउने रयसको संयोजकत्व खेलकुद विभागले गर्ने अध्यक्षले जानकारी दिए।

 

उपाध्यक्ष तथा च्यारिटी बिभागका संयोजक गोबिन्द खरेलद्वारा हाल सम्म बिभागद्वारा संयोजन गरिएकाकार्यक्रमहरुको संक्षिप्त विवरण तथा आगामी मे २०२२ देखि जुलाई भित्र नेपाल हाउस प्रोजेक्टको लागिच्यारिटी डिनरको आयोजना गर्ने तथा बेलायतको कोरोना भाइरस सम्बन्धि नियमहरु खुला भएको खण्डमा एकबृहत च्यारिटी कार्यक्रम गरिने योजना बनाएको उपाध्यक्ष खरेल ले बताए। खरेलका अनुसार च्यारिटी विभागमाप्रमुख सल्लाहकारहरु: शान्ति थापा कनुवार, डेविड गुरुङ तथा ओम थापा काउचा रहेको र बिभागभित्र आफ्नैप्रमुख संयोजकत्वमा छेमता ढकाल उप-संयोजक, आवेश राई कोषाध्यक्ष तथा ग्यान्जु शेर्पा सदस्य सचिवसहितको बिभाग गठन गरेको पनि जानकारी दिए।  

 

बैठकमा, संघसंस्था विभाग, महिला विभाग, प्रकाशन विभाग, नेपाली नागरिकता निरन्तरता विभाग, धर्म विभाग, दैवी प्रकोप तथा आपतकालीन विभाग, संस्कृति विभाग, व्यापार तथा लगानी लगायत विभागीय प्रमुखहरुले आफ्नो विभागका क्रियाकलापहरुबारे ‘अपडेट’ गराएका थिए। बैठकमा ‘वान एनसीसी वान प्रोजेक्ट’ छनौट र मापदण्ड निर्धारण गर्नेबारे पनि छलफल भएको थियो ।

 

बैठकले एनआरएनए केन्द्रिय अधिवेशनमा बेलायतबाट प्रतिनिधित्व गर्ने डेलिगेट्सका सन्दर्भमा कार्यसमितिलेयसअघि सिफारिस गरेका डेलिगेट्सलाई पूर्ण रुपमा मान्यता दिएर शीघ्र अधिवेशन हुनुपर्ने माग पनि गरेको छ ।बैठकमा बेलायतस्थित गैर आवासीय नेपालीका प्रत्यक्ष सरोकारका विषयमा संघको कार्यालयबाट दिन सकिने सेवाहरुबारे समेत विचार विमर्श गरिएको थियो। अध्यक्ष गाहामगरले दूतावासमा घुम्ती सेवाका लागिकार्यवहाक राजदूत रोशन खनाललाई करिव एक महिना पुर्व नै औपचारिक पत्र पठाइएको जानकारी दिए।

 

बैठकले अन्य विभिन्न निर्णय पनि गरेको छ । एनआरएनए यूकेमा ‘ट्रष्टी’ थप गर्ने सम्बन्धमा अध्यक्ष प्रेमगाहामगरलाई मुख्य ट्रष्टीमा राखी बांकी च्यारिटी सम्बन्धि काम यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरिएको छ ।

बैठकले आउंदो ५ मार्च २०२२ का दिन आफ्नै कार्यालयमा महिला दिवस र ६ अगष्ट २०२२ शनिबार संघकोवार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैठकमा कोषाध्यक्ष विष्णु खरेलले हालसम्मको आर्थिक आयव्यायबारे जानकारी दिएका थिए ।

 

संघको अर्को प्रत्यक्ष पूर्ण बैठक आउंदो २० मार्च २०२२ आइतबार गर्ने निर्णय भएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?