Friday May 20, 2022

सहाराको टिममा दुई विदेशी खेलाडी सहित २३ सदस्यिय टोलीको घोषणा

५ माघ, २०७८ शितलपाटीन्यूज डटकम । 1189


सहाराको टिममा दुई विदेशी खेलाडी सहित २३ सदस्यिय टोलीको घोषणा

२० औं आहा ! रारा संस्करणको पूर्व सन्ध्यामा आयोजक सहारा क्लवे आफ्नो टिमको घोषणा गरेको छ । 

सहाराले खेल सुरु हुनु भन्दा एक दिन अघि मात्रै दुई विदेशी सहित २३ सदस्यिय टोलीको घोषणा गरेको हो । टोलीमा हाल एकेडेमीमा रहेका ७ खेलाडी समेत समेटिएको क्लवका पूर्व अध्यक्ष विरभद्र आचार्यले जनाएका छन् । सहाराको टिममा सहारा एकेडेमीका दोश्रो व्याचका शुसिल लामालाई समेत बोलाईएको छ । उनी हाल फ्रेण्डस् क्लवमा आवद्ध छन् । 

टोलीमा समावेश विदेशी खेलाडीमा पिटर सेगुन र मार्टिन अजई छन् भने सहारा एकेडेमीका ७ यूवा खेलाडीमा कमल शोमई, विशाल नेपाली, मुकुन्द न्यौरे, नवराज धमेल, जिवन रायमाझी, भागवत चौधरी  र अन्जन देवकोटा रहेका छन् ।  त्यसै गरी टिममा राष्ट्रिय खेलाडी मन बहादुर तामाङ समेत आवद्ध भएका छन् भने सातदोवाटो क्लवका गोलकिपरमा अभिषेक बराल सहित पोखरेली खेलाडी सन्दिप पोखरेललाई समेटिएको छ । 

त्यसै गरी टिमको अन्य सदस्य अनिल गुरुङ, शाहिल गुरुङ, सुमित श्रेष्ठ, गंगा गुरुङ, प्रमिश गुरुङ, शुसिल बराल, संगम गैरे, पासाङ लामा, प्रसन्न श्रेष्ठ र सरोज गुरुङ रहेका छन् । टिमको प्रशिक्षकमा सहारा एकेडेमीका पहिलो व्याचका खेलाडी प्रल्हाद हिराचन रहेको क्लवले जनाएको छ । सहाराले माघ ६ गते हुने उद्घाटन खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लव संग मैदानमा भिड्ने छ । 

स्मरणिय के छ भने सहारा क्लव सम्पन्न १९ औं सस्करणमा तिन पटक उपाधि नजिक पुगेको छ । जस मध्ये १२ औं सस्करणमा सहाराले उपाधि जितेको थियो भने ११ औं र १५ औं सस्करणमा उपविजेतामा सिमित भएको सहाराका प्रचार प्रसार प्रमुख एवम अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले जनाए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?