Friday May 20, 2022

एनआरएन युकेले नेपाली खाना प्रवर्धन समिति गठन गर्दै:आकर्षित फुड फेस्टिबलको तयारी

५ माघ, २०७८ शीतलपाटीन्युज डटकम । 1518


एनआरएन युकेले  नेपाली खाना प्रवर्धन समिति गठन गर्दै:आकर्षित फुड फेस्टिबलको तयारी

शीतलपाटीन्युज डटकम।

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाली खाना बिकास प्रवर्धन विभाग गठन गरेको छ । एनआरएनए युके कार्यसमिति सदस्य भानुभक्त घिमिरेको संयोजकत्वमा गठन भएको विभागमा सल्लाहकारसहित १० जना रहेका छन। संयुक्त कोअर्डिनेटरद्वयमा दशरथ खरेल र राम पन्थी रहेका छन।

शिव पराजुली सदस्य सचिव रहेको विभागमा कोषाध्यक्ष दिलाराम गौतम, सदस्यहरुमा नवराज भण्डारी, दिनेश कंडेल र भक्ती भण्डारी छन । त्यस्तै, विभागको सल्लाहकारमा दधि आचार्य र यदुमणि सापकोटा छन । विभागले विशेष गरि बेलायतभर नेपाली खानालाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेको छ।

विभागले बेलायतमा नेपाली खाना प्रवर्धनका लागि सम्बन्धित निकाय सँग मिलेर काम गर्ने योजना बनाएको संयोजक घिमिरेले बताए । उनले नेपाली खाना प्रवर्धनका लागि विशेष गुरु योजना ल्याउने र यसअघि सम्बन्धित निकायसँग छलफल गर्ने जानकारी दिए । हरेक बर्ष नेपाली खानासहित फुड फेस्टिबल कार्यक्रमको आयोजना, ५ खानाहरु एकै खालको बनाउने, हरेक बर्ष वेस्ट नेपाली खाना अवार्डको आयोजना विभागले गर्ने महत्वपुर्ण उद्देश्य लिएको छ ।

त्यस्तै, बेष्ट सेफ अवार्डको घोषणा र नेपाली हस्पिटालिटी क्षेत्रमा कार्यरतको कर्मचारीका लागि आकस्मिक दुर्घटना विमाको लागि च्यारिटि बक्सको व्यवस्था गर्ने योजना चाडै कार्यान्वयनमा लैजाने संयोजक घिमिरेले बताए ।

(लण्डन नेपालन्युज)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?