Sunday November 27, 2022

बगर भाई खलक रक्तदान कार्यक्रम : ७८ यूनिट संकलन

१५ माघ, २०७८ शितलपाटीन्यूज डटकम । 1300


बगर भाई खलक रक्तदान कार्यक्रम : ७८ यूनिट संकलन

पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले आयोजना गरेको रक्तदान कार्यक्रममा ७८ यूनिट रक्त संकलन भएको छ । 

भाईखलकले आफ्नो वार्षिक कार्यक्रम अनुसार गरिएको रक्तदान कार्यक्रममा ७८ यूनिट रक्त संकलन भएको अध्यक्ष दिल बहादुर गुरुङले जनाएका हुन् । नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा भएको उक्त रक्तदान कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले गरेका थिए ।

कोभिड १९ को वढ्दो प्रभावका विच भएको उक्त रक्तदान कार्यक्रम निकै उत्साह जनक रुपमा सम्पन्न भएको संस्थाले जनाएको छ । कायक्रममा पोखरा महानगर पालिका वडा नं १ की अध्यक्ष शारदा कुमारी पराजुली, वडा नं १६ का अध्यक्ष जिवन प्रसाद आचार्य, वडा नं २० का अध्यक्ष सिम गुरुङ, नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली लगायतको सहभागिता रहेको थियो । 

रक्तदान कार्यक्रमलाई सफल बनाउन वडा नं १ ले नगद १० हजार सहयोग गरेको थियो भने मञ्चका अध्यक्ष पराजुली, भिमकाली पाटन तमु समाजका अध्यक्ष प्रेम बहादुर गुरुङ, ट्याक्सी इकाई बगर लगायतले नगद तथा जिन्सी सहयोग गरेको संस्थाका महासचिव याम गुरुङले जनाए । 

वार्षिक रुपमा भेट्रान ४० वर्ष माथी उमेर समुहको फुटबल प्रतियोगिता समेत गर्दै आएको भाईखलकले भेट्रान फुटसलको तयारी समेत गर्ने भएको छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?