Monday November 28, 2022

भारतमा कृप्टोकरेन्सी कारोबारमा ३०% कर, नेपालले पनि करको दायरामा ल्याउदा राम्रो

१८ माघ, २०७८ शीतलपाटीन्युज डटकम। 2328


भारतमा कृप्टोकरेन्सी कारोबारमा ३०% कर, नेपालले पनि करको दायरामा ल्याउदा राम्रो

शीतलपाटीन्युज डटकम।

काठमाडौं। भारतले नयाँ बजेटमार्फत डिजिटल मुद्रालाई करको दायरामा ल्याएको छ। क्रिप्टो लगायतका कारोबारलाई यस अघि अवैध मानेको भारतले आर्थिक वर्ष २०२२/२३ को वित्त वर्षमा यस्तो कारोबारमा हुने आयमा ३० प्रतिशत कर लगाउने घोषणा गरेको हो।

भारतीय वित्त मन्त्री निर्मला सितारमणले मंगलबार प्रस्तुत गरेको बजेटमा डिजिटल सम्पत्तिको ट्रान्सफरबाट हुने आयमा ३० प्रतिशत कर लगाउने र भारतीय रिजर्व बैंक (आरबीआई) ले व्यवस्थापन गर्ने गरी नयाँ डिजिटल मुद्रा निर्माण गर्ने घोषणा भएको द इकोनोमिक्स टाइम्सले लेखेको छ।

बजेटमा उल्लेख भएअनुसार भारतीय रिजर्ब बैंक (आरबीआई) ले व्यवस्थापन गर्ने गरी नयाँ डिजिटल मुद्रा निर्माण गर्ने छ। केन्द्रीय बैंक डिजिटल करेन्सी नाम दिइएको यस्तो मुद्राको कारोबारका लागि गत वर्ष देखिनै आरबीआईले काम गरिरहेको पनि भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नेपालले पनि बजेटमार्फत डिजिटल मुद्रालाई करको दायरामा ल्याउन जरुरी देखिन्छ। क्रिप्टो लगायतका कारोबारलाई यस अघि अवैध माने पनि नेपालले अवका आर्थिक वर्ष २०२२/२३ वर्षमा यस्तो कारोबारमा हुने आयमा राष्ट्र बैक मार्फत केहि प्रतिशत कर लगाउने घोषणा गरेमा उपयुक्त होला। 

India legalizes crypto, unveils 30% tax on sale of digital assets

(अनलाईन खवरबाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?