Sunday November 27, 2022

दुई वर्ष पछि ह्याण्डबल खेलाडीहरु मैदानमा, नयाँ ह्याण्डबल म्याटको उद्घाटन

२२ माघ, २०७८ शितलपाटीन्यूज डटकम । 1241


दुई वर्ष पछि ह्याण्डबल खेलाडीहरु मैदानमा, नयाँ ह्याण्डबल म्याटको उद्घाटन

 विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ का कारण ठप्प रहेको खेलकुद गतिविधि विस्तारै अघि बढ्न थालेको छ । 

यसै क्रममा करिव दुई वर्ष पछि नेपाली ह्याण्डबल राष्ट्रिय खेलाडीहरु मैदानमा उत्रिएका हुन् । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ)ले पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमीका लागि सहयोग स्वरुप प्रदान गरेको म्याटमा ह्याण्डबल खेलाडीहरुले आफ्नो कौशल देखाएका छन् । 

अन्तर्राष्ट्रियस्तरको फ्रान्समा निर्मित गेरफलोर् कम्पनीबाट उत्पादित ह्याण्डबल म्याट नेपाललाई पहिलो पटक प्राप्त भएको हो । उक्त म्याट झञ्झटिलो प्रक्रियाका कारण नेपाल आइपुग्न करिव ३ वर्ष लागेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङले बताए । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव समेत रहेका गुरुङले आएचएफले नेपाली ह्याण्डबल खेलको विकासका लागि वहुमुल्य उपहार दिएको बताउँदै भने–“अव हाम्रा खेलाडीहरुले धुले मैदानबाट मुक्ती पाएका छन् । यो मैदानको यहाँका विद्यार्थीहरुले भरपुर उपयोग गर्नुपर्छ ।”

सदस्य सचिव गुरुङले म्याटको शुरक्षा र सरसफाइमा विशेष चासो दिन आग्रह गर्दै खेलाडी उत्पादनका लागि प्रदेश खेलकुदले समेत सहयोग रहने उल्लेख गरे । उनले म्याट नेपाल ल्याई पुर्याउन सहयोग गर्ने नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार अर्थ मन्त्रालय, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद लगायतलाई आभार समेत व्यक्त गरे । 

यसै गरी कास्की जिल्ला ह्याण्डबल संघका कार्यवाहक अध्यक्ष समेत रहेका चित्र थापाले कास्कीले अन्तर्राष्ट्रियस्तरको म्याट प्राप्त हुनु गौरवको विषय रहेको जनाउँदै नेपाल ह्याण्डबल संघलाई आभार व्यक्त गरे । नेपाली राष्ट्रिय टिमका कप्तान विशाल बस्नेतले कोभिडका कारण सुस्ताएको ह्याडबल खेलको विकासका लागि ह्याण्डबल म्याट सहयोगी हुने बताए । 

पोखरा रंगशाला स्थित ह्याण्डबल एकेडेमीमा राखिएको उक्त म्याटमा अग्रज ह्याण्डबल खेलाडी र पूर्व राष्ट्रिय खेलाडीहरुले समेत आफ्नो खेल प्रदर्शन गरेका थिए । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?