Tuesday September 27, 2022

पोखरा म्याराथनलाई तमु धिं र तमु समाजहरुको स्वागतको तयारी

३ फाल्गुन, २०७८ शितलपाटीन्यूज डटकम । 1379


पोखरा म्याराथनलाई तमु धिं र तमु समाजहरुको स्वागतको तयारी

फागुन ७ गते पोखरामा हुने १६ औं संस्करणको पोखरा म्याराथन भव्यताका साथ सम्पन्न गर्न पोखरेली तमु समाजहरु तयारीमा जुटेकाछन् । नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालद्वारा आयोजित देशकै जेठो म्याराथन पोखरा म्याराथनलाई सफल बनाउन तमुहरुको पुरानो सामाजिक छाता संस्था तमु धिं नेपाल र तमु समाजहरु म्याराथन धावकहरुलाई स्वागतका लागि तयारीमा जुटेका हुन् ।

“स्वास्थ्यको लागि पोखराका लागि” भन्ने उद्धेश्यका साथ आयोजना हुदैं आएको पोखरा म्याराथनले खेलकुद मार्फत यस क्षेत्रका साथै मुलुकको अग्रगतिका लागि महत्वपुर्ण भुमिका हुने भएकाले म्याराथन सफल बनाउन सम्पुर्ण पोखरेलीको दायित्व हो भन्दै तमु धिं नेपालले संस्थागत रुपमा म्याराथन रुटमा पर्ने तमु समाजहरुलाई तमु पोशाक, समाजको ब्यानर, बाजागाजा, झाँकी, सँस्कृति प्रस्तुतिसहित टोल टोलमा स्वागतका लागि जिम्मेवारी बाँडफाँड गरेको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार आयोजकले उपलब्ध गराएको म्याराथन रुटमा पर्ने तमु समाज फागुन ७ गते बिहानैदेखि तोकिएको समयमा खेलाडीहरुको स्वागतका लागि संस्थागत रुपमा जुट्ने भएकाछन् । १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका खेलाडीहरुलाई स्वागतका लागि तमु धिं नेपाल पोखरा रंगशाला प्रवेशद्धारमा जुट्ने भएको छ भने धावकहरुलाई विभिन्न इभेन्टका प्रतियोगितामा सहभागिताका लागि आग्रह समेत गरिएको छ ।

स्वागतका लागि पोखरा रंगशाला प्रवेशद्धार, नागढुंगा, तमु ह्युलचोक विरौटा, जिरो किमी, सिर्जनाचोक, सिद्धार्थचोक, हरिप्रसाद चोक, सिमपानीचोक, गणेश मेडिकल हल चोक बगर, केआइसिंहपुल, सुन्दरफिड चोक दिप, फुलवारी चोक, पुरानोधारा, सितलादेवी, बिजी हस्पिटल, गुम्बाफेदी, गौडाको मुख, भद्रकाली मावि चोक, अर्घौं चोक, तालचोक, पोखरा १५ वडा कार्यालय, कृष्णमन्दिर घले चोक लगायतमा तमु समाजहरुकोतर्फबाट स्वागतका लागि तयारी भएको गुरुङले बताए । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?