Wednesday September 28, 2022

गण्डकी प्रदेशस्तरिय ठेलो प्रतियोगिताको उपाधि किरण र ऋषासराले जिते

३ फाल्गुन, २०७८ शितलपाटीन्यूज डटकम । 1374


गण्डकी प्रदेशस्तरिय ठेलो प्रतियोगिताको उपाधि किरण र ऋषासराले जिते

 गण्डकी प्रदेश स्थापनाको अवसरमा गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको ठेलो प्रतियोगितामा किरण विक र ऋषासरा थापाले उपाधी जितेका छन् ।

प्रदेशले परम्परागत खेलको प्रबद्र्धन र सम्मानका लागि पोखरामा आयोजना गरेको प्रदेश स्तरीय ठेलो प्रतियोगिताको पुरुषतर्फ किरण विक प्रथम भए । पर्वतका विकले ठुलो ठेलोमा १३.८८ मिटर र सानो साधँमा १९.६९ मिटर फाल्दै प्रथम भएका हुन् । उनले आफ्नै रेकर्ड तोड्दै ठुलो ठेलोमा १४.०७ दुरी फाले । उनले नगद ६० हजार रुपैयाँ हात पारे । यस्तै रोहित विकले ठुलो ठेलोमा १३.५८ मिटर फाल्दै दोस्रो भए । स्याङजाका राजेश गुरुङ १२.९३ मिटर फाल्दै तेस्रो भए । सानो ठेलो तर्फ रविन विक दोस्रो भए उनले १९.३७ मिटर पर फाले । रोहित विकले १९.३३ मिटर पर फाल्दै तेस्रो भए ।

महिला तर्फ भएको प्रतियोगितामा रिषा सरा थापाले १०.७३ मिटर पर फालिन । दोस्रो स्थानमा रहेकी सरस्वती गुरुङले १०.६३ मिटर पर फालिन भने १०.२४ मिटर पर फालेकी शर्मिला थापा मगर तेस्रो भइन् ।

सो अवसरमा अग्रज ठेलो खेलाडी दक्ष बहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, प्रतियोगिताका संयोजक योगेन्द्र शेरचन, शिक्षा विद महेश गुरुङ, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरु लगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?