Wednesday October 28, 2020

काठमाडौंमा ३ दिन सम्म जोर विजोर नम्बर अनुसार गाडी चल्ने

१० भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1257



शीतलपाटीन्युज डटकम, काठमाडौं ।

आउँदो बुधबार, बिहीबार र शुक्रबार काठमाडौंमा जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् । बिहीबार र शुक्रबार हुन लागेको चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा गाडी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार र शुक्रबार नम्बर प्लेटको अन्तिम अंक विजोर ९१,३,५,७,९० भएका गाडीमात्रै चल्न पाउनेछन् भने बिहिबार जोर ९०,२,४,६,८० अंक भएका गाडी मात्रै चल्न पाउनेछन् ।


यसअघि अन्तिको दुई वटा नम्बरको आधारमा गाडी चल्न दिइने भनिएपछि अहिले अन्तिम नम्बर मात्रै हेर्ने निर्णय भएको महाशाखाले जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?