Friday October 23, 2020

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको समृद्धि रियल स्टेटको शुभारम्भ

११ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 3095



शीतलपाटीन्युज डटकम।

काठमाडौं । नेपालमै अन्तर्राष्ट्रिय स्तरको रियल स्टेट कम्पनीको शुभारम्भ भएको छ । शनिबार एक भब्य समारोहबीच काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको समृद्धि रियल स्टेटको शुभारम्भ भएको हो ।लैनचौरस्थित कम्पनीको पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले रिबन काटेर उद्घाटन गरे ।

सरल ढंगमा अन्तर्राष्ट्रिय स्तरको घरजग्गा कारोबार गर्ने,परामर्स दिने उद्देश्यले स्थापित समृद्धिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री तामाङले मुलुक समृद्धिका लागि भौतिक संरचनाको विकास अपरिहार्य भएको तर्क गर्दै समृद्धि रियल स्टेटलाई सफलताको शुभकामना दिए ।

‘गुणस्तरीय भौतिक पूर्वाधार बिना मुलुकको समृद्धि सम्भव छैन ।’ उनले भने, ‘त्यसका लागि समृद्धि रियल स्टेटले सुरु गरेको समृद्ध–यात्रा सकारात्मक छ ।’ घरजग्गा कारोबारलाई व्यवस्थित र संस्थागत गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनु पर्नेमा मन्त्री तामाङले जोड दिए ।

मूलतः बेलायतमा रहेर रियल स्टेटको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको ज्ञानसँगै अनुभव हासिल गरेकाहरुले समृद्धि रियल स्टेटको स्थापना गरेका हुन् । कम्पनीका लगानीकर्ता एवम् प्रमुख कार्यकारी अधिकृत सामसुर्य  तामाङले नेपालमा गुणस्तरीय निर्माणसँगै घरजग्गा कारोबारलाई व्यवस्थित गर्न समृद्धिको स्थापना गरेको बताए । ‘नेपालमा घरजग्गाको कारोबार धेरै भए पनि व्यवस्थित र संस्थागत हुन सकेको छैन । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरबाट घरजग्गा कारोबार गर्न र पूर्वाधार निर्माण गर्न समृद्धि रियल स्टेट सफल हुनेमा विश्वस्थ छौं ।

त्यस्तै, कम्पनीकाको फाउन्डर एवम बजार निर्देशक ललित न्यौपानेले  ‘कतिपय नीतिगत अन्योलका कारण गैरआवासीय नेपालीले ढुक्कसँग लगानी गर्न सकिरहेका छैनन् । बिदेशमा पीआर ,नागरिकता लिएकाले पनि हाल नेपाल सरकारले उपलब्ध गराएको गैर आबासिय नेपाली परिचय पत्रले पनि अचल सम्पति खरिद गर्न पाउने,उधोग ब्यबसाय खोल्न पाउने प्राबधान भएको तर धेरै लाई जानकारी नभएकोले जति लगानी आउनु पर्ने हो त्यति मात्रामा आउन नसकेकोले यस बारेमा सम्वृद्धिले व्यापक प्रचार प्रसार गरि यस क्षेत्रमा  लगानी भित्र्याउन प्रयास गर्ने छ भन्नु भयो ।

त्यस्तै कम्पनीका को-फाउन्डर एवम् बिक्रि निर्देशक सुमन राईले देसमा घर जग्गाको बिक्रि कम भएको अबस्थामा सम्ब्रिधिले बिक्रीको अन्तरास्ट्रिय बिधि अपनाउने भएकोले खरिद बिक्रीको कारोबारमा वृद्धि हुने कुरा गर्दै सबैलाई धन्यवाद दिनु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल रियल स्टेट एसोसिएसनका अध्यक्ष एबम एस्टोर्लोजिस्ट राज सिंहले यो  ब्यबसाय सस्थागत नभएकोले बिचमा धेरैले कमिसन लिने हुदा ५ लाख को जग्गालाई १० लाख सम्म हाल्नु परि खरिदकर्ताहरु ठगिने गरेको बताउदै सम्वृद्धि लाइ सुभकामना दिएका थिए ।

त्यसै गरि मेट लाएफ़  इन्सुरेन्सका सीइयो निर्मल काजी श्रेष्ठले कुनै पनि ब्यबसाय खोलेर मात्र होइन त्यस लाई दिगो बनाउनु सक्नु पर्ने कुरामा जोड दिदै सम्बृद्धिमा दक्ष र अनुभबीहरुको टिम भएको र समयको माग बमोजिमको ब्यबसाय ल्याएकोले सफल हुने कुरामा ढुक्क हुदै सुभकामना दिएका थिए। कार्यक्रममा एनआरएन यूकेसँगै रियल स्टेट कारोबारसँग सम्बन्धित विभिन्न लब्ध प्रतिष्ठितहरुको उपस्थिति थियो । हाँस्य कलाकार जितु नेपाल र गायिका पार्वती राईको उपस्थितिले उद्घाटन समारोह आकर्षक बनेको थियो ।

अर्का बक्ता एनआरएन  आइसीसीका प्रतिनिधि मोहन गुरुङले सुभकामना दिदै आफु संग सुकला गण्डकी बिक्रीमा राखेको १६ रोपनी जग्गा बिक्रि गर्न सम्वृद्धि लाइ दिने घोसणा गरेका थिए ।

सुभकामना दिने क्रममा कन्चनजंघा हाउजिङका प्रमुख  सिब हरि दंगालले सरकारले बाधा अड्काउ फुकाई बाहिरबाट लगानी भित्र्याउने बाताबरण बनाइदिनु पर्यो ।नेपालमा १६००  भन्दा बढी रियल स्टेट कम्पनिहरु दर्ता भएता पनि रियल स्टेट एजेन्सीको मापदण्ड पुरा गरी काम गर्ने अति न्यून भएको कुरा खुलासा गर्नु हुदै कन्चनजंघा हाउजिङ सम्वृद्धि लाई आफ्नो बिक्रि साझेदार बनाउन इच्छुक रहेको जानकारी दिए।

उक्त समुद्घाटन कार्यक्रममा दक्षिण एसिया कै नमुनाको रुपमा करिब ८ अर्बको लागतमा पोखरा लेक साइटमा निर्माण हुन् लागेको' लेक भिउ रिसोर्ट अपार्टमेन्ट' का कार्यकारी प्रमुख बिमल बस्यालज्युले उक्त कम्पनीको बजार ब्यबस्थापन र बिक्रिको  जिम्मा सम्वृद्धिलाई दिएको प्रमाण पत्र प्रदान गर्दै  लेक भिउ रिसोर्ट अपार्टमेन्ट अन्तरास्ट्रिय स्तरको ठुलो संरचना भएकोले यसमा लगानी गर्दा लगानीकर्तालाई फाइदा हुने र पोखरामा पर्यटकको संख्यामा समेत बृध्दी  हुने कुरा बताए ।

उक्त कार्यक्रममा उक्त परियोजनाको भिडिओ समेत प्रस्तुत गरिएको थियो।

यसरि उद्घाटन कै दिनमा यति ठुलो परियोजना हात पारेको,कयौ डेभलोपरहरुले बोलाइ रहेको हुदा सम्वृद्धिको यात्रा सुखद रहने देखिएको छ ।घरजग्गाको सही मूल्यांकन, व्यवसायिक फोटोग्राफी, कुसल बजार ब्यबस्थापन  , व्यावसायिक मोलतोल, परामर्श र सरल प्रक्रियाबाट कारोबार गर्ने भएकाले कम्पनी प्रति व्यवसायीको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै सस्तो सेवाशुल्क, दक्ष र अनुभवी रियल्टर, प्रशस्त छनोट सुविधा, हाउजिङ लोनको व्यवस्थाका कारण पनि समृद्धिको कारोबार उल्लेख्य हुने विश्वास कम्पनी सम्बद्धहरुको छ ।

उक्त कार्यक्रममा कलाकार जितु नेपाल ,गायिका पार्वती राई ,नेपाली सेनाका सहायक रथी निरन्जन कुमार श्रेष्ठ ,

मेट लाइफ का सीइयो निर्मल काजी श्रेष्ठ ,राष्ट्रिय बाणिज्य बैंकका पुर्ब जेनेरल मेनेजर तथा अपि हाईड्रो पावर अध्यक्ष गुरु प्रसाद न्यौपाने ,कन्चनजंघा हाउजिङ का प्रमुख  सिब हरि दंगाल,यस के भेन्चरका सोह्यल कार्की ,एन आर एन आइ सी सी का मोहन गुरुङ ,एनसीआइ ग्रुपका एल एन पाण्डे ,घासिका अध्यक्ष माधब घिमिरे ,तिल बहादुर आले ,बिष्णु प्रजापति ,रोशन ठकुरी ,प्रसन्न धरेल ,भरत के सी ,अनिन्द्र श्रेष्ठ , एक दर्जन मिडियाका पत्रकार ज्यु लगायत रियल स्टेट कारोबारसँग सम्बन्धित  विभिन्न लब्ध प्रतिष्ठितहरुको उपस्थिति थियो ।

उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सामसुर्य तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रेडियो संचालिका सम्झना उप्रेतीले कार्यक्रम संचालन गरेकी थिइन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?