Wednesday September 28, 2022

आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजनलाई अप्रिला स्कुटर प्रदान

२१ फाल्गुन, २०७८ शितलपाटीन्यूज डटकम । 1243


आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजनलाई अप्रिला स्कुटर प्रदान

२० औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडी राजन गुरुङलाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ ।

आहाराराको नयाँ विजेता टोली एपिएफका राजन प्रतियोगितामा उत्कृष्ट घोषित भएका थिए । सिताज् लाइफ स्टाइलअन्तर्गत अप्रिलाका म्यानेजर आशीष श्रेष्ठले सो स्कुटर राजनलाई हस्तान्तरण गरेका हुन् । प्रतियोगिता आयोजक सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ९सुरज० ले ब्लु बुक प्रदान गरे । पुरस्कार ग्रहणपछि राजनले प्रसन्नता व्यक्त गरेका छन् ।

पोखरा रंगशालामा गत माघ ६ देखि १५ सम्म चलेको प्रतियोगिताको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै एफिएफले सहभागिताको १६ वर्षपछि उपाधि चुमेको थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?