Tuesday September 27, 2022

नेपाली सामुदायीक भबनको लागी म्याराथुनमा दौडंदै रेडिड्गका नेपाली धावकहरु

४ चैत्र, २०७८ शीतलपाटीन्युज डटकम। 1371


नेपाली सामुदायीक भबनको लागी म्याराथुनमा दौडंदै रेडिड्गका नेपाली धावकहरु

शीतलपाटीन्युड डटकम।

बेलायतको रेडिड्गमा रेडिड्ग हाफ म्याराथन आऊंदो ३ अप्रिलमा आयोजना गरिएको छ। ऊक्त म्याराथनमा संपुर्ण रेडिंगबासी नेपाली हरुको साझा संगठन जिआरएनसीएका पुर्ब सचिब तथा रेडिंग कप फुटबलका परिकल्पनाकारहरु मध्यका एक युवा खेलाडी प्रेम गुरुंग , बर्तमान सहकोषाध्यक्ष जगन्नाथ सापकोटा तथा कार्यसमिती सदस्य सुरेशजंग थापा लगायत समाजका महिला सदस्य द्वय धाविका म्यागी राना र रुकमनी थापाले पनि भाग लिने निर्णय गर्नुभएको कुरा समाजका अध्यक्ष टेक गुरुंगले सगौरब जानकारी गराऊनु भयको छ।  

रेडिंग बासी नेपालीहरुको लागी एउटा नेपालि कम्युनिटि हलको एकदमै आवश्यक परेको महसुस भएको र आफ्नै हल नहुंदा सानातिना बैठक,सम्मेलन,भेला,पार्टि,योगा,जुम्बा,बिभिन्न खेलकुद कक्षा,ट्युशन कक्षा,नृत्य कक्ष,पुजा पाठ,मृत्यु संस्कारहरू गर्नु पर्दा एकदमै समस्या भोगीरहेका छन्।यस प्रकारको भबन बिशेषत बृद्द बाबाआमा र बिभिन्न बर्ग तथा पेशामा आवद्ध समुदाय र युबा पिडिकोलागी लागी झनै आबस्यक रहेको छ। 

 

एक थुकी सुकि, सय थुकि नदि भनेझै यस पटकको रेडिड्ग म्याराथनमा रेडिङ बासि नेपालिहरूको साझा संस्था ग्रेटर रेडिड्ग नेपाली कम्युनिटी एसोसीयसनको सामुदायीक भबन खरिद भन्ने नाराका साथ सब‌ै जातजाति,भाषा धर्म,वर्ग समुदायहरूको प्रतिनिधित्व गर्दै औपचारिक रुपमा नै रेडिंग नेपाली समाजको तर्फबाट माथी उल्लेखीत पांचै जना धावकहरु आऊंदो ३ अप्रिलमा आयोजना गरिएको हाफ म्याराथन दौडमा  सहभागि हुंदै हुनुहुन्छ। उपरोक्त सहभागीता मार्फत रेडिग नेपीली समाजको सामुदायिक भबन खरिदको लागी आर्थीक सहयोग जुटाऊन यो म्याराथुन एऊटा कोसे ढुंगा साबित हुनेछ भन्ने कुरामा रेडिंग नेपाली समाज बिश्वस्थ रहेको छ। ऊक्त पबित्र कार्यमा बेलायतबासी सबै नेपालीहरुको सहयोग मिल्नेछ भन्ने कुरामा रेडिंग नेपाली समाज पुर्ण बिस्वस्थ रहेको छ। 

तसर्थ आआफ्नो गक्ष अनुसारको सहयोग गर्नुहुन जिआरएनसिएको तल ऊल्लेखित बैंक खातामा सिधै रकम जम्मा गरी अथबा online payment option Just Giving मार्फत तलको लिंक प्रयोग गर्नुहुन रेडिंग नेपावी समाजले सबैमा अपिल गर्दछ । 

साथै उक्त दिनमा रेडिंग नेपाली समाजको प्रतिनिधित्व गर्ने माथीका सबै पांचै जना धाबकहरुको हौसला बढाऊनको लागि सम्पूर्ण रेडिंगबासी दाजुभाइ,दिदीबहिनी, आमा बुवा तथा युवाबर्गलाई आआफ्नो अनुकूल पर्ने ठाउँमा ऊभिएर प्रोतसाहन पुर्बक ताली बजाऊंदै एैक्यबद्दता जनाई दिनुहुन पनि रेडिंग नेपाली समाजले हार्दिक बिनम्र अनुरोध गरेको कुरा संस्थाका महा सचिब  ओमकार अधिकारीले जानकारी दिनुभयको छ। सहयोग गर्ने सस्थाको बैंक खाता बिबरण यस प्रकार रहेको छ।

Name of the account holder :- GRNCA

AC:- 53802132

SC:- 20-65-20

 

ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसीयसन बेलायत सरकार अन्तर्गत च्यारीटी कमिसनमा दर्ता भएको संस्था हो। जस्को दर्ता नंबर Charity registration number- 1181709  रहेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?