५ चैत्र, २०७८
शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। नेपालको पहाडी र हिमाली क्षेत्रमा बिहीवार रङ्ग खेलेर मनाइँदै गरेको फागु पर्व अर्थात् होली तराईमा भने शुक्रवार मनाइँयो।त्यस्तैगरि बेलायतको अल्डरसटमा रहेको शिव मन्दिरमा पनि शुक्रवार साझ मनोरन्जनात्मक तबरबाट मनाईएको कुरा मनिदिरका अध्यक्ष बाचस्पति रेग्मीले बताउनु भयको छ।
मन्दिरका आचार्य पण्डित मधुसुदन सत्यालले मन्दिरमा पुजा आराधना, शान्तिबचन,भजन च्यान्टिड्ग,अभिषेक,धुप आरति र अग्नी बालेर कार्यक्रम भब्य गरिएको थियो। नेपालीहरु र भारतिय होली पर्व मनाउनेहरुको भिड रहेको सो कार्यक्रममा होली रंग लगाएर नाचगान गर्दै रमाईलो गरिएको थियो।
असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा मनाइने यो पर्वलाई विभिन्न स्थान र परिवेश विशेषमा फरकफरक नामले चिनिने संस्कृतिविद्को भनाइ छ। यो पर्वबारे पुराणहरू र प्राचीन संस्कृत साहित्यमा पनि उल्लेख भएको जानकारहरू बताउँछन्। तर होली पर्वका बेला विभिन्न खाले विकृति निम्तिएको र जबरजस्ती रङ्ग दलिदिने तथा लोला हान्ने प्रवृत्ति कायम रहेको भन्दै चिन्ता व्यक्त गर्नेहरू पनि पाइन्छन।नेपालको काठमाण्डू उपत्यकासहित देशैभरिका स्थानीय प्रशासनले सौहार्दपूर्ण रूपमा होली मनाउन आग्रह गर्दै कसैलाई अनावश्यक दु:ख दिइए कारबाही गर्ने चेतावनी दिएको समाचारहरु पाईन्छ।
हिजो मनाईएको शिव मन्दिर बेलायत अल्डरसटमा अध्यक्ष बाचस्पति रेग्मी, पेट्रोन एवम पुर्व अध्यक्ष रोहित गुरुड्ग, पेट्रोन एवम पुर्व अध्यक्ष सुनित जैन,पेट्रोन एवम काउन्सीलर जीव नारायण बेलवासे,पेट्रोन पुरण गिरी,पेट्रोन डा बिनोद कुमार,महासचिव तानिया जैन,ट्रस्टी सुस्मा गुरुड्ग,सचिव हरि भट्टराई, कोषाध्यक्ष निरज शर्मा लगायत नेपाली र भारतिय नागरिकले मनाएको हो।यो कार्यक्रमले सामाजीक एकता बढ्ने र असत्य माथि सत्यको बिजय भयको महसुस गरिएको छ।
Posted by Shiva Cultural & Community Centre UK on Friday, March 18, 2022