Friday April 10, 2020

विभागको अनुगमन बल्खु तरकारी बजारमा , अधिकांश पसल अवैध

११ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1305



शीतलपाटीन्युज डटकम, ,काठमाडौं । बल्खु तरकारी तथा फलफूल बजारका अधिकांश पसल अवैध रुपमा सञ्चालन रहेको पाइएको छ । प्यान दर्ता गरेर पसल सञ्चालन गर्नुपर्ने भए पनि अधिकांश पसल विना दर्ता सञ्चालन गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकाे अनुगमनका क्रममा खुलेकाे हाे ।

विभागका निरीक्षण अधिकृत दीपक पोखरेलले अनुगमनका क्रममा अधिकांश पसल प्यान दर्ता बिनै सञ्चालन गरेको पाइएकाे जानकारी दिए । किसानसँग तरकारी खरिद गरेकाे मूल्य समेत व्यापारीले उल्लेख नगरेकाे पाइएकाे छ ।

प्यान दर्ताविनै पसल सञ्चालन तथा मूल्य नखुलाइ तरकारी बिक्री गरेकाे भेटेपछि विभागले व्यापारीसँगै बल्खु तरकारी तथा फलफूल बजार कम्पनीका सञ्चालकलाई  भाेलि छलफलका लागि बोलाएको छ ।

‘अधिकांश व्यापारीहरुले पसल सञ्चालनमा लापरबाही गरेको भेटिएपछि हामीले व्यापारी तथा कम्पनीका सञ्चालकहरुलाई छलफलका लागि विभागमा बोलाएका छौं’, पोखरेलले भने । बल्खु कृषि तथा तरकारी बजार कम्पनीका सञ्चालक माेहन बस्नेतले पनि तरकारी पसलहरु प्यानमा दर्ता नरहेकाे पुष्टी गरे । ‘अधिका‌ंशले वडा कार्यालयमा दर्ता गरिरसक्नु भएकाे, उनले भने, प्यानमा दर्ताका लागि प्रक्रियामा छाैं ।’

अनुगमन टाेली फर्किएलगत्तै व्यवसायीलाइ बाेलाएर तत्काल प्यान दर्ता गर्न भनेकाे उनले दाबी गरे । बल्खु तरकारी बजारमा २ सय ७५ वटा पसल छन्, जसमध्ये ९८ प्रतिशत पसल प्यानमा दर्ता छैनन् । साथै एउटै तरकारीकाे विक्रि दर पनि पसलैपिच्छे फरक फरक पाइएकाे छ ।

अवरोध गर्न खोज्ने १ पक्राउ

अनुगमनका लागि गएको सरकारी टोलीलाई अवरोध गर्न खोज्ने १ जनालाई प्रहरीले पक्रेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा सोमबार बिहान गएको अनुगमन टोलीलाई अवरोध गर्न खोज्ने रवि साहलाई कालीमाटी प्रहरीले पक्रेको हो । पक्राउ परेका साहलाई कालीमाटी प्रहरीमा राखिएको छ ।

विभागका निरीक्षण अधिकृत दीपक पोखरेलले अनुगमनमा गएको टोलीलाई १ व्यापारीले मात्रै अवरोध प्रयास गरेको र उनलाई प्रहरीको जिम्मा लगाइएको जानकारी दिए ।

यसअघि कालीमाटी तरकारी बजारको अनुगमनका लागि पुगेको विभागको टोलीलाई त्यहाँका व्यापारीहरुले अवरोध गर्दै रोकेका थिए ।

यसैबीच, विभागले कालीमाटी तरकारी बजारको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा कालीमाटीमा तरकारीको भाउ केही घटेको पाइएको पोखरेलले जानकारी दिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?