Saturday July 02, 2022

नेपाली नयाँ बर्षमा स्वास्थ्य चेतना फैलाउँदै बेलायतमा दौड

१४ चैत्र, २०७८ शीतलपाटीन्युज डटकम। 1576


नेपाली नयाँ बर्षमा स्वास्थ्य चेतना फैलाउँदै  बेलायतमा दौड

लण्डन , जीएनएन —  नेपाली नयाँ बर्ष २०७९ को उपलक्षमा  आगामी अप्रिल १७ तारिक आइतवारका दिन बेलायतमा दौड़ आयोजना हुने भएको छ। 

स्थानीय समुदायलाई स्वास्थ्य रहन साथै शारीरिक तंदुरुस्ती र  दौड लाई प्रोत्साहन गर्ने उदेश्यले हुने  उक्त   कार्यक्रम वार मेमोरियल पार्क बेजिंगस्टकमा हुने  भएको छ । दौड मार्फत उठेको रक़म नेपालमा पनि दौड संस्कार प्रबर्धन गर्न सहयोग गर्ने बताइएको छ। 

नेपाल रन यूकेको संयोजन तथा पोखरा अन्तरास्ट्रिय म्याराथनलाई प्रबर्धन गर्दै आएको पोखरेली मंच र बेइजिंग स्टक नेपाली समाजको आयोजनामा हुन गैरहेको छ। पिपल मोर्गेजको मुख्य प्रायोजन रहेको पिपल नेपाल रन ५ किमी र बालबालिकाको लागी २ किमी हुने छ । 

कार्यक्रममा भाग लिन अनलाइन दर्ता भएर ५ किमी दूरी पार गर्नेले टीसर्ट र मेडल प्राप्त गर्नेछ । दर्ताका लागी बयस्क हरूलाई  १५ पाउण्ड शुल्क लाग्ने छ भने १३ बर्ष मुनीका बालबालि हरूका लागी ७ पाउण्ड लाग्ने छ । 

कार्यक्रम मार्फत जुटेको सहयोग शारीरिक तंदुरुस्ती र स्वास्थ्य जिवनको प्रबर्धन गर्ने उदेश्य सहित पोखरा र धरानमा हरेक बर्ष आयोजना हुने पोखरा अन्तराष्ट्रिय म्याराथन र धरान रन साथै बेलायतको डोम क्याफ़े नामको च्यारिटी संस्थालाई जाने बताईएको छ। 

 दौडमा दर्ता गर्न निम्न लिंकमा जान सकिने आयोजकले बताएका छन ।  https://nepalrun.org/peepal-nepal-run-uk



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?