Saturday July 02, 2022

सिम्मी पुन प्रतिभा नक्षत्र बेलायतको अध्यक्षमा तेश्रो पटक निर्वाचित

२३ चैत्र, २०७८ शीतलपाटीन्युज डटकम। 1702


सिम्मी पुन प्रतिभा नक्षत्र बेलायतको अध्यक्षमा तेश्रो पटक निर्वाचित

शीतलपाटीन्युज डटकम।

लण्डन। सिम्मी पुन प्रतिभा नक्षत्र बेलायतको अध्यक्ष पदमा पुन चयन भएकी छिन्। भर्खरै भयको संस्थाको दोस्रो महाधिवेशनले सिम्मी पुन कै अघ्यक्षतामा नयाँ कार्यसमिति चयन भयको हो। बेलायतमा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल रही सामाजिक अभियान्ताको परिचय बनाएकी निर्वाचित समितिकी अध्यक्ष सिम्मी चर्चित मोडल हुन्। उनले केही चर्चित भिडियो तथा विज्ञापनहरुमा मोडलको रुपमा काम गरेकी छिन्। बेलायतमा रहेर पनि उनको कलाकारिता र सामाजिक क्षेत्रको क्रियाशिलता अझै सक्रियताका साथ छ।

हालै सम्पन्न अधिवेशले उपाध्यक्षमा द्वय लक्ष्मण गुरुङ,लिलादेवि गुरुङ, महासचिवमा निकोलस अलेखजेन्डर हाडजियानिस,सह महासचिवमा सन्तोष कार्की,कोषाध्यक्षमा बिजया दाहाल भण्डारी साथै सदस्यहरुमा सूर्य बिक्रम केसी,मेरिना श्रेष्ठ,राजेन्द्र खस,मिली राई,बसन्ती राना,गहेन्द्रमान श्रेष्ठ,दिर्घ केसी,रेशम बस्याल र प्रमोद अधिकारीलाई चयन गरेको छ। केहि रिक्त रहेका पदहरु भने पछि मनोनयन गर्ने बताईएको छ। निर्वाचन समितिका पदाधिकारीहरु हरिकुमार मल्ल, प्रसिद्ध प्रधान र श्रीभक्त खनालले सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीको घोषणा गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ गायिका मिरा राणा र बिशेष अतिथी बरिष्ठ गायक किरण प्रधान जुममार्फत सहभागी भएका थिए। सो अवसरमा संस्थाका प्रमुख संरक्षक मनिष कुमार श्रेष्ठले प्रतिभा नक्षत्रको उद्धेश्य तथा संस्थाले गरेका कार्यहरुका बारेमा प्रष्टाएका थिए ।

सन २०१७ देखि बेलायतमा क्रियाशिल प्रतिभा नक्षत्रले नेपाली भाषा,मौलिक कला-संस्कृति,साहित्य संगीतको प्रवद्धन गर्न विभिन्न कार्यक्रहरु सञ्चालन गर्दै आइरहेको छ।अब लगत्तै योगा,शारीरिक व्यायाम कार्यक्रम र बालबालिका लक्षित अन्य कार्यक्रम पनि गर्न लागिएको बताईएको छ। पुन निर्वाचित अध्यक्ष पुनले कार्यक्रमहरु शसक्त बनाएर लैजान आफु सक्रिय रहेको र समाजबाट सकारात्मक सहयोगको आसा राख्नु भयको बताउनु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?