११ भाद्र, २०७५
शीतलपाटीन्युज डटकम,काठमाडौं ।
‘हिमालय ब्युटी पेजेण्ट २०१८’को उपाधि सुजाता देउजाले हात पारेकी छिन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाँचघरमा सम्पन्न उक्त प्रतियोगीतामा अन्जन ज्योति फस्ट रनर अप, बिमिता खत्री सेकेन्ड रनरअप त्यसैगरी अनिशा घिसिङ थर्ड रनरअप बन्न सफल भए । प्रतिस्पर्धि युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाई अझ मजबुत बनाइ उनीहरुको आत्मबललाई उजागर गराउने कार्य गरेको आयोजक सस्थाको अध्यक्ष अप्सना राई बताउछिन् । हिमालय ब्युटी पेजेण्ट २०१८ को निर्णायकमा बरिष्ट गायक आनन्द कार्की, संचारकर्मी सुर्य चन्द, चर्चित अभिनेता प्रदीप खड्का, संचारकर्मी राजेन्द्र लुइटेल,सौन्दर्य ब्यबसायी टेक राज पाण्डे, लेक्चरर ज्योत्सना राजभण्डारी, गायिका बसन्ता प्रकृति, सर्ब प्रतिक श्रेष्ठ थिए । उक्त प्रतियोगिताको कोरियोग्राफि अन्जला नकर्मी श्रेष्ठले गरेकी थिइन् भने उक्त प्रतियोगिताको उद्घोषकमा चर्चित कोरियोग्राफर तथा उद्घोषक आस्विनी झाले गरेका थिए ।