Thursday June 01, 2023

बेलायती महारानीको प्लाटिनम एनिभर्सरीमा स्वीण्डनका नेपालीले रोपेको फूल फुल्यो

१० बैशाख, २०७९ शीतलपाटीन्युज डटकम। 2572


बेलायती महारानीको प्लाटिनम एनिभर्सरीमा स्वीण्डनका नेपालीले रोपेको फूल फुल्यो

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायती महारानी एलिजावेथ द्धितियाले राजगद्धी सम्हालेको ७० वर्ष पुगेको उपलक्ष्यमा बेलायतको स्वीन्डनवासी नेपालीहरुले रोपेको फूल हराभरा फुलेको पाईएको छ। महारानीको प्लाटिनम जुब्ली एनभिर्सरीको खुशीयालीमा वेस्ट स्वीन्डनको वेस्टली पार्कमा टुलिप फूल फुलेको र सो फुल हराभरा भएर फुल्दा रोप्ने नेपालीहरु खुसी भयको कुरा विल्सायर नेपाली समाजका अध्यक्ष ज्ञान प्रसाद गुरुड्गले हामीलाई जानकारी दिनु भयको छ।

नेप्लिज एशोसिएसन अफ वील्शायरको आयोजनामा गत शनिबार र आइतबारका दिन सो गार्डेनमा अवलोकन गर्दा करिब ४ हजार फूल रोपिएकोमा सबै फुल फुलेर उत्कृष्ट देखिएको र सो इलाका सुन्दर देखिएको कुरा एशोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले जानकारी दिनु भयको छ। उक्त अवसरमा अवलोकन गर्दा सो क्षेत्रबाट बेलायती संसदमा प्रतिनिधित्व गर्ने सांसद एवम् पूर्वमन्त्री रोबर्ट बकल्याण्ड सहभागी भयको,स्थानीय पेरिस बरो काउन्सिल समेतको सहकार्यमा गरिएको कार्यक्रममा काउन्सिलर सुरेश गट्टपुरका साथै एशोसिएसनका सल्लाहकारहरु क्याप्टेन आइतराम गुरुङ,रणबहादुर गुरुङसहित एशोसिएसनका सदस्यहरुको पनि सहभागिता रहेको थियो।


इंग्ल्याण्डकै झण्डाजस्तै देखिने गरी सेतो र रातो रंगका फूलहरु रोपिएको र फूलहरु आगामी अहिले फुलेर महारानीले राजगद्धि सम्हालेको ७० औं वर्ष पुग्दा फक्रिएकोमा खुसी ब्यक्त गरिएको थियो।

एशोसिएसनले ५ हजार फूलका बिउ रोप्ने लक्ष्य अनुसार रोपेको र  आसा गरे अनुसार इड्लैण्डको झण्डा जस्तै देखिएकोमा सबैले तारिफ गरेको कुरा अध्यक्ष गुरुङले जानकारी गराउनु भयको छ। फूल रोप्ने बेलामा सहभागीहरुलाई अध्यक्ष गुरुङले आफ्नो खर्चमा चियाखाजाको प्रबन्ध मिलाउनु भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?