Monday November 28, 2022

तमु धिं नेपाललाई एनआरएन महिला सचिव राधिका(टिका) गुरुङको सहयोग

१५ बैशाख, २०७९ शितलपाटीन्यूज डटकम । 2252


तमु धिं नेपाललाई एनआरएन महिला सचिव राधिका(टिका) गुरुङको सहयोग

पोखरा । गैर आवाशिय नेपाली संघ अन्र्तराष्ट्रिय समव्यय समिति महिला सचिव राधिका(टिका)गुरुङले तमु धिं नेपाललाई भवन निर्माणका लागि रकम र मास्क सहयोग गर्नुभएको छ । 

गैर आवाशिय नेपाली संघ हङकङकी निवर्तमान अध्यक्ष, सफल व्यवसायी एवम बरिष्ठ समाजसेवी गुरुङले तमु धिं नेपालमा निर्माणाधिन भवन एवम भौतिक निर्माणका लागि एक लाख रुपैया र गैर आवाशिय नेपाली संघ हङकङको तर्फबाट ९ हजार पिस मास्क तमु धिं नेपाललाई सहयोग गर्नुभएको हो ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विहिवारगैर आवाशिय नेपाली संघ अन्र्तराष्ट्रिय महिला सचिव राधिका(टिका)गुरुङले तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई रकम र मास्क हस्तान्तरण गर्नुभएको हो।

एनआरएन अन्र्तराष्टिय समन्वय समिति महिला सचिव गुरुङले सहयोग हस्तान्तरण गर्नुहुदै तमुहरुको अग्रणी पुरानो सामाजिक संस्था तमु धिं नेपालमा भवन निर्माण, संग्राहलय लगायतका निर्माण कार्य जारी रहेको अवस्थामा आफ्नो तर्फबाट सहयोग गर्न पाएको खुशी व्यक्त गर्नुभयो। यसरी नै एनआरएन हङकङको निवर्तमान अध्यक्ष समेत रहनुभएकी गुरुङले संस्थाको तर्फबाट मास्क सहयोग गर्नुभएको हो। कोरोनाको महामारीको अवस्थादेखि हालसम्म एनआरएन हङकङले नेपाल सकार,प्रदेश सरकार, स्थानिय तह लगायत देशैभरका धेरै संस्थालाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको छ।

सहयोग ग्रहण गर्दै सामुदायिक संस्थाको विकासका लागि सहयोग, संस्थाका सदस्यहरु एवम कार्यक्रममा सहभागीहरुका निम्ती मास्क सहयोगका लागि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले धन्यवादसहित सहयोगदाता गुरुङको हङकङको लागि सुखद यात्राको शुभकामना व्यक्त गर्नुभएको थियो। 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?