२८ बैशाख, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालको सबैभन्दा ठुलो वाम पार्टी हार्दा वाम आन्दोलनले नै हार्ने बताउंदै सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेका उम्मेद्वारहरूलाई विजयी गराउन आम मतदातामा अपिल गरेका छन् ।
पुडासैनीले मंगलबार राती एक अपिल जारी गर्दै नेताहरूले गौँडागौँडामा गरेका गलत निर्णय र आत्मकेन्द्रित व्यवहारको सजाय स्थानीय स्तरमा पार्टीप्रति बफादार नेता कार्यकर्तालाई दिन नहुने भन्दै अपिल गरेका छन।
अपिल:
नेकपा एमाले धेरै नेता कार्यकर्ता र लाखौँ जनताको जीवन र जनजीविकासँग जोडिएको पार्टी हो। त्यसो हुँदा नेताहरूले गौँडागौँडामा गरेका गलत निर्णय र आत्मकेन्द्रित व्यवहारको सजाय स्थानीय स्तरमा पार्टीप्रति बफादार भई उर्जाशिल समय पार्टीप्रति समर्पण गरेका असल, इमान्दार,मेहनती र समाज परिवर्तनका वाहक नेता र कार्यकर्तालाई दिइनु हुँदैन। एमालेमा नेताको चाकडी बजाउने वा गुट पोषक केही अपवादबाहेक धेरै ठूलो संख्यामा नेता-कार्यकर्ताहरू आम रूपमा इमान्दार नै छन्।
केही समय अगाडि मात्र पार्टीले समग्र बाम आन्दोलनको नेतृत्व गर्ने अवसर गुमाएका कारण धेरै नेता-कार्यकर्ताको भावनामा परेको गहिरो दुस्प्रभावको घाउ आलै छ। तर यति बृहत् संजाल र जनमत भएको यो पार्टी जिवन्त रहेन वा निर्मलिकरण हुन सकेन भने ठुलो संघर्षमार्फत स्थापित संविधान र हाम्रा अन्य लोकतान्त्रिक उपलब्धि समेत संकटमा पर्ने निश्चित छ। स्थानीय तहको निर्वाचनपछि पनि यस पार्टी र समग्र बाम आन्दोलनको उन्ननयन र सरोकारका बारेमा वहस र छलफल गर्दै गरौँला।
अर्को कुरा नेपालको सबैभन्दा ठुलो वाम पार्टी हार्दा वाम आन्दोलनले नै हार्नेछ। अत: तत्कालका लागि बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले) का उम्मेद्वारहरूलाई विजयी गराउन आम मतदातामा हार्दिक अपिल गर्दछु।
धन्यवाद !
राजेन्द्र पुडासैनी
अध्यक्ष
प्रवासी नेपाली मंच, यूके
cialis o levitra levitra max dose https://glevitrargu.com/
cialis for bph dosage all cialis drug original prices https://dccialisxvf.com/
????????? ??? ?????? ? ????????????? ????????? ???? ????????????? ???? ?????????? ???? gswxvefyqg http://www.g7c4792392wv426s2nc5wxjity1kk4y0s.org/ agswxvefyqg [url=http://www.g7c4792392wv426s2nc5wxjity1kk4y0s.org/]ugswxvefyqg[/url]
Hot Dip Gegalvaniseerd Staal Strip https://gfgr5.shiga-saku.net/ 4 Inch Canless LED Downlight
Water Sports Products ??? ??? ??????? ??????? http://bvnvbn.ffsagami.com/
AC Work Light 1 Peace Oxygen Concentrator https://uyojhj.exblog.jp/
X455 3 In 1 Magnetic Wireless Charger Fly Screen Roll http://hngfhfge.jugem.jp/
Video Wall For Sale https://v9nc6.youblog.jp/ Portable Rechargeable Work Light
Anbnbeima
sildenafil citrate 100 sildenafil on empty stomach https://sildenafilkiol.com/