११ भाद्र, २०७५
शीतलपाटीन्युज डटकम।
ग्रेटर रीडीड्ग नेप्लीज कम्युनिटी एसोसीयसन(GRNCA) द्वारा यहि २५ अगस्तमा पाल्मर पार्कमा आयोजित १२ औ रीडीड्ग कप एेतिहाँसिक रुपमा भब्यताका साथ सफलता पुर्बक सम्पन्न भएको छ ।
यसपालीको रीडीड्ग कप फुटवल टुर्ना मैन्टमा बेलायतको बिभिन्न ठाऊँबाट आएका २४ वटा टिमको सहभागिता रहेको थियो । १६ वटा टिमहरु रहेको प्रमुख समुहमा बिजेताको ताज मंगोलीयन भान्जा (MBZ) ले पहिरिन सफल भयो भने रनर अपमा जीग्गी ब्वाइजले हात पार्न सफल रह्यो ।
जीतेर प्रथम MBZ ले £१६०० पाउण्ड नगद पुरस्कारका साथ ट्रफि हात पार्न सफल रह्यो भने रनर अपमा Jiggy Bulls ले £१००० पाउण्ड नगदका साथ ट्रफि हात पार्न सफल रह्यो । उपरोक्त समुहमा Jiggy Bulls का सुरज थापा मगरले सबोत्कृट खेलाडिको पुरस्कार प्राप्त गरे भने MBZ का ईदान राईले सबै भन्दा बढि गोल हान्ने खेलाडिको रुपमा गोल्डेन बुटको पुरस्कार हात पार्न सफल भए ।
यसैगरी जम्मा ६ वटा टिम रहेको भेट्रानतर्फ BBC ( Brigade boys Club ) बिजय बन्दै £१००० पाउण्ड नगद पुरस्कारका साथै ट्रफि प्राप्त गर्न सफल रह्यो भने रनर अपमा QAFC ( Queens Avenue Football Club ) ले £500 नगद पुरस्कारमा चित्त बुझाऊनु पर्यो । उपरोक्त समुहमा BBC का सुरज गुरुंग सबोत्कृष्ट खेलाडि र BBC कै मिलन राई सर्वोत्तम गोल गर्ने खेलाडि घोषित हुँदै पुरस्कार हात पारे ।
सन् २००७ साल देखी शुरु भएको रेडिंग कप नेपाली समाजले हरेक बर्ष आयोजना गर्दै आएको छ र ऊक्त टुरनामेन्ट भित्रका अन्य आकर्षण हरुमा नेपाली स्वयं सेबक स्बास्थ्य कर्मिहरु द्वारा निशुल्क स्वास्थ्य प्रशिक्षण , बिभिन्न नेपाली परिकारका खाना पिना तथा नेपाली पहिचानका सामाग्रिको प्रदर्शन र भाग्योदय चिठ्टा (Raffle draw )प्रमुख थिए जस्ले गर्दा यो एऊटा मिनी नेपाली मेलाको रुपमा परिणत भए झैं देख्न सकिन्थ्यो ।
उपाध्यक्ष सुसिला गुरूंग र सल्लाहकार ढक गुरुंगले स्वंयसेबक हरुलाई बिहानको खाजाको सौजन्य गर्दै बितरणको ब्यबस्था गर्नु भएको थियो भने सल्लाहकार अर्जुन बस्नेतको नेतृत्वमा रेडिंग आमा समुहकी अध्यक्ष चन्द्रा पुन , GRNCA ऊपाध्य़क्ष दिपक गुरूंग लगायतको सहयोगमा दिन भर नै नेपाली परिकारका खानाको ब्यबस्थापन गरिएको थियो ।
सल्लाहकार रामेश्वर थापा र साथिहरुको सकृयतामा भएको राफल ड्र् ले अदभुत रूपमा मनोरन्जन दिनुका साथै राम्रो आय आर्जन गर्न समेत गर्न सफल रह्यो।
त्यस्तै संस्थाका कोषाध्यक्ष टेक गुरुंग , सह कोषाध्यक्ष चेत रेगामी , सचिब ईमान सिंग राई लगाएत कार्यसमिति सदस्यहरु होम राना , तुल बहादुर गुरुंग , सिद्धान्त घिमिरे , कल्पना पण्डित , सरोज थापा ,करुण अधिकारी र बिक्रम श्रेष्ठको सक्रिय सहभागिता र संयोजककारी भुमिका रहेको थियो ।
स्थानीय स्वास्थ्यकर्मि शुभाष दाहाल, नानु दाहाल र यशोदा कार्कीको हेल्थ चेकको मोर्चा अत्यन्तै प्रंशशनीय रह्यो ।सल्लाहकार द्वय क्याप्नेट सि बि पुन र चन्द्रमान गुरुंगको सेक्युरिटी ब्यबस्थापनले कार्यक्रमको सौहार्दतामा थप योगदान गर्न सफल भएको महसुस गर्न सकिन्थ्यो । उपाध्यक्ष भिमसेन खड्काको संयोजनमा परिचालीत स्वयंसेवक महानुभावहरुको योगदान ज़्यादै प्रशंसनीय रह्यो। त्यस्तै उपाध्यक्ष धन बहादुर रानामगरको संयोजकत्वमा संचालित प्राबिधिक टोलीमा प्रेम गुरूंग , भरत पौड्याल र प्रभात अधिकारीको टोलीले दिनभर खेलको ब्यबस्थापन र संयोजन गरेको थियो ।
कन्ट्रोल टेन्टमा महासचिव ओमकार अधिकारिको साथमा सल्लाहकार नारद भण्डारी , क्षेत्री समाज बेलायतका महासचिव कुमार के सि ,ऊपाध्यक्ष प्रतिमा केसीको अभुतपुर्ब योगदान रहेको थियो ।
पत्रकार रमेश कायस्थ , मनि सुबेदी ,सुबिन गुरुंग ,गोबिन्द अर्मजा र बिशान गुरुंग लगायतका फ़ोटोग्राफ़रहरूको लगातार कभरेजले टुर्नामेन्टमा एक उचाई थपेको महसुस हुन्थ्यो ।
बिहान दश बजेनै शुरु भएको उपरोक्त खेलको उद्घाटन गैर आबासिय नेपाली सँघ बेलायतका बरिष्ट नेता तथा समाजसेवी बि़श्व आदर्श पण्डित र उपाध्यक्ष पुनम गुरूंगले संयुक्त रुपमा गर्नुभयो भने बेलुका आठ बजे पुरस्कार बितरण समारोहमा रेडिंग मेयर काऊन्सिलर Debs Edwards प्रमुख अतिथीको रुपमा उपस्थित हुनुभएको थियो । यसैगरी ऊक्त समारोहमा ग़ैर आबासिय नेपाली संघठन बेलायतका अध्यक्ष योग कुमार फगामी र पुर्ब उपाध्यक्ष हिराधन राई लगाएत GRNCA पूर्ब अध्यक्षहरु अर्जुन बस्नेत , कीर्ति बिलास पन्त,मान बहादुर गुरुंग र GRNCA सल्लाहकारहरु तथा सौजन्यकर्ताहरुको पनी उपस्थिती थियो।
पुरस्कार बितरण कार्यक्रमको अन्त्यमा रेडिंग मेयरले छोटो मन्तब्य ब्यक्त गर्दै रेडिंग नेपाली समाजले आयोजना गरेको उक्त खेलमा आँफु पनी उपस्थित हुँदै खेल हेर्न पाएकोमा र पुरस्कार बितरण गर्ने मौका पाएकोमा प्रसन्नता ब्यक्त गर्दै रेडिंग नेपाली समाज र संबन्धित सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो । कार्यक्रमको अन्तिममा रेडिंग नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले बाह्रौ रेडिंग कप सफलता पुर्बक सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै सफल पार्न योगदान गर्ने स्वंयसेबक , सौजन्यदाताहरु , खेलाडि ,दर्शक र शुभचिन्तक सबैलाई धन्यबाद ज्ञापन गर्दै औपचारिक रुपमा रेडिंग कप २०१८ समापन भएको घोषणा गर्नु भयो ।
GENCA द्वारा आयोजित ऊक्त बाह्रौ रेडिंग कपको संयोजन संस्थाका ऊपाध्यक्ष यादब श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संचालन महासचिव ओमकार अधिकारीले गर्नु भयको थियो।