Wednesday March 22, 2023

किरात राई हाउस ग्याम्बल्स लेन आउदै गरेको अध्यक्ष दिवस राईको भ्रमणको सशक्त प्रतिकार गर्न अपिल

२८ बैशाख, २०७९ शीतलपाटीन्युज डटकम। 3923


किरात राई हाउस ग्याम्बल्स लेन आउदै गरेको अध्यक्ष दिवस राईको भ्रमणको सशक्त प्रतिकार गर्न अपिल

शीतलपाटीन्युज डटकम।

लण्डन। ३ मई २०२२ का दिन यूटयूब सिलिचुब अनलाईन टिभीमा अपलोड गरी विभिन्न सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिएको किरात राई यायोक्खा नेपालको केन्द्रीय अध्यक्ष श्री दिवस राई ज्युको भिडियो सन्देशले किरात राई यायोक्खा बेलायतको गम्भिर ध्यानाकर्षण गराएको समाचार प्राप्त भयको छ । 

उक्त भिडियो सन्देशमा अध्यक्ष दिवस राईज्युले जानजान,किरात राई यायोक्खा बेलायतको वर्तमान अवस्थालाई पूर्ण बेवास्ता तथा अन्देखा गर्नु भएको छ। आफु बेलायत भ्रमणमा आउन लागेको सन्देश दिन सार्वजनिक गरिएको उक्त भिडियो सन्देशमा वहाँले,आउदो १६ मे २०२२ का दिन किरात राई हाउस ग्याम्बल्स लेन वकिब,इङ्गल्याण्डमा अवस्थित विवादित चुलाको पूजालाई आफ्नो भ्रमणकै उल्लेखनीय घटनाका रुपमा हाइलाईट गर्नु भएको खवर छ। बेलायतबासी किरात राईहरुको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायत आन्तरिक द्वन्द्वमा फसिरहेको अवस्थामा अपेक्षित सकरात्मक पहल तथा सन्तुलित अभिभावकत्व प्रदान गर्नुको सट्टा एकपक्षिय ढंगले पटक–पटक प्रहार गरी अन्तमा संस्थालाई सम्बन्ध विच्छेदको अवस्थामा पु-याउने अध्यक्ष दिवस राईबाट पुनः यस प्रकारको प्रायोजित अभिब्यक्ति आउनु कुनै अनौठौ घटना नभए पनि यो संगठित प्रचारको खण्डन गर्न बाध्य भएका छौं।

बेलायबासी किरात राईहरु विच आपसमा घृणा र उत्तेजना फैलाउने,टकराव निम्त्याउदै विभाजनलाई गहि-याउने साथै किरात राई यायोक्खा बेलायतको मिति २१ मे २०२२ मा आयोजित साकेला उभौलीलाई समेत प्रभावित तुल्याउने गरी आएको अध्यक्षको यस गैर जिम्मेवार अभिब्यक्तिको जतिनै भत्र्सना गरे पनि कम हुन्छ भन्दै एउटै जातिको संस्था भित्र भैरहेको विभेद, अनि विभेदलाई संस्थागत गर्ने उदेस्यले,उच्च प्राथमिकताका साथ कथित सामुहिक चुला पूजामा सहभागि हुन मिति १६ मे २०२२ को दिन किरात राई हाउस ग्याम्बल्स लेन आउदै गरेको अध्यक्ष दिवस राईको भ्रमणको सशक्त प्रतिकार गर्न, विरोधका सबै प्रकृतिमा सामेल हुन साथै आईपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन बेलायतबासी बहुभाषिक सम्पूर्ण किरात राईहरुमा हार्दिक अपील गर्दछौं भन्दै किराया बेलायतका महासचिव चन्द्रवती राई र अध्यक्ष चन्द्र बहादुर राईले बिज्ञप्ति पठाउनु भयको छ।

अपिल-



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?