२९ बैशाख, २०७९
पोखरा । उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उमा कुङफु टोली इङल्यान्ड जाने भएको छ ।
मार्सल आर्ट्का विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ । त्यसमा २ पुरुष खेलाडीले उमा कुङफुमा नेपालको चुनौती प्रस्तुत गर्ने भएका हुन् । प्रतियोगितामा सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा आफ्नो कौशल प्रदर्शन गर्ने छन् । सञ्जयले अस्ट्रियामा भएको वर्ल्ड च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए ।
अफिसियल तथा जजका रुपमा नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा टोलीसंगै इङल्यान्ड जाँदै छन् । अन्तर्राष्ट्रिय निर्णायक लामाले डेन्मार्क, जर्मनी, थाइल्यान्ड, अमेरिकालगायतका राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसकेका छन् । लामाले तयारी राम्रो भएकाले खेलाडीले तीनै स्पर्धामा स्वर्ण जित्ने अपेक्षा गरिएको बताए ।
भूपेन्द्र शुक्रबार जाने छन् भने बाँकी टोली शनिबार उड्ने कार्यक्रम छ । टोलीलाई नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, सचिव रमेश महर्जन तथा सदस्यत्रय अशोक केसी, गुना गुरुङ र कमल मगरले बिहीबार आयोजित एक कार्यक्रमकाबीच बिदाइ गरे ।
Steel Wire for Optical Cable https://rte4gd.exblog.jp/ Corrugated Cake Box
https://oiutyh8.exblog.jp/ Fiberglass Repair Tape 50W Laser Deep Engraving Machine
Ptc Carbon Floor Heating Film https://ad9k8.teamblog.jp/ Hanging Type Dried Rice Slice Noodles Production Line
https://hgfhk4524.fukuwarai.net/ Aerial Platform Fire Truck Afforestation by Auger
https://gfjkfg.ko-co.jp/ Sodium Sulphide 60% 2021 chinese tradition calendar custom printing Pattern logo advertising wall calendar
Pulping Equipment https://gdhjr.tou3.com/ Hospital Furniture Five Functions Adjustable Electric ICU Medical Bed
Mini Dc Refrigeration Compressor Hand Paper http://dfgert.ffsagami.com/
http://rtad5.ffsagami.com/ 20W Rechargeable Work Light Multi-Element Weather Station
Folding Desk Table Electric Intelligent High Pressure Globe Valve https://iopuyio.bangalog.com/
Daf-Maschine https://xc5ff.blogstation.jp/ Multifunctional Camping Light
vommeeiwic
?????? ??? ????? ???? ????????? ???? vommeeiwic http://www.gdp95s9qv79kf0get8714621slq3n35is.org/ [url=http://www.gdp95s9qv79kf0get8714621slq3n35is.org/]uvommeeiwic[/url] avommeeiwic