Saturday July 02, 2022

बेक्स्ली काउन्सिलको “आउटस्टाडिड्ग एचिभमेन्ट अवार्ड” द्वारा बेक्स्ली नेपाली समाज सम्मानित

१ जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 1543


बेक्स्ली काउन्सिलको “आउटस्टाडिड्ग एचिभमेन्ट अवार्ड” द्वारा बेक्स्ली नेपाली समाज सम्मानित

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतमा खुलेका धेरै नेपाली संस्थाहरु मध्ये समाजमा उल्लेखनिय काम र सहयोग गरे वापत बेक्सले नेपाली समुदायलाई बेक्स्ली काउन्सीलद्वारा “आउटस्टान्डिड्ग एचिभमेन्ट अवार्ड २०२२” नागरिक सम्मान गरियो। बेक्सले नेपाली समुदायलाई शनिबार १४ मे २०२२ मा Bexley civic office मा बेक्सले बरोका मेयरले उत्कृष्ट उपलब्धि पुरस्कार २०२२ को नागरिक सम्मान प्रधान गर्नु भएको छ।

बेक्सले नेपाली समुदायलाई स्वैच्छिक र परोपकारी सेवाको लागि यो सिभिक रिकग्निसन अफ आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड २०२२ को साथमा सम्मानित गरिएको हो।।यो बीएनसी र युकेभरका नेपाली समुदायका लागि ऐतिहासिक कोसेढुङ्गा र उपलब्धि भएको छ।

यो  बेक्स्ली नेपाली समाजको लागि एउटा एतिहासिक दिन हो। BNC का प्रत्येक सदस्यको साथ र सहयोगमा यो फल प्राप्त भयको हो।भबिश्यमा पनि यो भन्दा राम्रो राम्रो काम गर्ने र सबै सदस्यहरूको यसरी नै साथ सहयोग मिल्ने आशा बेक्सले नेपाली समुदायले लिएको छ।

बेक्स्ली नेपाली समाजले पोष्ट कोभीड समयमा गरेका गतिविधिहरू जस्तै : नृत्य प्रशिक्षण,युथको कार्यक्रम, बुट क्याम्प,चित्रकला,नेपाली भाषा कक्षा लगाएको कार्यक्रम मुल्यांकन गरेर सो अवार्ड बेक्स्ली नेपाली समाजलाई दिइएको हो। बेक्स्ली  बरोको मेयर जेम्स हन्टले आफैले नोमिनेशन गरेको र काउन्सिलले निर्णय गरेर एक भब्य समारोहको बिच यो सम्मान प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा बेक्स्ली नेपाली समाजको तर्फबाट अध्यक्ष आनन्द धरेलको नेतृत्व मा १२ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो। बेक्स्लीको मेयर जेम्स हन्टले उक्त अवार्ड बेक्स्ली नेपाली समाजको अध्यक्ष र प्रमाण पत्र संस्थापक अध्यक्ष केश बहादुर गुरुङलाई प्रदान गर्नु भयको थियो।सो अवसरमा स्टेजमा बेक्स्ली पुर्व अध्यक्ष बिजय गुरुङ लगायत बरिष्ठ उपाध्यक्ष,उपाध्यक्षहरु,महासचिव,कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष,सदस्यहरु र सल्लाहकारहरु गरी १२ जना नै अवार्ड ग्रहणमा सहभागि हुनु भएको थियो।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?