१ जेष्ठ, २०७९
शीतलपाटीन्युज डटकम।
रेडिड्ग,लण्डन। एनआरएन इङ्लैण्ड राज्य समिति अन्तर्गतको बक्सायर र अक्सफोडसायर कार्यसमितिको यही १४ तारिख २०२२ शनिबारका दिन रेडिङको थेम्स भ्याली पार्कमा रन फेष्ट कार्यक्रमको क्रममा गठन गरिएको छ ।
कार्यक्रममा इङलैण्ड राज्य समितिका संरक्षक ललित कुमार न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा एनआरएन अभियन्ता तथा पूर्व सल्लाहकार विश्व आदर्श पण्डित,इङलैण्ड राज्य समितिका अध्यक्ष लाल बहादुर गुरुङ (LBZ),एनआरएन युकेका हेल्थ संयोजक तथा इङलेण्ड राज्य समितिका प्रवक्ता डा.विशाल गुरुङ,रेडिङ नेपाली समाजका पूर्व अध्यक्षहरु क्रमश महेश गुरुङ,अर्जुन वस्नेत र कृष्ण न्यौपाने लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागिता रहेको थियो।
उक्त रन फेष्ट कार्यक्रममा रेडिङ् क्षेत्रका साथै युकेको विभिन्न स्थानबाट सहभागी धावकहरुले 5K रन गर्नु भएको थियो भने सम्पूर्ण धावक र रनमा भाग लिने सहभागीहरुलाई मेण्डल तथा प्रमाण पत्र वितरण गरिएको थियो। रन फेष्ट कार्यक्रमका साथ साथै इङलेण्ड राज्य समिति अन्तर्गतको बक्सायर र अक्सफोडसायर काउन्टी काउसिलको संयोजकमा मणी सुवेदी,सचिव दुर्गा ढकाल,सदस्यहरुमा शम्शेर गुरुङ, सूर्यदीप दाहाल,हरिमाया गुरुङ,उदय घिसिङ,रुद्रजंग गुरुङ,बद्रीनाथ पौडेल र सिता चवान रहेका छन्। सम्पूर्ण उपस्थिति कार्य समितिलाई प्रमाण पत्र प्रमुख अतिथि न्यौपानेको हात मार्फत दिइएको थियो।
यस कार्यक्रमको संयोजक एनआरएन इङलैण्ड राज्य समितिका सह-कोषाध्यक्ष सरोज थापाले गर्नुभएको थियो भने कार्यक्रम संचालन इङलैण्ड राज्य समितिका सचिव राम प्रसाद पन्थिले गर्नु भएको थियो।