६ जेष्ठ, २०७९
अनलाइनखबर।
जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका छन्। उपमेयरमा भने नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन्।
महतो ७ हजार ३१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरे। मेयरमा निर्वाचित महतो नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन्। प्रहरीबाट सेवानिवृत्त भएपछि उनी कांग्रेसबाट चुनाव लडेका थिए।
उपमेयरमा निर्वाचित बुढाथोकीले ७ हजार ४१४ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत प्राप्त गरिन्।