Tuesday December 06, 2022

नेपाली ओपन कन्सर्टको लागि तयारी पुरा : मगर संघ युके

९ जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 1719


नेपाली ओपन कन्सर्टको लागि तयारी पुरा : मगर संघ युके

शीतलपाटीन्युज डटकम।

लण्डन। मगर संघ युकेले सदा झै गर्ने नेपाली ओपन कन्सर्टको लागि दुम मार्फत पत्रकार सम्मेलन सम्पन्न गरेको छ। यस बर्ष नेपाली ओपन कन्सर्ट शनिवार २८ मईका दिन फार्नबोरो फुटबल कलबमा सम्पन्न हुने कार्यक्रम छ। मगर संघ युकेले सन् २००७ देखि हरेक बर्ष सपन्न गर्दै आएको कन्सर्ट गत दुइबर्षसम्म कोभिड १९ को कारणले संचालन हुन सकेको थिएन।यस पटक हुने नेपाली ओपन कन्सर्टका प्रमुख संयोजक तथा बरिष्ठ उपाध्यक्ष लाल पुनले ओपन कन्सर्टको लागि सम्पूर्ण कार्यहरु तयारी पुरा भयरो कुराको जानकारी दिएका छन।

मगर संघ युकेको अध्यक्ष सीता पुन मगरको अध्यक्षतामा हुने उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतको लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्य, बिशेष अतिथि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुनको आतिथ्य रहने बताएका छन। अन्य अतिथिहरुमा हाम्पसायर काउन्टी काउन्सिलका काउन्सिलर,रसमुरबोरो काउन्सिलका मेयर, काउन्सिलरहरु लगायत बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु रहने बताएको छ।

संयोजक लाल पुनले नेपाली ओपन कन्सर्टमा खानपिना लगायत बिभिन्न स्टलहरु रहने ब्यबस्था गरिएको बताएका छन। मगर संघ युकेका सांस्कृतिक सचिब तथा ओपन कन्सर्टका सांस्कृतिक संयोजक सरु गुरुङ रानाले मनोरन्जन कार्यक्रमको लागि भाइस अफ नेपालका रनर अप तथा गायिका तारा श्रीस,नायक तथा सुप्रशिद्ध गायक प्रकाश सपुत र नेपाल आइडलका बिजयी भुपेन्द्र थापालगायत नेपालबाट बेलायत आइका थुप्रै कालाकारहरुलाई निम्ता दिएको बताएका छ।

मगर संघ युकेका अध्यक्ष सिता पुनको अध्यक्षता भयको पत्रकार सम्मेलन  महासचिब गुमानसिङ थापाले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष लाल पुनले जुममा उपस्थित पत्रकारहरुलाई स्वागत गरेका थिए। सो जुम प्रेषमीटमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुबराज अर्यालज्, फोनिज युके अध्यक्ष गोमा राना, नेपाली समाचार डटकमबाट बिश्वदिप तिगेला, कान्तिपुर संबाददाता नविन पोखरेल, सेतोपाटी संबाददाता फणिन्द्र भट्टराई, बिएफबिएसबाट रुपा राना,लण्डन काठमाण्डौ न्युजका सम्पादक बम बहादुर सुर्यबंसी, एभरेष्ट टाएम्सका सम्पादक दुत पुन,शीतलपाटीन्युजका सम्पादक बाचस्पचि रेग्मी लगायत बेलायतमा स्थापित संचार गृहका थुप्रै पत्रकारहरुको सहभागिता थियो।प्रेषमीटमा पत्रकारहरुको प्रश्नको सहजीकरण सांस्कृतिक सहसचिब नुनु पाइजा,प्रमुख संयोजक लाल पुन र अध्यक्ष सिता पुनले गर्नु भएको थियो।


 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?