१२ भाद्र, २०७५
शीतलपाटीन्युज डटकम।
बाचस्पति रेग्मी, लण्डन । तमु धी युकेद्वारा हरेक बर्ष आयोजना गरीने नेपाली मेला बेलायती नेपाली समाजमा एक बिशाल कार्यक्रम गरी सम्पन्न भयको छ।बेलायतका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदी प्रमुख अथिति रहेको उक्त कार्यक्रम गत आइतबार मिडल सेक्स स्थित केम्टन पार्क रेस कोर्समा १०औ नेपाली मेला भव्यताका साथ सम्पन्न भएको हो।
प्रमुख अतिथी राजदुत डा सुबेदी रहेको सो कार्यक्रममा श्रीमती पुनम सुबेदी, डिपुटी चीफ अफ मीसन शरद राज आरण, मीलीटरी एटेची कर्णेल कुमार थापा, एटेची तेजेन्द्र रेग्मी, एनआरएन युके अध्यक्ष योग कुमार फगामी,इराक , यमन , उज्वेकिस्तान , बंगलादेश , रोमानिया , केन्या , बुल्गेरिया , आइस लेन्ड लगायत विभिन्न देशका कुटनीतिक पाहुनाहरु , बेलायतका स्थानीय प्रतिनिधि मेयर , काउन्सिलर लगायतका अतिथीहरु, नेपाली समाजका अभीयन्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै बेलायतका लागी नेपाली राजदुत डा सुवेदीले नेपाल र नेपालीको संस्कृतिलाई बेलायत लगायत बिश्वभरी फैलाउने तमु धी युकेको प्रयास सराहनीय रहेको ब्यक्त गर्दै प्रसंसा गर्नु भयो।
प्रतिकुल मौसमलाई बेवास्ता गर्दै हजारौ संख्यामा उर्लिएको नेपालीहरुको उपस्थितिले मेलाको महत्व झल्कायको थियो भने कला, संस्कृति , भेषभूषा र नेपाल प्रतिको अगाध प्रेमभाव प्रस्ट देखीएको थियो भने नेपाली भेष-भूसाले नेपाली संस्कृति झल्काउने परम्परागत शैली देखायको थियो।त्यस्तै गरी झाकीहरुले नेपालको परम्परागत संस्कृति झल्काएको थियो । झाँकीहरुको प्रतियिगिताले लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न तथा नयाँ पुस्तालाई यसको परिचय गराउन मद्दत पुर्याएको थियो।
यसपटकको नेपाली मेलामा प्रस्तुत समग्र सांस्कृतिक झांकीहरु नेपाल कला, संस्कृती , परम्परा र सांस्कृतिक झलकहरु प्रदर्शन भएका थिए | बरिष्ठ समाजसेवि एकेन्द्र गुरूङ समेतको टोली जज रहेको झाकी तर्फ १०औ नेपाली मेला २०१८ मा विगत २ वर्ष देखिको बिजेता बन्दै आएको लमजुंग समाज यूकेले यो तेश्रोपटक पनि सर्वोत्कृष्ट बनेर ह्याट्रिक गरी एम्बेसडर कप हात पारेको छ भने सिक्लेस पर्चे समाज यूके दोस्रो र श्री मेश्रम बराह घान्द्रुक वेलफेयर सोसाइटी तेस्रो स्थानमा आउन सफल भएकोछ। सांस्कृतिक नृत्यतर्फ भने घान्द्रुक वेलफेयर सोसाइटी यूके प्रथम लमजुंग समाज यूके दोस्रो र सिक्लेस पर्चे समाज यूकेले तेस्रो स्थान हाँसिल गरेको छ ।
कार्यक्रममा उप रास्ट्रपति नन्द किशोर पुन , पर्यटन तथा संस्कृति मन्त्रि रविन्द्र अधिकारी तथा गैर आवासीय नेपाली संघका निबर्तमान अध्यक्ष शेष घलेले दिनु भएको भिडीयो शुभकामना देखाईएको थियो । यो मेसेजले नेपाल र परदेशमा बस्ने नेपालीहरु बिच एकताको संदेश दियको भान गरायको देखीन्थ्यो।
कार्यक्रममा नेपालमा नै लोप हुँदै गएका सांस्कृतिक झाकी , भेष-भूसाहरुको प्रदर्शन , नेपाली ब्यापार-ब्यबसयहरुका स्टल र प्रदर्शनी , नेपालको पर्यटन प्रबर्धन गर्ने बिबिध सामग्रीहरुको आकर्षणले लण्डन नेपालमय भयको भान हुन्थ्यो ।
नेपाली मेलाको १०शौँ संस्करणमा केक काटेर तमुधि युकेका अध्यक्ष र नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदीले उदघाटन गरीयको सो औपचारिक कार्यक्रमको संचालन तमु धी युकेका महासचिव कृष्ण गुरुङले गर्नु भयको थियो भने सो मेलाका संयोजक हितकाजी गुरुङले स्वागत मन्तब्य गर्दै सहयोगीहरुलाई धन्यवाद मन्तब्य व्यक्त गर्नु भयको थियो।
सन् २००९ देखि निरन्तर रुपमा नेपाली दुतावास , बेलायतको नेपाली समाज र यहाँका सम्पूर्ण जनसमुदायको सहयोग र अगाध मायाँले नेपाली मेला एक कोसे ढुंगाको रुपमा स्थापित हुनु सबैको गौरवको कुरा रहेको तमु धी अध्यक्ष ज्ञाम गुरुङले ब्यक्त गर्नु हुदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण नेपाली समुदाय , बेलायत स्थिति कुटनितिक निकायका दुतहरु , संघहरुका साथै स्वागत , प्रवेश र खानपानमा तमुधी आमा समुहको सेवा रहेको नेपाली मेलामा आमा समुहकि अध्यक्ष प्रेमा गुरुड्ग लगायत कार्यसमीती पदाधीकारीहरु, एनआरएन युके उपाध्यक्षहरु पुनम गुरुड्ग, सुसीला राई, एनआरएन युके महिला संयोजक लीला देवी गुरुड्ग, मोडल,नायीका र पत्रकार पुनम गुरुड्ग , गेष्ट आर्टीस्ट तारा गुरुड्ग समेतको भुमीका महत्वपुर्ण थियो। मेलामा सहयोग गर्ने सबै संस्थाका प्रतिनिधिहरु, बेलायतस्थीत नेपाली सम्पुर्ण पत्रकारहरु सबैमा अध्यछ्य गुरूङले आभार ब्यक्त गर्नु भयो ।