Tuesday September 27, 2022

बेलायतमा नेपाली भिलेज परियोजना शुरु : नेपाली पर्यटन बिकासमा सहयोग पुग्ने

११ जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 1499


बेलायतमा नेपाली भिलेज परियोजना शुरु : नेपाली पर्यटन बिकासमा सहयोग पुग्ने

शीतलपाटीन्युज डटकम।

लन्डन । बेलायतमा बसोबास गरेका मातृभुमी नेपाललाई माया गर्ने नेपालीहरुले संयुक्त अधिराज्यको वेल्समा १०/ १५ एकर जग्गा किनेर नेपाली भिलेज बनाउने भएको समाचार छ। यो परियोजना युरोपकै पहिलो नेपाली भिलेज भयको कुरा युरोपमा बस्ने नेपालीहरुको भनाइ छ। नेपाली भिलेज यूके परियोजना कुन मोडल,कहां र कसरी शुरु गर्ने भन्ने लामो समय देखिको विचार मन्थनले अब आकार लिएको कुरा नेपाली भिलेज युके प्रोजेक्टका प्रवक्ता बिक्रम भट्टराईले बताउनु भयको छ।

परियोजनाका अध्यक्ष रिटायर्ड मेजर खुशीमान गुरुङ एमभीओको अध्यक्षतामा गत २१ मई २०२२ शनिबार बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य र स्थानीय सांसद फे एलिसिया जोन्सले ब्रेकन टाउनको द क्यासल होटलमा आयोजित एक समारोहबीच पानसमा दीप प्रज्वलन गरि नेपाली भिलेज यूके परियोजनाको औपचारिक उद्घाटन भयको छ। परियोजनाकी एक सदस्य मधु गुरुङले सञ्चालन गरेको सो कार्यक्रममा परियोजनाका उपाध्यक्ष मानप्रसाद गुरुङले स्वागत मन्तव्य दिएका थिए।

परियोजनाको महत्व,संवेदनशीलता र इतिहासलाई मनन गर्दै नेपाली भिलेज यूकेले देखेका सपना साकार पार्न र परियोजनालाई अनन्तकालसम्म मजबुत बनाउन प्रतिक स्वरूप “नेपाली भिलेज स्तम्भ’” राजदूत ज्ञानचन्द्र आचार्यबाट मंगल धुनका साथ स्थापना गरिएको छ। त्यसलाई परियोजनाको पहिलो चरण अन्तर्गत जग्गा किनेपछि उक्त जग्गामा लगेर नेपाली भिलेज यूके रहेसम्म सुरक्षित राखिने परियोजनाका प्रवक्ता विक्रम भट्टराईले बताउनु भयको छ ।

कार्यक्रम दुई चरणमा विभाजन गरेर सम्पन्न भयको थियो। पहिलो चरणमा स्थानीय सांसद फे एलिसिया जोन्सले यस्तो महत्वपूर्ण योजना आफ्नै क्षेत्रमा गर्न लागेकामा नेपाली भिलेज यूकेका अध्यक्ष र सम्पूर्ण टिमलाई धन्यवाद दिंदै यसले नेपाल र बेलायत तथा वेल्सको पर्यटन क्षेत्रमा निकै सकारात्मक भूमिका खेल्ने बताइन्। ९ पटकसम्म नेपाल पुगिसकेका ब्रेकन टाउन तथा नेपालको धम्पुस गाउंबीच भगिनी नगर बनाउने समितिका अध्यक्ष एवं ब्रेकनका मेयर डेविड मरडीथले परियोजना सबैका लागी गौरवको योजना भएको बताउंदै सफल बनाउन आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्ने बताएका थिए। छिमेकी टालगार्थ टाउनका मेयर फिलिप लुइसले यो परियोजना ब्रेकन भन्दा बाहिर जान नदिन आफू कटिवद्ध रहेको बताएका थिए।

सामाजिक व्यक्तित्वहरु समेत गरी करिब २०० को उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रेकन मेयर तथा ब्रेकन धम्पुस भगिनी नगर समिति अध्यक्ष डेविड मरडीथ,टालगर्थ मेयर फिलिप लुइस,पूर्व मेयरहरु,स्थानीय नेपाली समुदायका वयोवृद्ध सदस्य झपटबहादुर गुरुङ, तमुधिं बेलायतका अध्यक्ष हितकाजी गुरुङ,तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रन बहादुर गुरुङ,एनआरएनए आइसीसी सदस्यहरु ललित नेउपाने,ब्रिटीस नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजाल आईएमईका कमल पौडेल र पर्यटन ब्यवसायी बिराज भट्ट,
समीर खनाल,पोखरेली मञ्च बेलायतका अध्यक्ष करम गुरुङ, एनआरएनए यूके उपाध्यक्ष रामचन्द्र पोखरेल,कयौं व्यवसायीहरुको उपस्थिती रहेको थियो।

साथै उक्त अवसरमा अध्यक्ष ख़ुशीमानले ११ जना फाउण्डर परियोजनाकार शेयसहोल्डहरुको संक्षिप्त परिचय पनि दिनुभएको थियो। जस अनुसार:

१, रिटायर्ड मेजर ख़ुशीमान गुरुङ्ग एमभीओ -अध्यक्ष 

२, मान प्रासाद गुरुङ्ग-उपाध्यक्ष 

३, जसु गुरुङ्ग मसेन्स -कोषाध्यक्ष 

४, टिकाराम ( जीवन ) गुरुङ्ग सचिव 

५,बिक्रम भट्टराई- प्रवक्ता 

६,मधु गुरुङ्ग-सदस्य 

७,बालकृष्ण गुरुङ्ग ( पवन ) - सदस्य 

८,शेरा गुरुङ्ग- सदस्य 

९,नन्द  बयाम्बु - सदस्य 

१०,लोकेंद्र श्रेष्ठ- सदस्य 

११,गंगा प्रसाद ( पबित्रा) गुरुङ्ग- सदस्य 

परियोजना बारे केही कुरा-

अन्ततः गएका केही वर्ष देखीको नेपाली भिलेज युकेका बारेमा सोच, मन्थन, कस्तो मोडलमा जाने भन्ने बिचार विमर्श,कहाँ कहिले र को को समेटने जस्ता अनेकौं विषयहरुको निकै लामो छलफल, तयारी पछी नेपाली भिलेज युकेले गएको शनिवार २१ में २०२२ का दिन बेलायत स्थित नेपाली राजदूत महामहिम ज्ञान चन्द्र आचार्य तथा स्थानीय पार्लियामेंट सदस्य ( MP) मिस फें ज़ोनद्वारा पानसमा बत्ती बालेर सुरु गरिएको कार्यक्रममा ब्रेकनका मेयर तथा ब्रेकन धम्पुस भगिनी टाउन समिति अध्यक्ष डेविड मरडिथ,त्यस्तै टालगर्थ मेयर फ़िल लूइस, पूर्व मेयरहरु,स्थानीय नेपाली समुदायका वयोवृद्ध सदस्य झपट बहादुर गुरुङ्ग,तमुधीँ बेलायतका अध्यक्ष हितकाजी गुरुङ्ग तथा वहाँकी धर्मपत्नी,तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रन बहादुर गुरुङ्ग तथा वहाँकी धर्मपत्नी,एनआरएनए आईसीसी सदस्यहरु ललित नेउपाने, रामचन्द्र पोखरेल,समीर खनाल,पोखरेली मञ्च बेलायतका अध्यक्ष करम गुरुङ्ग तथा वहाँकी धर्मपत्नी अनि बेलायतमा आएर बस्नुभएका सफल व्यवसायीहरु,सफल सामाजिक व्यक्तित्वहरु लगायत लगभग २०० जनाको समुपस्थितमा हरेक नेपालीले गर्व गर्न सक्ने युरोपकै पहिलो नेपाली भिलेज युके परियोजनाको शुभारंभ गरिएको समाचार छ। 

परियोजनाका अध्यक्ष रिटायर्ड मेजर ख़ुशीमान गुरुङ्ग एमभीओ को नेतृत्वमा बिहान ठिक एघार बजे सुरु गरिएको यो कार्यक्रम अध्यक्ष रि. मेजर खुशीमान गुरुङ्ग ( एमभीओ) बस्दै आउनुभएको क्षेत्र साथै  परियोजना बन्ने सम्भावित क्षेत्र ब्रेकन टाउनको द क्यासल होटलमा आयोजना गरिएको थियो। परियोजनाका ११ जना बोर्ड अफ डायरेक्टर मध्य एक मधु गुरुङ्गले संचालन गर्नुभएको कार्यक्रममा महामहिम र एमपीले पानसमा बत्ती बालेर कार्यक्रमको सुरु गरे लगते परियोजनाका उपाध्यक्ष मान प्रसाद गुरुङ्गले सम्पुर्ण उपस्थितलाई स्वागत गर्नुभएको थियो।

कुनैपनि संरचनाको सम्पुर्ण भार थेग्न या वहन गर्नको निमित्त बनाईएको खम्वालाई स्तम्भ भनिने, त्यो स्तम्भसंग परियोजनाको महत्व, संवेदनशीलता र ईतिहास जोडीने जस्ता महत्वपूर्ण कुरालाई मनन गर्दै नेपाली भिलेज युकेले देखेका सपनाहरुलाई साकार पार्न, र यो परियोजनालाई अनन्तकाल सम्म मजबुत बनाउने प्रतिक स्वरूप “नेपाली भिलेजस्तम्भ” बनाएर महामहिम ज्ञान चन्द्र आचार्य ज्युबाट उक्त स्तम्भ मंगल धुनका साथ प्रतीक स्वरूप स्थापना गरियो जसलाई योजनाको पहिलो चरण अन्तर्गत जग्गा किनेपछी उक्त जग्गामा लगेर नेपाली भिलेज युके यो संसारमा रहेसम्म सुरक्षित रहने हिसाबले स्थापना हुने कुरा यस परियोजनाका प्रवक्ता ले बताउनु भयो। 

कार्यक्रम दुई चरणमा आयोजित भएकोमा पहिलो चरणमा ब्रेकनका मेयर’जो आँफै नौ पटक सम्म नेपाल पुगीसक्नु भएको छ र वहाँ ब्रेकन टाउन र नेपालको धम्पुस गाँउ बिचको भगिनी टाउन बनाउने समितिको अध्यक्ष पनि हुनुहुन्थ्यो’ ले यो परियोजना हामीहरुका लागी पनि गौरवकौ योजना भएको हुनाले यसलाई सफल बनाउन आँफ्नो तर्फबाट हर सम्भव प्रयास गर्ने कुरा बताउनु भएको थियो भने छिमेकी टाउन टालगार्थ टाउनका मेयरलेपनि कुनैपनि कारणले यो परियोजना ब्रेकन भन्दा बाहिर जान नदिन आँफु कटिबद्ध रहेको भन्नुभयो । स्थानीय एमपीले यस्तो महत्वपूर्ण योजना आँफ्नै क्षेत्रमा गर्न लागेकोमा नेपाली भिलेज युकेका अध्यक्ष र सम्पुर्ण टिमलाई धन्यवाद भन्दै यसले नेपालको र बेलायत, वैल्सको पर्यटन क्षेत्रमा निकै सकारात्मक भुमिका खेल्ने कुरा बताउनु हुदै आँफु र आँफ्नो मातहतका निकायहरुबाट यथासक्दो आवश्यक सहयोग रहने कुरा बताउनु भयो।

 

यस परियोजनाका अध्यक्ष रिटायर्ड मेजर ख़ुशीमान गुरुङ्ग एमभीओ बाट योजनाका बारेमा स्लाइड सो मार्फ़त वुदागत यस प्रकारले जानकारी गराउनु भएको थियो। 

 

पहिलो चरण (यसको अनुमानित समय चार वर्ष)-

१,सक्दो हामीले सोचेको,चाहेको अनुसारको जग्गा किन्ने 

२,जग्गालाई चार किल्ला  छुट्टाउने र आवश्यक परे तारबार गर्ने

३,सबै कुरालाई ध्यानमा राखेर नेपालीशैली झल्काउने मूलद्वार (गेट) बनाउने

४,जग्गालाई दुई भागमा बाँड्ने र धरातल हेरेर दुई मध्य एक भागलाई चार खण्डमा छुट्टाउने, बाँकी अर्को भागलाई  खासै केही नगर्ने।

५,चार भागमा बाँडेको प्लटमा दुई अलग अलग ठाऊमा ट्वाईलेट, वाथरुम, लोकेशन हेरेर नेपाली स्टाईलको दुई “भान्साघर” बनाईने छ।

६,आवश्यकता अनुसार सबै क्षेत्रमा गाड़ी पार्कीङ स्पेसहरु एलोकेट गरिने छ।

७,प्लटको ठिक बिचमा चौतारी बन्ने छ जुन पुरै स्थानिय ढुङगाको बन्ने छ, यसमा नेपालबाट पिंपल र वरको विरुवा ल्याएर सार्ने छौं, जग्गाको भूवनोट हेरेर देउराली छुट्टाईने छ, भूमेथान बनाईने छ, 

८,मुख्य गेटबाट चौतारी सम्म दुवैपट्टी रेलीङ सहितको सिंढी/ ढुङगा छापेर हिड्ने बाटो बनाईने छ।

९,एउटा भागलाई क्याम्पिङ एरिया छुट्टाईने छ,जहाँ कमसेकम ५० बाट ८० टेन्टहरु फ़िट हुनेछन।

१०,हाम्रो नेपाली भिलेजमा व्यवस्था हुने पिउने पानी नेपाली ढुङ्गेधाराबाट आउने बनाईने छ। 

 

दोश्रो चरण (अनुमानित समम चार वर्ष)-

१,क्याम्पिङ एरिया छुट्टाईएको प्लटमा सबै आवश्यक सुविधा सहितको कमसेकम ५०० जना सहजै अटाउने विवाह लगायतका सामुहिक कार्यक्रम आयोजना गर्न सकिने हल बनाईने छ र त्यो हलको अगाडी कमसेकम त्यही साईजको मार्की अटाउने जग्गा ख़ाली राखिने छ । 

२, उपयुक्त ठाँउमा नेपाली सनातन परम्परा अनुसारको विवाह मण्डप ( जग्गीया) बनाईने छ 

३,यो वैडिङभेन्युको ठिक अर्को साईडमा पारम्परिक पिढी सहितको नेपाली घर बनाईने छ, पिढीको एक छेउमा ढिकी राखिने छ भने अर्को छेउमा जाँतो राखिने छ, घर पुरै नेपालको गाँउहरुमा हुने जस्तो बनाईने छ, यही घर भित्र नेपाली सोभनियर (नेपाली कलात्मक सामग्री ) दुकान हुनेछ, 

४,कमसेकम १०० जना को लागी अर्को सुविधायुक्त भवन बन्नेछ जसमा योग शिविर ( मेडीटेसन सेन्टर), तालीम अथवा कुनै कक्षा संचालन गर्न सकिने छ , 

५, औसत नेपालीहरुका आस्थाका धरोहर ‘काष्ठमाण्डपका दुई नाथहरु’ भनेर चिनिने पशुपतिनाथ र बौद्धनाथ छुट्टाछुट्टै बनाईने छ जसमा कमसेकम दुई जना भित्र पसेर पुजा गर्न सकिने हुनेछ । 

६,सबै क्षेत्रबाट सहजै देख्न सकिने स्थानमा विश्व विख्यात वीर बहादुर योद्धा गोर्खालीको मुर्ती बनाईने छ, 

७,यही एरियामा उपयुक्त ठाँउमा एउटा बास्केटबल कोर्ट र भलिवल कोर्ट बनाईने छ, 

८, पानीको उपयुक्त व्यवस्थापन हुने क्षेत्र हेरेर एउटा पोखरी बनाईने छ जसको बिचमा नेपाली भिलेज युकेको समुद्घाटन गरिएको नेपाली भिलेज स्थम्भ गाडीने छ अनि त्यसैमा वाटर फ़ाउन्टैन राखिने छ । यही पोखरीमा माछा पाल्न मिल्ने भए त्यो पनि कोशीस गरिनेछ । 

९, सम्भव भएसम्म नेपाल र नेपालीको गौरव सगरमाथा लगायत मुख्य हिमालहरुको प्रतिकृति ( रेप्लिका) बनाईने छ।

 

तेश्रो चरण (अनुमानित समय चार वर्ष)-

१,नेपाली भिलेज युके को तेश्रो चरण अन्तर्गत हामीले ख़रीद गरेको जग्गा मध्यको बाँकी आधा जग्गालाई दुई भागमा छु्ट्टाईने छ ।

२,पहिलो भागमा सम्पुर्ण सुविधा सहितको पुरै ठेट नेपाली रेस्टोरेंट हुनेछ।

३, तत्कालीन बजारको माँगलाई मध्यनजर गर्दै सोही अनुसार होमस्टे ( बिएण्डबी) बनाईने छ।

४,केही ओल्डएज रेसीडेंसीयल होम बनाइने छ।

५,बाक़ी जग्गामा स्थानिय प्लानिंग संग सहकार्य गरेर नेपाली पाराका दुई र तिन बेडरूम का घरहरु बनाउने छौं ।

 

अन्तमा वहाँले संसारको जुनै कुनाबाट पनि बेलायत आउनुहुने नेपाली तथा ग़ैर नेपालीहरुलाई नेपाली भिलेज युकेमा एकपटक पुग्नै पर्ने लिस्टमा समावेश गराउने लक्ष रहेको जानकारी गराउनु भयो। त्यसो त यो सुरुमा केवल दशलाख पौण्डबाट सुरु गर्न लागिएको परियोजना अहिलेका बोर्ड अफ डायरेक्टरहरुले पनि गर्न सकिने हो तर यो नितांत नेपाल र नेपालीको गौरवसंग जोडिएको योजना भएको हुनाले सक्दो धेरै भन्दा धेरै नेपालीहरु तथा ग़ैर नेपालीहरुलाई जोड्न खोजिएको कुरा पनि स्पष्ट पार्नुभएको थियो। उक्त अवसरमा अध्यक्ष गुरुङ्ग ले यो तपाईहामी सम्पुर्ण नेपालीले गौरव गर्न सकिने योजना भएको, यसको शेयर मुल्य पनि निकै मिलाएर राखिएको हुनाले सबै सबै नेपालीहरु तथा साथीभाईहरुलाई यसमा आवद्द हुन अनुरोध गर्नुभएको थियो। यसको बारेमा अरु थप जानकारी चाहिएमा कम्पनीको वेबसाइट www.nepalivillageuk.com मा गएर बुझ्न अनुरोध गर्नुभएको थियो । 

 

पहिलो कार्यक्रमका प्रमुख अतिथि महामहिम ज्ञान चन्द्र आचार्यले यस्तो पुरै देशले गर्व गर्न सक्ने परियोजना गर्नु लाग्नु भएको र यसको शुभारंभमा आँफुलाई निमन्त्रणा गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नु हुदै नेपाली भिलेज स्तम्भको अवधारणा अत्यन्त मन परेको र यो परियोजनाले नेपाल र बेलायतको सम्वन्ध अझ प्रगाढ़ हुने कुरामा आँफु विस्वस्त रहेको बताउनु भयो। नेपाल र नेपालीको शीर उँचो बनाउने किसीमको यो परियोजनामा रहेका विभिन्न क्षेत्र, समुदायका सदस्यहरुको संलग्नता आँफैमा राम्रो पक्ष भएको र यसले योजनामा बताईए अनुसार नै नेपालका कला संस्कार र संस्कृतको जगेर्ना गर्ने कुरामा ढुक्क भएको कुरामा जोड़ दिनुभयो । परियोजनाका निमित्त आवश्यक र दुतावासबाट सम्भव हुने सबै सहयोग रहने कुराको वचन दिनुहुदै रमणीय ब्रेकनमा पहिलो पटक आएको तर अब समय अनुकूल आईरहने कुरा बताउनु भयो। 

 

यसरी पहिलो चरणको कार्यक्रममा उपस्थित सबैलाई अध्यक्षद्वारा धन्यवाद भन्दै समापन गरियो भने दिनको खाना खाएपछी यस परियोजनाका शेयरहोल्डर तथा सम्भावित शेयरहोल्डरहरुसंग अन्तरकृया कार्यक्रम राखिएका थियो । मात्रै £५००० ( पाँच हज़ार पौण्ड) प्रति शेयर मुल्य राखिएकोमा लगभग १०० जना शेयरहोल्डरहरुले आँफ्नो एक शेयर निवेश प्रतिवद्धता जनाउनु भएको र ३० शेयरहोल्डरहरुले रक़म पनि ट्रान्सफर गरिसक्नु भएको जानकारी गराउनु भयो। उक्त अवसरमा अध्यक्ष ख़ुशीमान ज्युले ११ जना शेयसहोल्डहरुको संक्षिप्त परिचय पनि दिनुभएको थियो। जस अनुसार 

१, रिटायर्ड मेजर ख़ुशीमान गुरुङ्ग एमभीओ -अध्यक्ष 

२, मान प्रासाद गुरुङ्ग-उपाध्यक्ष 

३, जसु गुरुङ्ग मसेन्स -कोषाध्यक्ष 

४, टिकाराम ( जीवन ) गुरुङ्ग सचिव 

५,बिक्रम भट्टराई- प्रवक्ता 

६,मधु गुरुङ्ग-सदस्य 

७,बालकृष्ण गुरुङ्ग ( पवन ) - सदस्य 

८,शेरा गुरुङ्ग- सदस्य 

९,नन्द  बयाम्बु - सदस्य 

१०,लोकेंद्र श्रेष्ठ- सदस्य 

११,गंगा प्रसाद ( पबित्रा) गुरुङ्ग- सदस्य 

रहेको र यो टिम प्रति आँफु अत्यन्त प्रभावित भएको जानकारी दिनुभएको थियो। सोही दिनको साँझमा महामहिम ज्ञान चन्द्र आचार्य ज्यु अनि वहाँकी धर्मपत्नी सहित परियोजनाका बोर्ड अफ डायरेक्टर र परिवार लतायत लगभग ६० भन्दा धेरै शेयरहोल्डरहरुले द क्यासल होटलमा रात्रिभोजमा सहभागी हुनुभएको थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?