Tuesday September 27, 2022

नागरिकता निरन्तरताको प्रत्याभूति गर्न माग गर्दै मन्त्री पौडेललाई एनआरएनए यूकेको ज्ञापन पत्र

१२ जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 1596


नागरिकता निरन्तरताको प्रत्याभूति गर्न माग गर्दै मन्त्री पौडेललाई एनआरएनए यूकेको ज्ञापन पत्र

शीतलपाटीन्युज डटकम।

बेलायत। गैर आवासीय नेपाली संघ बेलायतले गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्न माग गरेको छ ।

हाल बेलायत भ्रमणमा रहेका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै संघले गैरआवासीय नेपालीहरुलाई नेपालको नागरिकताबाट बन्चित गराउने खालका नेपालको संविधान तथा कानुनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गर्न पनि माग गरेको छ। मन्त्री पौडेललाईआफ्नै कार्यालयमा स्वागत गर्दै अध्यक्ष प्रेम गाहा मगरले मन्त्रीलाई ज्ञापन पत्र हस्तानतरण गरेका हुन्।

अध्यक्ष गाहा मगर र उपाध्यक्ष नारायणदत्त कंडेलले हस्ताक्षर गरेको उक्त ज्ञापनमा सम्पत्तिको सुरक्षा,भूतपूर्व गोरखा सैनिकहरुलाई न्याय, लगानी मैत्री वातावरण निर्माण,अध्ययनका लागि बेलायत आउने विद्यार्थीका समस्या समाधान आदि गर्न माग गरेका छन।

ज्ञापन पत्र-

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?