Tuesday September 27, 2022

बिसीसी युकेद्वारा नेपाल सरकारका मन्त्री पौडेलको स्वागत

१३ जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 1651


बिसीसी युकेद्वारा नेपाल सरकारका मन्त्री पौडेलको स्वागत

पुर्ण बहादुर गुरुड्ग, लण्डन।

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र राज पौडेललाई स्वागत गरेको छ। गत बुधबार २५ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मन्त्री पौडेललाई बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले स्वागत गरेको हो। सो अवसरमा उनी संगै नेपालबाट आएका उनका पीए राजेन पौडेल र नेपाली जन प्रगतिशिल मन्च युकेका मन बहादुर गुरुङलाई पनि खादा लगाई स्वागत गरिएको हो। 

शिक्षा सम्बन्धी एक बिशेष कार्यक्रममा बेलायत आएका मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्थाहरुसंग भेटघाट गर्ने क्रममा बिसीसी युकेको अल्डरसटस्थित गुम्बाको भ्रमण गरेका हुन्। संभवत उनी बिसीसी युके गुम्बामा प्रवेश गर्ने पहिलो नेपाली मन्त्री हुन्। 

बिसीसी युकेका धर्म गुरु खेन्पो कुन्ख्याप, लोपेन नोर्बु, कार्यसमिति, आमा समूह, सल्लाहकारलगायत भक्तजनहरुको बिशेष उपस्थितिमा स्वागत गरिएको थियो । सो अवसरमा माननीय मन्त्री पौडेल बौद्ध शिक्षाको बारेमा बोल्दै विदेशी भूमिमा बिसीसी युकेले बौद्ध गुम्बा स्थापनाको प्रसंशा गरेका थिए। त्यस्तै, बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले मन्त्री पौडेलको स्वागत गर्दै, बिसीसी युकेले गुम्बाले गर्दै आएको विभिन्न कार्यक्रम,सेवा र च्यारिटीमूलक कार्यहरुबारे जानकारी गराएका थिए। त्यस्तै,धर्म गुरुहरुले सबै मानवजातिको सुख, समृद्धिका लागि पूजापाठ गरेका थिए। 

बिसीसी युको अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रमलाई महासचिव क्याप्टेन देब घलेले संचालन गरेका थिए ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?