Tuesday September 27, 2022

गेसोले गर्यो मन्त्री देबेन्द्र राज पौडेलसंग अन्तरक्रिया

१४ जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 1453


गेसोले गर्यो मन्त्री देबेन्द्र राज पौडेलसंग अन्तरक्रिया

पुर्ण बहादुर गुरुड्ग, लण्डन।

लण्डन। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र राज पौडेलसंग अन्तरक्रिया गरेको छ । गत बुधबार २५ मे का दिन अल्डरसटस्थित गेसो कार्यालयमा गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ्गसहितको भूतपूर्व गोर्खाज्हरुले मन्त्री पौडेलसंग अन्तरक्रिया गरेका हुन् ।

सो अवसरमा गेसोका कावा अध्यक्ष तामाङ्गले भूतपूर्व गोर्खाज्हरुको बेलायतको अवस्थाबारे जानकारी गराउँदै आफूहरुले विगत ३० बर्ष देखि गोर्खाहरुको हकअधिकारका लागि गरिएको विभिन्न आन्दोलनबारे चर्चा गरे । साथै, उनले गोर्खाज्हरुको समान अधिकार, नागरिकता निरन्तरतालगायतका बिषयमा नेपाल सरकारले जिम्मेवारी लिर्नुपर्ने बताउँदै त्यसका लागि आवश्यक पहल गरिदिन माननीय  मन्त्रीसंग जोडदार माग राखे । सो अवसरमा माननीय मन्त्री पौडेलले नेपालीहरु बेलायती सेनामा भर्ति भएपछि मात्र नेपालको बेलायतसंग कुटनैतिक सम्बन्ध गाँसिएको स्मरण गर्दै गोर्खा  अधिकार, नागरिकता निरन्तरता लगायतका मुद्दामा आफ्नोतर्फबाट सक्दो छिटो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले विदेशमा रहेका नेपालीहरुको मताधिकारका लागि कार्यविधि बनेको र ऐन बनेपछि कार्यन्वयनमा जाने समेत बताए। 

लामो समयदेखि गोर्खा अधिकारका लागि आवाज उठाउँदै आएको गेसोले शिक्षा सम्बन्धी एक बिशेष कार्यक्रममा बेलायत आएका मन्त्री पौडेललाई अल्डरसटस्थित कार्यालयमा स्वागत गर्दै आफ्ना समस्याहरु राखेका हुन् । सो अवसरमा उनलाई गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ्गले खादा लगाई स्वागत गरे । त्यस्तै, उनी संगै नेपालबाट आएका उनका पीए राजेन पौडेल र बेलायतस्थित नेपाली जन प्रगतिशिल मन्च युकेका मन बहादुर गुरुङलाई पनि खादा लगाई स्वागत गरिएको थियो।

उक्त अन्तक्र्रियामा गेसोका केन्द्रिय उपाध्यक्ष तिर्खा पुन, केन्द्रीय सदस्य देवीमाया पुन, क्षेत्रीय अध्यक्षहरु, सल्लाहकारलगायत भूतपूर्व गोर्खाहरुको उपस्थिति रहेको थियो। गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त अन्तक्र्रियालाई गेसो केन्द्रीय सदस्य नरहाङ्ग राईले संचालन गरेका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?