Saturday July 02, 2022

गोर्खा कप २०औ संस्करणको तयारी पुरा : तमुधि युके

१६ जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 1223


गोर्खा कप २०औ संस्करणको तयारी पुरा : तमुधि युके

शीतलपाटीन्युज डटकम।

मिचेट,लन्डन। तमुधिँ युकेले वेलायतमा रहेका दुई दर्जन पत्रकारहरु भेला गरि तमुधि भवन मिचेटमा बिसौ संस्करण गोर्खा कपको पत्रकार सम्मेलन सम्पन्न भयको छ। महासचीव परशुराम गुरुङले संचालन गरेको सो प्रेषमीट अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको थियो भने पत्रकार सम्मेलनमा वरिष्ठ उपध्याक्ष हरि गुरूङले स्वागत मन्तब्य दिएका थिए।

उपस्थित पत्रकारहरुलाई अध्यक्ष र तमुधि आमा समूहका अध्यक्ष श्रीमती सीता (मन्जु) गुरुङले खादा लगाएर स्वागत गरेका थिए। मिडिया सेक्रेटरी सविन्द्र कुमार गुरुङले मिडिया कर्मीहरु निमन्त्रणलाई स्विकार गरि उपस्थित भएकोमा खुशी ब्यक्त गर्दै उनीहरुको परिचय गराएका थिए। उपस्थित पत्रकारहरुमा पत्रकार महासँघ युकेका अध्यक्ष एवम अन्नपुर्ण दैनिकका प्रतिनिधी ध्रुब राज अर्याल,बरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियार,उपाध्यक्ष शिव भन्डारी,महासचिव नरेन्द्र बस्नेत,पुर्व अध्यक्ष एवम कान्तिपुर संबाददाता नवीन पोखरेल,एभरेष्ट टाईम्सका डारेक्टरहरु दुत पुन र नगेन्द्र नेम्बाङ्ग, खवरयुकेका ईन्द्र गुरुङ,शीतलपाटीका वाचसपति रेग्मी,हिमाल खवरका खेमराज रानाभाट,लण्डन काठमाण्डौन्युज डटकमका बमथापा सुर्यबंशी मगर,लण्डन नेपालका प्रकाश कडेल,जमुना पुन,शंकर श्रेष्ठ,सीलौटी डटकमका खुशी लिम्बु,बरिष्ठ फोटो पत्रकार मीलन तमु र सविन्द्र कुमार गुरुङ थिए।

तमुधिँ युकेका स्पोर्ट सेक्रेटरी एवम कार्यक्रम कोअर्डिनेटर क्या.देब बहादुर घलेले आउँने गोर्खा कपको रुपरेखा बारे प्रोजेक्टर मार्फत कार्यक्रम प्रस्तुत गरेका थिए। यो लण्डनको नेपालीहरुको इभेन्टको डाईरेक्टर हितकाजी गुरुङ,कोर्डिनेटर क्या.घले,टिम इन्ट्रीमा कुमार गुरुङ,स्टलको कोर्डिनेटर तुलाराम गुरुङ,टिकेटमा हिरा गुरुङ,दल गुरुङ,उत्तर गुरुङ र सेक्युरिटीमा ले.रि. मुक्तिजङ्ग गुरुङ रहने कुरा कार्यक्रम संयोजक क्या.घलेले बताए।

महिला फुटबल खेलाडीहरुको २ टीम गोर्खा कप फुटबलमा पहिलो पटक भाग लिने भयका छन् भने गुरुङहरुको परम्परा खेल ठेलो प्रतियोगिता पनि पहिलो पटक राखिएको जानकारी कोर्डिनेटर घलेले जानकारी दिएका छन। फुटबलमा मेन तर्फ ३२,भेट्रेनको ८ र महिलाको २ गरि जम्मा ४२ टिम गोर्खा  भिड्नेछन्। पुरस्कारहरु पनि निकै आकर्षित राखिएको संयोजक घलेको भनाई थियो। फुटबल खेलको मेन खेल बिजेता टीमलाई २ हजार ५०० पाउन्ड, मेडल र ट्रफी, रनरअपलाई १ हजार ५०० पाउन्ड र मेडल, भेट्रेन तर्फको विजेतालाई १ हजार २०० पाउन्ड,मेडल तथा रनरअपलाई ८ सय पाउन्ड,मेडल दिने ब्यवस्था मिलाईएको छ भने लेडिजको विजेजालाई ५०० पाउन्ड र रनरअपलाई ३०० पाउन्ड राखिएकोछ। त्यसबाहेक वेष्ट प्लेयर,हाई स्कोरर र वेष्ट म्यानेजरलाई पनि ट्रफी दिइनेछ। ठेलोमा मेन र भेट्रेन दुवै क्याटगोरीलाई २०० र १०० पाउन्ड पुरष्कार राखिएको छ।

मौषम राम्रो रहने आसा गरिएको गोर्खा कपमा करिब १० हजार भन्दा  दर्शकको सहभागिता रहने अनुमान छ। इंग्ल्यान्डको टटनहाम फुटबल क्लबका खेलाडी सुश्री अस्मिता आलेको पनि सहभागि हुनेछिन भने गायिका एलिना गुरुङको प्रस्तुति रहनेछ।फुटबल बाहेक,प्यारासुट डिस्प्ले,ठेलो प्रटियोगिता,तमुँ परम्परागत समाग्रीहरुको स्टल,कल्चरल डान्स र विभिन्न ५२ वटा स्टलहरु राखिने आयोजकले बताएका छन्।

करिब ४० हजार पाउन्ड खर्च हुने उक्त बृहत इभेन्टमा अध्यक्ष गुरुङले सबै बेलायतबासीलाई कार्यक्रममा सहभागी भई रमाईलो गर्न आग्रह गरेका छन्। मिडियाकर्मीलाई आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिन पनि अनुरोध गरेका थिए। युवाहरुको खेल स्तर बढाउँने,कुलतमा लाग्नबाट जोगाउँने, समुदायमा अन्तरघुलन र नेपाली ब्यवसय एवं कला संस्कृति संरक्षण मुल उद्देश्य राखेर गोर्खा कप बिसौं बर्षमा प्रवेश गरेको आयोजकले बताए।

तमुधिँका संस्थापक अध्यक्ष मान गुरुड्ग सिकलिसे देखि लिएर पूर्व अध्यक्षहरु रामचन्द्र गुरुड्ग सुर्य, ज्ञाम गुरुड्ग, नन्दजंग गुरुड्ग,ट्रस्टीहरु, सल्लाहाकारहरु,आमा समूहका पदाधिकारीहरु, एकाईका अध्यक्षहरु, कार्यसमीती पदाधिकारीहरु लगायत मार्सल आर्टस खेलाडी भूपेन्द्र गुरुङ र गायिका एलिना गुरुङ पनि उपस्थित थिए। गोर्खा कप अल्डरसट स्थित क्युईन्स ऐभ्न्यू फुटबल फिल्डमा शनिवार, ४ जून २०२२ को ०७:०० बाट हुने योजना छ। गत बर्ष झै स्वादिष्ट खानाका परिकार, नेपाली बस्तुहरु किन्न स्टलहरु र लामो समयपछि आफन्तहरुसंग भेट्न पाइने यो गोर्खा कप कार्यक्रममा सुरक्षा,स्वास्थ्य र ब्यवस्थापन मजबुत हुने अध्यक्ष गुरुड्गको भनाई छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?