Tuesday September 27, 2022

डायमण्ड बुध्दिष्ट सेन्टर युकेको अध्यक्षमा योगेस गुरुड्ग निर्बिरोध चयन

२० जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 1574


डायमण्ड बुध्दिष्ट सेन्टर युकेको अध्यक्षमा योगेस गुरुड्ग निर्बिरोध चयन

शीतलपाटीन्युज डटकम।

लन्डन। हालै बसेको कार्यसमितीको अधिबेसनले डाइमन्ड बुद्धिस्ट सेन्टर यूकेको अध्यक्षमा योगेश गुरुङ चयन भएका छन्। गत मे १६ तारिख २०२२ का दिन आयोजित २५६६ औं बुद्ध जयन्ती तथा दोस्रो महाधिवेशनबाट संस्थापक संस्थापक महासचिव रहेका गुरुङलाई अध्यक्षमा सर्वसम्मत भएका हुन्। उपाध्यक्षमा चन्द्र गुरुङ,आमा प्रमुख शर्मिला हिराचन,महासचिव हेम छन्त्याल,कोषाध्यक्ष रत्न गुरुङ चयन भएका छन।

सेन्टरको सदस्यहरुमा निलम गुरुङ,प्रभा गुरुङ,धनज्योति गुरुङ,फरिदा गुरुङ,भिमा गुरुङ,चिजा गुरुङ,लिलादेवी गुरुङ,कृष्ण गुरुङ,रिना गुरुङ,चन्द्रदेवी गुरुङ,खड्का गुरुङ,मुलमान गुरुङ चयन भयका छन् | निर्वाचन आयोगमा प्रमुख संयोजक मोहन गुरुङ रहेको समितीले कार्यसमिती छनौट गरेको थियो भने अन्य सदस्यहरुमा प्रमुख सल्लाहकार राम गुरुङ र सल्लाहकारहरु हरि गुरुड्ग, श्याम शेरचन चुनाव आयोगका सदस्य थिए।

यो दोश्रो महाधिवेशनलाई मूलगुरु खेन्पो शिरलामा गुरुङ र निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङले दीप प्रज्वलन तथा अष्टमंगल वाचन गरी समुद्घाटन गरेका थिए। आमा प्रमुख उपाध्यक्ष मिना गुरुङले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख सल्लाहकार राम गुरुङ,सल्लाहकारहरु हरि गोविन,क्या कमल गुरुङ,ओम गुरुङ,राम गुरुङ र डा: सुदर्शन गुरुङले राखेका थिए। महासचिव योगेश गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुर्ज गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। ती प्रतिवेदनहरु बहुमतले हलबाट अनुमोदन गरिएको थियो ।

निर्वाचन आयोगका सदस्य एवं सल्लाहकार हरि गुरुङले नवनियुक्त दोस्रो कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए। निवर्तमान अध्यक्ष सुमल कुमार गुरुङले संस्थालाई सहयोग गर्ने सम्पूर्ण सहयोगीहरु र कार्यसमितिप्रति आभार व्यक्त गर्दै नया कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्तमा नवनिर्वाचित अध्यक्ष योगेश गुरुङले स्थापनाकालदेखि आजसम्म संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुप्रति आभार व्यक्त गरेका थिए। त्यस्तै आफूलाई अध्यक्षमा चयन गरेर सेवा गर्ने अवसर दिएकोमा उनले संस्थालाई धन्यवाद दिए। त्यसक्रममा नवनिर्वाचित अध्यक्ष गुरुङले आफ्ना कार्य योजनाहरु समेत प्रस्तुत गरेका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?