Wednesday September 28, 2022

एनआरएनए यूकेका पदाधिकारीको निष्क्रियता बढेपछि अध्यक्ष प्रेम गाहामगरको ध्यानाकर्षण

२१ जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 1379


एनआरएनए यूकेका पदाधिकारीको निष्क्रियता बढेपछि अध्यक्ष प्रेम गाहामगरको ध्यानाकर्षण

शीतलपाटीन्युज डटकम।

लन्डन–एनआरएनए यूकेको २०२१–०२३ कार्यसमितिका पदाधिकारीहरु निष्क्रिय बनेर आफ्नो जिम्मेवारी पुरा नगरेको, कार्यक्रममा उपस्थित नभयका कारण अध्यक्ष प्रेम गाहामगरले आक्रोश पोख्दै बिज्ञप्ति जारी गर्नु भयको समाचार। छ। अध्यक्ष गाहामगरले शुक्रबार राती कार्यसमितिलाई एक स्मरण पत्र पठाउंदै अहिलेसम्मकै सबैभन्दा बढी ७० प्रतिशत जनमत ल्याएर निर्वाचित आफ्नो कार्यसमिति पदाधिकारीहरु निष्क्रिय भएको भन्दै गुनासो व्यक्त गर्नु भयको  छ।

पछिल्लो समय कार्यसमितिको बढ्दो निष्क्रियता,संघप्रति अनुत्तरदायी भूमिका,नकारात्मक टिप्पणी एवं राज्य परिषदतिर ग्रुपिजम बढेकोमा आफू निकै बेखुशी भएको बिज्ञप्ति पत्रमा उल्लेख गर्नु भयको छ ।

‘निर्वाचन अघि हामीले गरेका प्रतिवद्धतालाई विश्वास गरेर जनताले हामीलाई जिताएको हो । त्यो बेला हाम्रो एकमात्र उद्देश्य समाजका लागि केही योगदान दिने भन्ने थियो,’ गाहामगरको भनाइ छ।‘तर विडम्बना यो कार्यसमितिको पदाधिकारीहरु सबैभन्दा निष्क्रिय भएको देख्दा निराश लागेको बताउनु भयको छ। आफ्नो विभाग,समिति उपसमितिको पद ‘होल्ड’ गरेर राख्न मात्रै हो भने र काममा सिन्को नभांच्ने हो भने संस्था कहा चल्छ र । अहिले एनआरएनए यूकेले गरेका कार्यक्रममा संयोजक र अध्यक्षमात्र उपस्थित हुने अवस्था आएको छ।पद लिन तछाड मछाड गर्ने साथीहरुलाई संस्था प्रति समय दिन अध्यक्ष गाहामगरले अनुरोध गर्दै यदि समय नदिने हो भने संस्थाले गैह्र जिम्मेबार पदाधिकारीहरुको नाम समाजमा प्रचार गर्ने जनाउ दिनु भयको छ।

ध्यानाकर्षण पत्र-



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?