Tuesday September 27, 2022

गुल्मी जिल्ला समाज यूकेले गर्यो नवनियुक्त सल्लाहकाहरुको स्वागत

२२ जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 1272


गुल्मी जिल्ला समाज यूकेले गर्यो नवनियुक्त सल्लाहकाहरुको स्वागत

शीतलपाटीन्युज डटकम।

लण्डन जुन ५। गुल्मी जिल्ला समाज यूकेले आफ्ना नवनियुक्त ४५ जना सल्लाहकारहरुलाई आज एक समारोह बीच स्वागत गरेको छ । अल्डरसटको द प्यालेस रेष्टुरेन्टमा आज आइतबार एक कार्यक्रम गरी समाजले सल्लाहकारलाई स्वागत तथा सम्मान गरेको हो। 

समाजका अध्यक्ष वीर बलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका सचिव महलाल घिमिरेले सञ्चालन गरेको थिए भने उपाध्यक्ष मञ्जु भन्डारीले स्वागत मन्तव्य दिएकी थिइन्।सो अवसरमा संस्थाद्वारा हालै मनोनित सल्लाहकारलाई स्वागत गरियको हो। नवमनोनित सल्लाहकारहरुलाई समाजका अध्यक्ष बलालले खादा ओढाएर स्वागत गरेका थिए ।

अध्यक्ष बलालले समाजका अग्रज सल्लाहकारहरुबाट प्राप्त सही मार्गनिर्देशनकै कारण संस्था आजको अवस्थामा आइपुग्न सफल भएको बताए। विगतका दिनमा सल्लहकारहरुले सधैं सक्रिय रुपमा संस्थालाई सहयोग गर्दै आएकोमा आभार प्रकट गर्दै उनले आगामी दिनमा पनि निरन्तर सहयोग मिल्ने अपेक्षा राखे। सल्लाहकारहरुमध्येबाट समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा,पूर्व अध्यक्ष अर्जुन गौतम, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर,विनोद ज्ञवाली,फडिन्द्र भट्टराई, गोविन्द खरेललगायतले मन्तव्य राखेका थिए।

सो अवसरमा समाजको निवर्तमान छैठौँ कार्यसमितिबाट नवनिर्वाचित सातौँ कार्यसमितिलाई ‘ह्यान्डोभर’ गरिएको थियो। निवर्तमान समितिका अध्यक्ष टोप पल्लीले वर्तमान अध्यक्ष वीर बलाललाई खातापाता हस्तान्तरण गरेका थिए। त्यस्तै, निवर्तमान समितिका कोषाध्यक्ष वरुण भन्डारीले वर्तमान कोषाध्यक्ष मुकुन्द खराललाई कोषको खातापाता बुझाएका छन्। कार्यक्रममा गत महिना निर्वाचित सातौँ कार्यसमितिका केही पदाधिकारीले आफ्नो शपथ ग्रहण पनि गरेका छन्। अधिवेशनमा शपथग्रहण गर्न छुटेका नवनिर्वाचित कार्यसमितिका उपाध्यक्ष वरुण भन्डारी,प्रवक्ता राधा खरेल र सदस्यहरु शम्भु अर्याल,वसन्त खनाल, दुर्गा सापकोटा,माया केसी,निरञ्जन खड्कालगायतलाई अध्यक्ष बलालले शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष ओमप्रसाद थापा,पूर्व अध्यक्षद्वय अर्जुन गौतम र राम गलामी,निवर्तमान अध्यक्ष टोप पल्ली,एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर,मोति भण्डारी,बालजंग अर्याल, दुर्गा पाण्डे, विनोद ज्ञवाली,मीन दर्लामी,फडिन्द्र भट्टराई,क्या ताम ढेगा,तोयबहादुर थापा बिइएम,गोकर्ण बस्नेत,राम सापकोटा,राजन खरेल,सुरेश गौतम, ओम गुरुङ, शिव भन्डारी,राजन श्रेष्ठ,टेक थापा,गोविन्द खरेल,कृष्ण भन्डारी,भिम खनालसहितका सल्लाहकार एवम् कार्यसमितिका पदाधिकारीको उपस्थिति थियो भने केही सल्लाहाकारहरु अनुपस्थित थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?