२३ जेष्ठ, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नेपाल सरकारले नेपाल प्रहरीमा रिक्त रहेको ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा गरेको छ। सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको बढुवा तथा पदस्थापनको निर्णय गरेको हो।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो। बढुवा हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी,अरुणकुमार बिसी,दिवेश लोहनी,मुकुन्द राज आचार्य र पूजा सिंह छन्।
डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन्। यस्तै, बिसीले १ नम्बर प्रदेश प्रहरी कार्यालय र लोहनीले गण्डकी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेका छन्।
डीआईजी आचार्य प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग,कार्य निर्देशनालयमा कार्यरत छन् भने सिंह वाग्मती प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेकी छन्।
यी पाँचै जना अधिकारी कार्यकुशलता,व्यावसायिकता लगायत प्रसासनिक दृष्टिकोणले अब्बल अधिकारी हुन।