Saturday July 02, 2022

नेपालीले लेष्टरमा भब्य मनाए महारानीको प्लाटिनम जुब्ली

२५ जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 5203


नेपालीले लेष्टरमा भब्य मनाए महारानीको प्लाटिनम जुब्ली

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायती महारानी एलिजावेथ द्वीतीयाले राज्यरोहण गरेको ७० वर्ष (प्लाटिनम जुब्ली) पुगेको उपलक्ष्यमा नेपाली समुदायले पनि भब्य रुपमा खुशीयाली मनाएको छ। सिर्जनशील लेष्टर नेपालका अध्यक्ष नारायण फुयांलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य रहनु भयको थियो।महासचिव पुण्डरी अर्यालले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य दिंदै सचिव शिव पराजुलीले सिर्जनशिल लेष्टर नेपालको संक्षिप्त परिचय र प्लाटिनम जुब्ली कार्यक्रमको सोचबारे जानकारी गराएका थिए।


 

नेपाली शैलीमा पन्चे बाजाको धुनसहित प्लाटिनम जुब्ली समारोह मनाईएको सिर्जनशील लेष्टर नेपालको सो कार्यक्रम लेष्टरमा भयको र महारानीको दीर्घजीवनको कामना गर्दै बेलायतका नेपालीले रानीलाई बधाइ पनि दिएका थिए। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली शैलीमा आयोजित यो कार्यक्रमले बेलायत तथा नेपालबीचको दुई देशीय सम्बन्धको ऐतिहासिक र विशिष्टता उजार गरेको टिप्पणी गर्नु भयको थियो।

त्यसअवसरमा लेष्टर इष्ट क्षेत्रकी बेलायती सांसद क्लडिया वेब, लेस्टरका मेयर जर्ज कोल लगायतका बेलायती अतिथिहरुले महारानीको प्लाटिनम जुब्लीलाई उत्सवका रुपमा मनाउने बेलायतका नेपालीप्रतिआभार व्यक्त गरेका थिए। नेपाल र बेलायतबीच जनस्तरमा रहंदै आत्मीय सम्बन्धलाई झन बलियो बनाउने काम कार्यक्रमले गरेको धारणा उनीले राखेका थिए।

कार्यक्रममा एनआरएनए आइसीसीका अध्यक्ष कुल आचार्य, उपमहासचिव रामशरण सिम्खडा र युरोप उपसंयोजक दयानिधि सापकोटा,बीबीसी मास्टर सेफ सन्तोष साह,एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेल,रोयल बरो अफ ग्रीनवीचका काउन्सिलर जीत रानाभाट, साझा नेपाली समाज यूकेका कार्यवाहक अध्यक्ष कृष्ण खरेल, सिर्जनशील लेष्टर नेपालका संस्थापक अध्यक्ष राजु कंडेललगायत वक्ताले मन्तव्य राखेका थिए।

कार्यक्रमका सभापति एवं आयोजक सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुयांलले कार्यक्रममा सहभागी विशिष्ट अतिथि तथा बेलायतभरबाट उपस्थित नेपाली समुदायका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमले बेलायत र नेपाल सम्बन्धको उचाई बढने तथा बेलायती समुदायसंग नेपाली समुदायको सम्बनध थप निकट बन्ने अपेक्षा आफूहरुले राखेको उनले बताएका थिए ।

कार्यक्रममा लेष्टर, पिटरबरो, नटिङहम, बर्मिङहम, वुल्भरह्याप्टन, गान्थम, यार्डली,डर्बी,लन्डन,अल्डरसट, रेडिङ,नर्दन आयरल्यान्ड र स्कटल्याण्डबाट समेत ६०० भन्दा बढीनेपाली तथा संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए भने वीरु लामा,कल्पना श्रीपाल,शान्तीरानी परियार,विशाल रायमाझी,अस्मिता डल्लाकोटी,कृष्ण अखेली,भूमिका शाह,तुलसा क्षेत्री लगायतका राष्टिय स्तरका गायकगायिकाले बेजोड सास्कृतिक कार्यक्रम प्रस्तुति गरेका थिए।मोडल रीना थापामगर सहित स्थानीय एक दर्जन कलाकारले नेपाली गीतमा आकर्षक नृत्य पनि देखाएका थिए। कार्यक्रमको अन्त्यमा डिजेद्वारा डान्समा समेत गरी कार्यक्रम उल्लासमय भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?