३० जेष्ठ, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतको पुरानो र युरोप कै पहिलो सामाजीक संस्था यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी प्रमुख अतिथी रहेको एउटा बिशेष समारोहमा नेपाल सेन्टर इन्टरनेशनलद्वारा प्रकाशित 'कोभिड १९ कथाहरु' र 'अ जोर्नी अफ इनोसेन्स' नामक दुईवटा पुस्तकको विमोचन भयो।
बेलायतको वेष्ट बाइफ्लीटस्थित हवेली रेष्टुरेन्टमा आइतबार भयको सो दुईवटा पुस्तकको विमोचनमा प्रमुख अतिथी ध्रुव केशी, विशेष अतिथि एनआरएनए यूकेका उपाध्यक्ष सुनिलबाबु खड्का एवं नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक निर्मलकुमार थापाले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नु भयको थियो।
विमोचित पुस्तक मध्ये “कोभिड १९ कथाहरु” ३१३ पृष्ठको नेपाली भाषामा र ४६५ पृष्ठको 'अ जोर्नी अफ इनोसेन्स'अंग्रेजी भाषामा प्रकाशित थियो। कोभिड १९ कथाहरुमा २६ वटा कथा समावेश छ र नेपाल सेन्टर बेलायत, क्यानाडा, अमेरिका, अष्ट्रेलिया, मेक्सिको लगायतका मानिसहरुको भावना र कोभिडले पुर्याएको असर तथा यसको परिणामको भोगाइलाई समेटिएको छ।
कोरोनाका कथा व्यथा मात्र नभएर कोरोनाले उपलब्ध गराइदिएको समयमा उब्जिएको सृजनाका रुपमा यो पुस्तक तयार भएको प्रकाशकले बताएका छन्। उक्त संग्रहमा कोभिडले उब्जाएको व्यथा, यसले दिएको पीडा,क्षति र यसको दीर्घकालिन असरबारे लेखकले विभिन्न कोणबाट बिश्लेषण गरी प्रकासन गरेका छन्। पुस्तक भावी पुस्ताका लागि पनि मार्गदर्शन बन्ने अपेक्षा छ ।
कार्यक्रममा प्रमुख अतिथि ध्रुव केसीले 'कोभिड १९ कथाहरु' ले कोरोनाको कहरलाई उजागर गर्नुका साथै प्रवासमा नेपाली कला संस्कृति,भाषा र साहित्यको समेत प्रवर्धन गरेको भन्दै प्रकाशक नेपाल सेन्टर इन्टरनेशनको खुलेरै प्रसंसा गर्नु हुदै पुस्तकले कोरोना महामारीका हरेक गतिविधि सन्देशमूलक रहेको पनि केसीले बताउनु भो। त्यस्तैगरि विशेष अतिथि एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्काले च्यारिटी र नेपाली कला संस्कृति प्रवर्द्धनका कार्यक्रमलाई आफूले विगत देखि नै सहायता गर्दै आएको जनाउँदै श्रष्टाहरुलाई बधाई दिनु भयको थियो । खड्काले प्रवासमा रहेका नेपालीले आफ्नो तर्फबाट स्वदेशका लागि केही योगदान गर्ने दायित्व कहिल्यै भुल्न नहुने बताउनु भयको थियो ।
सो बिमोचन समारोहका अवसरमा नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक निर्मलकुमार थापाले आफ्नो संस्थाको उद्देश्य र योगदानको बारेमा प्रकाश पार्नु भयको थियो। नेपाल सेन्टर इन्टरनेशनलका बेलायत, क्यानाडा, अमेरिका, अष्ट्रेलिया,मेक्सिको,भारत,चीन,नेपालमा शाखा रहेको र उक्त संस्थाले विदेशमा नेपाली संस्कृतिको प्रवर्द्धनसम्बन्धी विविध गतिविधि गर्दै आएको उहाले बताउनु भयको छ।
लेखिका संगीता स्वेच्छाले संचालन गरेको सो बिमोचन कार्यक्रम “कोभिड १९ कथाहरु” अन्तर्गत ‘वारेसनामा’ कथाको लेखिका पनि संगीता स्वेच्छा हुनुहुन्छ र कृतिको समीक्षा गर्नु भयकोछ। उहाले कथाहरु वास्तविक र समय सान्दर्भिक रहेको बताउँदै कतिपय कथा निकै मर्मस्पर्शी रहेको बताउदै उहाले सोहि पुस्तकमा समावेश ‘मलामी’ कविताको वाचन गर्नु भयको थियो।
यसैगरी “अ जोर्नी अफ इनोसेन्स” पुस्तकबारे स्नेहा श्रेष्ठले छोटकरी समिक्षा गर्नु भयको सो कार्यक्रममा कान्तीपुर संबाददाता नविन पोखरेल, रातोपाटी डटकमका नरेन्द्र बस्नेत, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी,समाजसेविहरु बिक्रम भट्टराई,बिष्णु खरेल,गोकुल खरेल समेतको उपस्थिती थियो।